/  Wed, December 19, 2018

सामुदायिक होमस्टेलाई दुई करोड ५० लाख अनुदान

काठमाडौँ । समुदायमा आधारित दिगो पर्यटनको विकासमा योगदान गर्ने नेपालको सामुदायिक होमस्टे (घरबास कार्यक्रम) सञ्जाल ‘कम्युनिटी होमस्टे नेटवर्क’ ले रु दुई करोड ५० लाखभन्दा बढीको अन्तर्राष्ट्रिय अनुदान पाएको छ ।

दिगो तथा जिम्मेवार पर्यटनको अवधारणालाई आत्मसात् गरी नेपालमा सञ्चालित संस्थालाई विश्वप्रख्यात बृहत् इलेक्ट्रोनिक वाणिज्य (ई–कमर्स) कम्पनी–बुकिङ डटकमले बुकिङ बुस्टर कार्यक्रममार्फत उक्त अनुदान रकम उपलब्ध गराएको हो ।

विश्वसमुदायमा दिगो पर्यटन विकास र विस्तारमा कार्यरत स्टार्ट–अप कम्पनीमध्ये उत्कृष्ट १० को सूचीमा राख्दै नेपाललाई (युरो २२५,०००) राशिको अनुदान प्रदान गरेको सञ्जालका संस्थापक शिवप्रसाद ढकालले जानकारी दिए ।

समुदायमा आधारित दिगो पर्यटन विकासमा योगदान गरेबापत यस क्षेत्रमा नेपालले पहिलोपटक ठूलो अन्तर्राष्ट्रिय अनुदान पाएको हो ।

यही जेठ १ देखि १७ गते अर्थात् (मे १५ देखि ३१, २०१८) सम्म नेदरल्याण्डको एम्स्ट्र्डममा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट सञ्जालका संस्थापक ढकालले सहभागिता जनाउनुभएको थियो ।

कार्यक्रममा बुकिङ डटकमले गन्तव्यहरुमा अधिक पर्यटकीय चाप न्यूनीकरण गर्न तथा वातावरणीय एवं सामाजिक पक्षलाई सकारात्मक प्रभाव पर्नेगरी स्थानीय समुदायको स्तरोन्नति र समृद्धिका लागि क्रियाशील रहेका विश्वसमुदायबाट आमन्त्रित १० कम्पनीलाई करीब २० लाख युरोबराबरको राशि अनुदान उपलब्ध गराएको थियो ।

ढकालले रासससँग कुरा गर्दै होमस्टेको क्षेत्रमा नेपालले ठूलो उपलब्धि हासिल गरेको र सो रकममार्फत प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइने बताए। व्यवसाय प्रवद्र्धनार्थ वेबसाइट बनाई समुदायलाई सहभागिता गराएर स्थानीय जीविकोपार्जनमा टेवा पुग्नेगरी कार्यक्रम अघि बढाइने उनको भनाइ छ ।

पर्यटन व्यवसायी ढकालका अनुसार काभ्रेपलाञ्चोकको पनौतीमा ‘पनौती कम्युनिटी होमस्टे’ एकजना पथप्रदर्शकको घरबाट शुरु गरिएको थियो । अहिले २२ वटा घरमा होमस्टे पुगिसकेको छ भने १३ वटा सामुदायिक होमस्टेलाई एकै थलोमा ल्याएर सशक्तीकरण तथा प्रवद्र्धनको काम गरिएको छ ।

बुकिङ डटकम विश्वको तेस्रो ठूलो अनलाइन बजार क्षेत्र हो । पहिलो अमेजन डटकम र दोस्रोमा अलिबाबा डटकम पर्छन् ।

नेपालमा रहेका सामुदायिक होमस्टेको सञ्जालका रुपमा रहेको संस्थाले विश्वका पर्यटकलाई नेपाली समुदायको संस्कृति, रहनसहन, वेशभूषा, खानपिनलगायत विविध स्थानीय पक्षको वास्तविक अनुभव प्रदान गर्ने सेवा उपलब्ध गराउँदै आएको छ ।

स्थानीयवासीलाई पर्यटन सेवामा आबद्ध गराई लाभान्वित गराउनुका साथै विभिन्न १३ वटा समुदायमा महिला सशक्तीकरणमा समेत सहयोग पु¥याइरहेको संस्थाले जनाएको छ ।

विश्वव्यापी बृहत् ई–कमर्स कम्पनी–बुकिङ डटकमद्वारा सञ्चालित ‘द बुकिङ बुस्टर’ तीन हप्ते क्षमता अभिवृद्धि र सदस्यता अभिमुखीकरण तथा सशक्तीकरण कार्यक्रम हो । यसले विश्वभरिबाट चयन भएका प्रत्येक कम्पनीलाई युरो ५०, ००० राशिबराबरको अनुदान प्राप्त गर्ने अवसर प्रदान गर्छ ।

नेपालबाट प्रथमपटक चयन भएको कम्युनिटी होमस्टेले युरो २२५, ००० धनराशि प्राप्त गर्नुका साथै बुकिङ डटकमका विविध रणनीतिक विशेषज्ञबाट एक वर्षको अवधिभर निरन्तर सल्लाह–सुझाव तथा आवश्यक तालीम प्राप्त गर्ने अवसर प्राप्त गरेको छ । साथै, बुकिङ डटकमले भविष्यमा संस्थाको विकासका लागि सम्भावित नविनतम अभ्यास तथा प्रयोगका लागिसमेत सहयोग र सहकार्य प्रदान गर्ने भएको छ ।

यस अतिरिक्त ‘एमाजोन वेब सर्भिसेस’ ले कम्युनिटी होमस्टेको अभ्यास एवं सेवालाई प्रवद्र्धन गर्न क्रेडिट, टे«निङ एण्ड सपोर्टजस्ता एमाजोन अनलाइन सेवा तथा स्रोत उपलब्ध गराउने भएको छ ।

सानो लगानीमा आफ्नै घरमा पाहुनालाई स्थानीय परिकारको साथ सत्कार गर्ने नेपाली प्रचलन अर्थात् होमस्टेले अन्तर्राष्ट्रिय पर्यटकको मन जित्न थालेको छ । फरक स्वाद तथा उत्कृष्ट सेवा सुविधाको खोजीमा पर्यटकलाई नेपालका मौलिक होमस्टेले सुविधा दिने गरेका छन् । होमस्टेमा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षण बढ्दो छ ।

आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार चालू आवको आठ महिनासम्ममा नेपालमा २५१ सामुदायिक होमस्टे सञ्चालनमा छन् । आव २०७३/७४ सम्म तारास्तरको होटल संख्या १२५ पुगेको छ भने चालू आवको प्रथम आठ महिनामा पर्यटकस्तरीय होटल ९७७ पुगेको छ । सन् २०१७ मा करीब १० लाखको हाराहारीमा बाह्य पर्यटक नेपाल आएका थिए ।

जेठ २८ गते, २०७५ - १६:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसरी टुङ्गियो काङ्ग्रेसमा पदाधिकारी विवाद

काठमाडौं । नेपाली काङ्ग्रेसले लामो रस्साकस्सीपछि विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या...   
अनशनरत पूर्व जनसेनालाई उपचारका लागी विर लगियो

अनशनरत पूर्व जनसेनालाई उपचारका लागी विर लगियो

काठमाडौं । विगत ५ दिनदेखि माइतिघर मण्डलामा अनशनरत जनयुद्धका घाइतेहरुलाई सोमबार राति प्रहरीले उपचारका...   
पूर्व प्रधानमन्त्री तुल्सी गिरीको निधन

पूर्व प्रधानमन्त्री तुल्सी गिरीको निधन

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. तुल्सी गिरीको निधन भएको छ । कलेजो सम्बन्धी रोगबाट पिडित गिरीको आफ्नै...   

जान्नुहोस्, पहिलो यौन सम्पर्कमा युवतीले चाहने १० कुरा !

  एजेन्सी । पहिलो शारीरिक सम्पर्क गर्दाको महसुस व्यक्तिअनुसार फरक हुन सक्छन् । यस्ता कुरा विभिन्न...   
कांग्रेस महासमितिको बैठकमा नाराबाजी : बैठक स्थगित

कांग्रेस महासमितिको बैठकमा नाराबाजी : बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकमा नाराबाजी भएपछि बैठक स्थगित गरिएको छ । निर्धारित समयमै...   
काठमाडौंमा अत्याधिक जाडो : तापक्रम २ डिग्री

काठमाडौंमा अत्याधिक जाडो : तापक्रम २ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा एकाएक अत्याधिक चिसो बढेर तापक्रम २ डिग्रीमा झरेको छ । मौसम विभागका अनुसार...   
यौन स्वास्थ्य : यी ६ अवस्थामा यौनसम्बन्ध नराख्नुस्

यौन स्वास्थ्य : यी ६ अवस्थामा यौनसम्बन्ध नराख्नुस्

यौन भन्ने क्रिया मानव जीवनको एउटा अभिन्न अङ्ग हो । तर यसलाई व्यवस्थित तरिकाले निर्वाह गर्न सकेन भने...   

आजपनि नेकपाको बैठक, के होला स्थायी समितिमा ?

काठमाडौं । शनिबार केहीबेर बसेर स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक आज पुन बस्दैछ । पार्टी...   
अचम्मको तथ्य : युवाहरुको रोजाईमा विवाहित महिला धेरै, यस्तो छ कारण

अचम्मको तथ्य : युवाहरुको रोजाईमा विवाहित महिला धेरै, यस्तो छ कारण

एजेन्सी । सुन्दा अचम्म लाग्नु स्वाभाविक नै हो तर अचेलका युवाहरूको रोजाईमा विवाहित महिला पर्दछन् ।...   
२३ वर्षीय युवकले गरे ९१ वर्षीय वृद्धासँग विवाह, सुहागरातमा आइलाग्यो यस्तो आपत !

२३ वर्षीय युवकले गरे ९१ वर्षीय वृद्धासँग विवाह, सुहागरातमा आइलाग्यो यस्तो आपत !

रियो दे जेनेरियो । कहिलेकाँही संसारमा निकै अनौठो लाग्ने समाचारहरु आउने गर्छन् । यसै सिलसिलामा २३ वर्षीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top