Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये यस्ता व्यक्ति धेरै

काठमाडौँ, ५ असार । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये युवा नै बढी छन् । चालु आर्थिक वर्षको १० महिनामा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका १४९ जनामध्ये १७ देखि ३५ वर्षसम्मका ८० जना छन् । यस्तै १६ वर्षमुनिका १५ र ३६ वर्षभन्दा माथि उमेर समूहका ५४ जनाले ज्यान गुमाएका छन् । चालु आवमा उपत्यकामा पाँच हजार १८० सवारी दुर्घटनामा १४९ जनाको मृत्यु, १८४ सशक्त घाइते र तीन हजार ४८५ सामान्य घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त युवाहरु तीव्र गतिका कारण सवारी चलाउने कारणले गर्दा धेरै दुर्घटना भएको बताउँछन् । “दुर्घटनामा ज्यान गुमाएका अधिकांश यात्रु मोटरसाइकल चलाउने नै रहेका छन्”, उनी भन्छन् । गत आवमा पनि सोही उमेर समूहका व्यक्तिको धेरै सवारी साधनमा मृत्यु हुने गरेको तथ्यांक छ । आव २०७२÷०७३ मा १६६ मध्ये ९२ र आव २०७३÷०७४ मा १८२ मध्ये ८६ जना सोही उमेर समूहकाहरुले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । महाशाखाका प्रमुख पन्त उपत्यकामा हुने सवारी दुर्घटना अपराह्नभन्दा राति धेरै हुने गरेको बताउँछन् । सवारी साधन धेरै र सडक साँघुरो भएका कारण कतिपय सवारी साधन ठोक्किएर दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ । हाल उपत्यकामा वार्षिक ११ लाख ३२ हजार ९२५ सवारी साधन आवतजावत गर्छन् । देशभर करीब २७ लाख सवारी साधन छन् । काठमाडौँ उपत्यकामा मात्र ४० ट्राफिक प्रहरी एकाइमार्फत सवारी व्यवस्थापन हुँदै आएको छ । ट्राफिक दरबन्दी कम र सवारी साधनको संख्या धेरै हुँदा उपत्यकाको सवारी व्यवस्थापनमा समस्या हुँदै आएको महाशाखा प्रमुख पन्त बताउँछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पूर्वाधारको कमी र तीव्र गतिले सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको बताउँछन् । “उपत्यकामा आफ्नो सवारी साधनका साथै अर्काको सवारी साधनबाट पनि उत्तिकै दुर्घटना हुने गरेको छ”, उनी भन्छन् । उपत्यकामा हुने दुर्घटनामा महिलाको तुलनामा पुरुषको धेरै मृत्यु हुने गरेको छ । महाशाखाका अनुसार आव २०७२÷०७३ मा १३० पुरुष र ३६ महिला, आव २०७३÷०७४ मा १२१ पुरुष र ६१ महिला र चालु आवमा ११७ पुरुष र ३२ महिलाको सवारी दुर्घटनामा मृत्यु भएको छ । महाशाखाले चालु आवमा सवारी साधन उल्लंघन गर्ने तीन लाख ७८ हजार ९२७ सवारी साधनलाई कारवाहीसमेत गरेको छ जसमा लेन अनुशासन ३८ हजार ८१४, मापसे २६ हजार १९७, ट्याक्सी कारवाही छ हजार ६८०, जेब्रा क्रसिङ कारवाही सात हजार ३९७, हर्न कारवाही १३ हजार १९, सिसिटिभी एक हजार ९६३, बुलेट मोटरसाइकल छ हजार ८०२ र अन्य कारवाही छन् । उपत्यकामा सवारी साधन धेरै हुँदा समस्यासमेत हुने गरेको छ । महाशाखाका अनुसार हाल उपत्यकामा एउटा ट्राफिक प्रहरीले एक हजार ४४ सवारी साधन व्यवस्थापन गर्दै आएको छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies