Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

त्यो बेला कहाँ गएको थियो रवि लामिछानेको राष्ट्रप्रेम ?

मलाई पैसा चाहिएको थियो । मलाई जागिर चाहिएको थियो । मैले सम्पत्ति कमाउनु परेको थियो । मसँग अरु केही उपाय भएन । अनि मैले मेरी आमालाई बन्धकी राखेर अर्की आमा खोज्नुपऱ्यो । र यसको कारण थियो ‘आवश्यकता र समयको बाध्यता’। पाठकबृन्द, यो कुनै कथाको अंश होइन । बरु नेपालीमाझ निकै चर्चामा रहेका अमेरिकी नागरिक रवि लामिछानेको भनाई हो । उनले ठयाक्कै यो शब्द त भनेनन् तर उनले आफूले बाध्यतावश अमेरिकी पासपोर्ट लिनुपरेको बताए । अमेरिकी पासपोर्ट लिन नेपालको नागरिकता त्याग्नु पर्ने हुन्छ किनभने नेपाली कानुनले दोहोरो नागरिकताको अनुमति दिंदैन । नेपालको नागरिकता त्याग्नु भनेको नेपाल आमाको माया मार्नु हो । अर्थात् बन्धकी राख्नु हो । त्यसो भए प्रश्न छ, अमेरिकी नागरिक लामिछानेलाई– के बाध्यता छ भन्दैमा आफनी आमालाई परित्याग गर्न मिल्छ रु कतिपयले लामिछानेलाई देवत्वकरणको शैलीमा उचालेका छन । यो भए लामिछाने, त्यो भए लामिछाने भएको छ । \"\"एक किसिमले नेपालमा अहिले एउटा ठुलो जमात रहेको छ जसले देशका सबै समस्याहरूको समाधान रवि लामिछाने कहाँ देख्छ । तर देश, देशको अस्मिता, देशको इज्जत, देशको स्वाभिमानका अगाडि एकजना व्यक्तिको मूल्य हुँदैन र हुनुहुँदैन पनि । हेक्का राख्नु पर्ने कुरा के हो भने नगरिकता र पासपोर्ट भन्ने कुरा सोझै सार्वभौमसत्तासँग जोडिएका विषय हुन । यी कागजका खोष्टा मात्रै होइनन् । त्यो अर्थमा रवि लामिछानेले पछिल्लो दिनमा जे जस्तो कार्यक्रम चलाएपनि उनी अमेरिकी नागरिक भएको अवस्थामा उनको मुख्य स्वार्थ अमेरिकी राज्य र सरकारको स्वार्थ पुरा गर्नु नै हुन्छ । त्यसो नहुने स्थितिमा उनी राज्यद्रोही हुन्छन् । हरेक देशका प्रत्येक नागरिकको पहिलो कर्तव्य भनेकै देशको हितमा काम गर्नु रहेको हुन्छ । त्यसरी हेर्दा रवि लामिछानेका गतिविधिहरु अमेरिकी स्वार्थ पुरा गर्न नै रहेकोमा दुई मत हुन सक्दैन । त्यसो भए प्रश्न उठ्छ– के त्यसो भए रवि लामिछाने बाहिर एउटा छवि बनाएर कतै भित्रभित्रै अमेरिकी स्वार्थमा काम त गरिरहेका छैनन् ? को हुन त रवि लामिछाने ? विकिपिडियामा रविको जन्म सेप्टेम्बर १९७४ मा भक्तपुरमा भएको उल्लेख गरिएको छ । उनी अमेरिकी नागरिक हुन । उनी १५ वर्ष अगाडि नेपाल छाडेर अमेरिका गएका हुन् । त्यस अघि उनले नेपाल टेलिभिजनमा ‘यहाँको चलन’ नामको हास्य कार्यक्रम चलाउने गर्दथे, जुन ‘स्ट्यान्डअप कमेडी’को फर्म्याटमा रहेको थियो । उनको बारेमा इन्टरनेटमा उपलब्ध सीमित जानकारी अनुसार अमेरिकामा व्यापारमा सफल हुन नसकेपछि र पारिवारिक समस्या आएपछि उनी नेपाल फर्किएका थिए । २०१३ एप्रिलमा न्युज-२४ टिभी च्यानलमा लगातार ७२ घण्टा ‘टक सो’ चलाएर रवि लामिछानेले ‘गिनिज बुक अफ वर्ड रेकर्ड’ मा नाम लेखाएका थिए । यसबाट उनलाई थप चर्चा त मिलेन तर टेलिभिजनको रुपमा एउटा बलियो मंच भने मिल्यो । न्युज २४ च्यानलमा ‘जनतासँग सीधा कुरा’ कार्यक्रम चलाउन थालेपछि भने उनी एकाएक चर्चाको शिखरमा पुगे । प्रस्तुतिको भिन्न शैली र जनसरोकारको मुद्दामा उनले गर्ने गरेका स्टन्ट पाराका कामहरूले रविलाई सोझा नेपालीहरूले ‘नयाँ भगवान’काे दर्जा दिएका छन् । नागरिकताकाे सवाल   अध्यागमन विभागमा उनले बुझाएको विवरण अनुसार, उनको पासपोर्ट नम्बर ५१२९६६९८१ हो र उनको देशको नाम संयुक्त राज्य अमेरिका हो । नेपालको विद्यमान कानुन अनुसार,  कुनै अर्काे देशकाे नागरिकता  राखुन्जेल रवि नेपाली नागरिक भइराख्न सक्दैनन् । हो, उनले नेपाललाई माया गर्न सक्छन्, योगदान गर्न सक्छन् र तोकेका क्षेत्रमा कानुन अनुसारको काम समेत गर्न सक्छन् । तर, यसका लागि उनले प्रचलित कानुनको दायरामा बस्नु पर्छ । के हो रविको समस्या ? रवि कानुनी रूपमा अमेरिकी नागरिक हुन् । उनले नेपाली नागरिकता त्याग गरेर नै विधिवत रूपमा अमेरिकी नागरिकता प्राप्त गरेका हुन् । नेपालको विद्यमान कानुन अनुसार उनले नेपाल आउँ प्रवेशाज्ञा अर्थात् भिसा लिनु पर्ने हुन्छ । \"\"अध्यागमन विभागले प्रेस काउन्सिललाई लेखेको पत्रमा उनलाई अध्यागमन नियमावली, २०५१ को दफा २० को उपदफा १ अनुसार पर्यटक र नातेदारको हैसियतले भिसा प्रदान गरिएको जनाएको छ जसको म्याद ४ अक्टोबर २०१८ मा सकिंदैछ । उक्त नियमावलीको दफा २० कै उपदफा २ मा यसरी प्रवेशाज्ञा प्राप्त गर्ने विदेशी नागरिकले जुन उद्देशले भिसा प्राप्त गरेको हो त्यो बाहेक अन्य काम गर्न नपाइने उल्लेख छ । \"\"त्यस्तै उक्त नियमावलीमै पर्यटक भिसा लिई आउने कुनै पनि विदेशी नागरिकले नेपालभित्र पारिश्रमिक लिएर अथवा नलिएर कुनै पनि उद्योग—धन्दा, व्यापार, व्यवसाय गर्न नपाइने उल्लेख छ । नेपाली कानुन अनुसार, अवैध कामदार हुन् र यसरी कानुनी राज्यको मान्यतालाई अंगीकार गर्ने हो भने उनलाई सजाय हुन सक्छ । यस्तै नेपालको संचार क्षेत्रमा पनि श्रम स्वीकृति लिएर समेत कुनै पनि विदेशी नागरिकले कम गर्न नपाउने प्रावधान छ । यसरी हेर्दा रविले गरेको काम लोकप्रिय भएपनि कानुनसम्मत छैन । उनी नेपाली कानुन अनुसार, अवैध कामदार हुन र यसरी कानुनी राज्यको मान्यतालाई अंगीकार गर्ने हो भने उनलाई सजाय हुन सक्छ । रविको ताजा बयान  \"\"रविले हालै आफूले अमेरिकी पासपोर्ट त्याग गरेको बताएका छन् । तर हेक्का राख्नु पर्ने कुरा के छ भने पासपोर्ट त्याग गर्नु र नागरिकता त्याग गर्नु फरक कुरा हुन् । त्यस्तै यसको एउटा नियमित प्रक्रिया हुन्छ । कानुनतह, यसरी पहिले नेपाली नागरिक रहेको व्यक्तिले नागरिकता त्यागेर विदेशी नागरिक बनेको खण्डमा पनि पुनः नेपाली नागरिक बन्न सक्ने प्रावधान रहेको छ तर, यसका लागि उनले सम्बन्धित देशको नागरिकता त्याग गरेको निस्सा भने प्रस्तुत गर्नुपर्ने हुन्छ । \"\"यस अवस्थामा समेत रविमाथि छाएको कानुनी संकटको समाधान तत्काल देखिन्न । उनी गैरकानुनी रूपमा काम गरिरहँदा नेपाली नागरिक थिएनन् र उनले विदेशी नागरिकता त्यागेको निस्सा समेत प्रस्तुत गरेको अझै पाइएको छैन । \"\"रविको कार्यक्रम प्रस्तुत गर्ने  शैलीले उनलाई आकस्मिक स्टारडम, ठुलो फ्यान फलोइंग दिएको छ । सामाजिक संजालमा ‘रवि लामिछानेका लागि ज्यान दिन तयार छौँ’ भन्नेहरूको समेत कमी छैन । तर, जेसुकै होस् लोकप्रियता कानुन तोड्ने लाइसेन्स बन्नुहुन्न । र यो रवि लामिछानेको हकमा समेत लागू हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies