Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

के हुन्छ प्रदेश २ को सरकार ? उपेन्द्रको एक तीरले दुई सिकार

संघीय सरकारमा संघीय समाजवादी फोरमको सहभागितासँगै प्रदेश २ सरकार परिवर्तनको चर्चा सुरु संघीय समाजवादी फोरम केपी ओली नेतृत्वको सरकारमा सामेल भएको छ । फोरमको संघीय सरकारमा सहभागितापछि प्रदेश नम्बर २ को सरकार के हुन्छ भन्ने चर्चा परिचर्चा सुरु भएको छ । प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठबन्धन सरकार छ । मुख्यमन्त्रीमा फोरमका लालबाबु राउत छन् । मुख्यमन्त्री राउतले शपथ लिने वेला पूर्वएमाले र पूर्वमाओवादी केन्द्र एकीकरणपछि अहिले नेपाल कम्युनिस्ट पार्टीले समर्थन गरेका थिए । तर, केही दिनअघि मात्र नेकपाले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । अाजको नयाँ पत्रिकामा खबर छ-एकातिर नेकपाको समर्थन फिर्ता र अर्कोतिर फोरमको संघीय सरकारमा सत्तारोहणले प्रदेश सरकारको भविष्यमाथि प्रश्न उठेको हो । केन्द्रमा जे–जस्तो राजनीतिक परिदृश्य देखिए पनि तत्काल फोरम र राजपा गठबन्धनको सरकार भने नढल्ने दुवै दलका नेताहरू बताउँछन् । अहिलेको समीकरण कस्तो ? नेकपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री राउतसँग फोरमका २९, राजपा २५ र स्वतन्त्र दुई गरी ५६ प्रदेश सभा सदस्यको समर्थन छ । प्रदेश २ मा बहुमतका लागि ५४ सिट भए पुग्छ । राजपाका २५ र फोरमको २९ गरी ५४ सिट पुग्छ । तर, राजपाले समर्थन फिर्ता लिएको अवस्थामा राउतको सरकार जोगाउन नेकपाले समर्थन गर्नुपर्छ । \"\" नेकपासँग ३२ सिट हुँदा राउतको सरकारलाई ६१ सिटको समर्थन हुन्छ । तर, फोरमका राउतलाई कांग्रेसको १९ सिट र स्वतन्त्र दुईजनाले समर्थन गरे पनि बहुमत भने पुग्दैन । त्यसकारण फोरमलाई दिएको समर्थन राजपाले फिर्ता लिएमा नेकपासँग सहकार्य अनिवार्य हुन्छ । फोरम र नेकपा दुवै दलले तत्काल कुनै संकेत नगरे पनि केही दिनमै दुवै दलको सरकार बन्न सक्ने बताइन्छ । राजपाले समर्थन फिर्ता लिए के हुन्छ ? राजपाले फोरम संसदीय दलका नेता तथा मुख्यमन्त्री राउतलाई गरेको समर्थन फिर्ता लिए पनि तत्काल सरकार भने ढल्दैन । संविधानको धारा १८८ अनुसार मुख्यमन्त्री राउतले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसो हुँदा राजपाले समर्थन फिर्ता लिएको ३० दिनसम्म राउतको सरकार रहन सक्छ । उपेन्द्रको एक तीरले दुई सिकार प्रदेश २ मा उपेन्द्र यादवले एउटा तीरले दुईवटा सिकार गर्न खोजेको चर्चा पनि सुरु भएको छ । अध्यक्ष यादव खासमा मुख्यमन्त्री राउतलाई फेर्न र राजपालाई प्रदेश २ को राजनीतिमा कमजोर बनाउन चाहन्छन् । त्यसैका लागि उनले अहिलेको समय रोजेको विश्लेषण छ । राजपाका महासचिव केशव झाको विश्लेषणमा राजपालाई किनारामा राख्न फोरमको सत्तारोहण भएको हो । हुन त, उपेन्द्रमाथि यादव समुदायबाट मुख्यमन्त्री नबनाएको भन्दै चर्को आलोचना पनि छ । फोरम अब के गर्छ ? फोरम तत्काल प्रदेश २ को सरकार परिवर्तन गर्ने खेलमा भने लाग्नेछैन । यदि प्रदेश २ को सरकारबाट राजपा नेताहरूलाई बाहिर ल्याएमा मधेसको राजनीति पुनः अशान्त र अस्थिर हुने फोरमका नेताहरूको धारणा छ । त्यो अवस्थामा राजपा सडक आन्दोलनमा जाने र फोरमविरुद्ध मोर्चाबन्दी गर्ने अवस्था आउनेछ । सरकारबाट बाहिरिएपछि सडक आन्दोलनको विकल्प नभएको राजपाका महासचिव मनीष सुमन बताउँछन् । संविधान संशोधनको मुद्दा किनारा लगाउने र प्रदेश २ को सरकार पनि ढल्ने अवस्थामा जनताको बीचमा जानुको विकल्प नरहेको उनले बताए । यो कुरा राम्रोसँग बुझेको फोरम प्रदेश सरकारलाई अस्थिर बनाउने पक्षमा नरहेको आर्थिक मामिला तथा योजनामन्त्री तथा फोरम नेता विजय यादवको भनाइ छ । \"\" फोरमभित्र दुई धार संघीय सरकारमा सत्तारोहणको सन्दर्भलाई लिएर फोरमभित्र दुई धार देखिएको छ । त्यही धारका कारण सहअध्यक्ष राजेन्द्र श्रेष्ठ मन्त्री हुनबाट वञ्चित भए । अध्यक्ष उपेन्द्र यादव सहअध्यक्ष श्रेष्ठलाई साथ लिएर सरकारमा जाने सोचमा थिए । त्यो अवस्थामा फोरम राष्ट्रिय पार्टी भएको सन्देश दिन चाहन्थे । तर, पार्टीभित्र महासचिव रामसहाय यादव, रेणु यादवहरू श्रेष्ठलाई रोक्न चाहन्थे । खासमा यादव आफैँ मन्त्री हुन चाहेकी थिइन्, तर बन्न नपाउने भएपछि श्रेष्ठलाई रोक्न अन्य उपायको खोजी भयो । फोरमका एक नेताको भनाइमा मधेसीको भोटले पहाडिया समुदायका नेतालाई मन्त्री बनाउन नहुने भनेर पछिल्ला दिनमा सबैभन्दा बढी श्रेष्ठविरुद्ध लागेका थिए । सुरुमा महासचिव रामसहाय यादवले प्रत्यक्ष निर्वाचितबाहेकलाई मन्त्री बनाउन नहुने अडान लिएका थिए । राजपासँग ३ विकल्प संघीय समाजवादी फोरम संघीय सरकारमा सहभागी भएपछि राजपा र फोरमबीच सम्बन्धका तीन विकल्पको विश्लेषण हुन थालेको छ । प्रदेश २ को सरकार र राजनीतिक कार्यक्रमको सहकार्यसम्बन्धी तीन विकल्प देखिएको हो । फोरम र राजपा मिलेर प्रदेश २ मा सरकार बनाएका छन् । १.  राजपा र फोरम दुवै संघीय सरकारमा प्रदेश २ को आन्तरिक राजनीतिमा फेरबदल नगर्ने हो भने राजपा र फोरम दुवै दल संघीय सरकारमा सहभागी हुने विकल्पमा विश्लेषण भएको छ । राजपाका नेताहरूले पनि सकेसम्म संघीय सरकारमा सहभागी भए तत्कालको राजनीति नगिजोलिने टिप्पणी गरेका छन् । राजपाका नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादवसहितको एउटा पक्ष सरकारका सहभागी हुनुपर्ने पक्षमा छ । तर, राजपाका पहिलो तहका नेताहरूले यसबारे मुख खोलिसकेका छैनन् । तर, दोस्रो तहका नेताहरूले राजपामा संघीय सरकारमा सहभागी हुँदा राम्रो हुने टिप्पणी गरेका छन् । राजपा महासचिव केशव झाले सकेसम्म संघीय सरकारमा सहभागी भएर राजनीतिलाई संरक्षण दिने पक्षमा रहेको बताए । २. प्रदेश २ को सरकारमा राजपा र फोरम सरकारको निरन्तरता प्रदेश २ को समृद्धि र राजनीतिक स्थिरताका लागि पनि मधेसकेन्द्रित दुई दल फोरम र राजपा मिलेर प्रदेश सरकारलाई निरन्तरता दिनुपर्ने कोणबाट विश्लेषण हुन थालेको छ । राजपा महामन्त्री मनीष सुमनले आफूहरू प्रदेश २ को वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउनुपर्ने पक्षमा रहेको बताए । ३. प्रदेश २ मा नेकपा र फोरमको सरकार अहिले चासो र शंका भने नेकपा र फोरम मिलेर प्रदेश २ मा सरकार बनाउँछन् भन्ने छ । तर, तत्काल त्यो सम्भावना भने देखिएको छैन । त्यसका लागि फोरम र राजपाको सम्बन्ध निकै चिसो बन्नुपर्नेछ । र, राजपाले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ । अहिले नै समर्थन फिर्ता लिने कुनै सम्भावना नभएको राजपा महामन्त्री झाको भनाइ छ । नेकपाले समर्थन फिर्ता लिएपछि फोरमलाई राजपाको समर्थन कायम राख्नुपर्ने बाध्यता छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies