Khabar Dabali Logo
  May 20, Mon

ठेकेदारको लापरवाहीले स्थानीयवासी आक्रोसित

अछाम । अछामको मुख्य व्यापारिक केन्द्र साँफेबगर बजार भित्रको सडक निर्माणको कार्यमा ढिलासुस्ती भएको छ ।

बजार भित्रको ३५० मिटर लम्बाइको सडक कालोपत्रे गर्ने कार्य एक वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । सडक निमार्णमा ढिलाइ हुन थालेपछि स्थानीयवासी आक्रोसित हुन थालेका छन् ।

स्थानीयवासीले ठेकेदारको मनपरीका कारण आफूहरुले हिउँदमा धुलो र वर्षायाममा हिलोको समस्या भोग्नुपरेको व्यापारी रुपबहादुर कुँवरले बताए । “यही सडकमा केन्द्रदेखि प्रदेशका सांसद हिँड्छन् तर सडक अहिलेसम्म किन बनेन भनेर कसैले चासो देखाएनन् ”कुँवरले भने ।

जिल्ला समन्वय समितिका सभापति र साँफेबगर नगरपालिकाका प्रमुखसमेत यही बजारमा बस्छन् तर सडकप्रति ध्यान भने कसैलाई छैन ।’

सम्बन्धित निकायलाई थप जिम्मेवार बनाउन कडा दबाबमूलक कार्यक्रम गर्ने अर्का व्यापारी पुरन कुँवरले बताए ।

उनले भने, “अब त जनप्रतिनिधि आइसकेपछि विकास निमार्णका कार्य तीव्रगतिमा अगाडि बढ्छ भन्ने सोचेका थियौ तर यहाँ त ढलेको सिन्को समेत उठाउने कोही छैनन् । काम नगर्ने ठेकेदार जति नेताको संरक्षणमा छन् । अनि काम कसरी हुन्छ रु एक महिनामा सक्ने काममा एक वर्ष बित्यो ।” सडक एक महिनाभित्र कालोपत्रे गरीसक्ने गरी २०७४ जेठमा सम्झौता भएको थियो । रु ८० लाखको लागतमा कालोपत्रे हुनलागेको सडक एक वर्ष बित्न लाग्दा समेत सडकको साइड नाली बनाउने काम मात्र सकिएको छ । काम गर्ने जनशक्तिको अभाव र आवश्यक स्रोत साधनको अभावका कारण देखाउँदै निमार्णमा ढिलाइ भएको सडक निमार्णको जिम्मा लिएका केएम निमार्ण सेवाका सञ्चालक टंक कुँवरले बताए ।

जेठ १२ गते, २०७५ - १४:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनको दस्तुर सङ्कलन केन्द्रमा आगजनी गर्ने लामिछाने पक्राउ

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा...   

११ बजेर २३ मिनेटमा ६.८ म्याग्नीच्यूडको भूकम्प

न्यू क्यालेडोनिया । अमेरिकी भौगर्भिक सर्भेले न्यू क्यालेडोनियाको पूर्वी तटीय इलाकामा ६।८ म्याग्नीच्यूडको...   

काठमाडौँको यी चार वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आवेदन परेन

काठमाडौं । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका १, २, ९ र ११ वडाबाट...   

राष्ट्रियसभा–प्रतिवेदन पेश, अन्तरसम्बन्ध व्यवस्थापन विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ। राष्ट्रयिसभाको आजको बैठकमा राष्ट्रयि सरोकार तथा समन्वय समतिकिा सभापत दिलकुमारी रावलले...   

गृहकार्य नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । पोलिटब्यूरो गठन र केन्द्रीय...   

नेपाली सेना र युस आर्मी विपद् प्रतिकार्य अभ्यास शुरू

कास्की । नेपाली सेना र युस आर्मी प्यासिफिकको संयुक्त आयोजनामा आजदेखि पोखरामा विपद् प्रतिकार्य अभ्यास...   

सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु (नामावलीसहित)

काठमाडौं । करिब १५ घण्टाको अवधिमा भएका ९ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको...   

छोरा मलेसियाको जेलमाः नेपाल ल्याइदिन आमा र परिवारको बिन्ती

बेझाड । सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका–...   

प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्दा …

काठमाडौं । प्रहरीलाई घुस दिन खोज्दा दुईजना पक्राउ परेका छन् । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने...   

बोको हरामको आक्रमण, १३ जना गाउँलेको हत्या

चाड। अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top