/  Mon, March 18, 2019

छोरीको जन्मदिनमा घर बोलाई ससुराले गरे ज्वाईको हत्या

सप्तरी । आफ्नै ससुराले कुटपिट गरी ज्वाइँको हत्या गरेका छन् । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा ससुराले कुटपिट गरी ज्वाइँको हत्या गरेका हुन् ।

ससुरा रामदयाल साह र उनका परिवारजनको कुटपिटबाट हनुमाननगर नगरपालिकास्थित गिदखोराका दिपेन्द्र मण्डल मारिएका हुन् ।

दुई वर्षअघि प्रेम विवाह गरेका मण्डललाई उनकै कान्छी श्रीमती अन्जना साहले छोरीको जन्मदिनको बहानामा बोलाई हत्या गरेको आफन्तको आरोप छ ।

मण्डल पहिलेदेखि नै विवाहित रहेको र जेठी श्रीमती रेश्मी मण्डलसँग बस्ने गरेकाले अन्जनाको परिवारले योजनावद्ध ढंगले हत्या गरेको परिवारजनको आरोप छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको सप्तरीका एसपी मुकेशकुमार सिंहले जानकारी गराएका छन् । घटनामा संलग्न रहेका आरोपमा प्रहरीले रामदयाल साहसहित तीन जनालाई पक्राउ गरेको छ ।

मण्डललाई हत्या गरी घरभन्दा करिब १ किलोमिटर पर फालेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

जेठ ३० गते, २०७५ - १७:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिके राउतले पार्टीको नाम फेरेर यस्तो राखे, चुनाव चिन्ह अष्टदल

सिके राउतले पार्टीको नाम फेरेर यस्तो राखे, चुनाव चिन्ह अष्टदल

जनकपुरधाम । सिके राउतको पार्टी (स्वतन्त्र मधेस गठबन्धन) को नाम परिवर्तन भएको छ । सिरहाको लहानमा दुई...   
करिश्माले एसइइकाे परीक्षा दिने

करिश्माले एसइइकाे परीक्षा दिने

काठमाडौं । सदावहार अभिनेत्री करिश्मा मानन्धरलाई अहिले परीक्षाको चटारो छ । उनी यो वर्ष काठमाडौंबाट...   

पढ्नुहोस् जनयुुद्धका ७ प्रतिबद्धता –पुरा भए की भएनन् ?

यस्ता छन् जनयुद्ध सुरु गर्दाका सात प्रतिबद्धता– १. हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी मार्क्सवाद–लेनिनवाद–माओवादका...   
चाणक्यको यी १० नीतिलाई मान्नुहुन्छ भने तपाईंको जीतै जीत

चाणक्यको यी १० नीतिलाई मान्नुहुन्छ भने तपाईंको जीतै जीत

चाणक्य नीति १ःआफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई...   

सपनाकाे फल यस्ताे हुन्छ थाहा पाउनुहाेस्

काठमाडौं । सपना एक सामान्य स्वभाविक प्रक्रिया हो । समान्यतः सबैले सपना देख्छन् । तर सपनाका विषयमा पनि...   

कुन जिल्लाको नेतृत्व कसलाई ? नेकपामा यसरी हुँदैछ जिम्मेवारी वाँडफाँड

काठमाडौं । नेकपाको एकता प्रक्रिया अन्तिम चरणमा आइपुगेको बताइएको छ । नेकपा उच्च स्रोतकाअनुसार ७७ वटै...   
परराष्ट्रमन्त्री ज्ञावली आज अर्जेन्टिना जाँदै

परराष्ट्रमन्त्री ज्ञावली आज अर्जेन्टिना जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्जेण्टिना...   

आज कांग्रेस केन्दीय समितिको बैठक, सिटौला र पौडेलले बहिस्कार गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन...   

काठमाडौं उपत्यकामा भुकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान ९ बजेर १ मिनेटको आसपासमा...   

प्रिमियर लिगमा सिटी र लिभरपुलको घम्साघम्सि : लिभरपुल शिर्ष स्थानमा उक्लियो

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। ३१ औं चरणको खेलमा फुल्ह्यामलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top