Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

झलनाथ खनाल यसरी बन्छन् टिपटप

पूर्वप्रधानमन्त्री झलनाथ खनाल सधैँ टिपटप बनेर हिँड्छन् । उनले लगाएका कपडाले धेरैको ध्यान खिचिरहेको हुन्छ । यतिसम्म कि ड्रेसअपकै कारण मिडियामा समेत उनी वेलावेलामा छाइरहन्छन् । उनले लगाउने कपडा ब्रान्डेड मात्र हुँदैनन्, रंग, डिजाइनसमेत आकर्षक हुन्छन् । शारीरिक रूपमा फिट झलनाथ आफूलाई कसरी मेन्टन गर्छन् त ? अाजको नयाँ पत्रिकाले यसबारे पूर्वप्रधानमन्त्रीसमेत रहेका उनै खनालसँग जान्ने प्रयास गरेको छ । पहिलेदेखि नै चिटिक्क परेर हिँड्नुहुन्थ्यो ? म सामान्य रूपमा हिँडिरहेको हुन्छु । सामान्य गेटअप गर्छु । तर, मेरो शरीरमा जुन रंगको, जुन ढाँचाको कपडा पनि सुहाउँछ । त्यही कारणले चिटिक्क परेको देखिन्छ । मलाई लप्पनछप्पन गरेर हिँड्न मन लाग्दैन । सामान्य रूपमा अलिकति सफासुग्घर भएर हिँड्नुपर्छ, सफासुग्घर भएर बस्नुपर्छ भन्ने ठान्छु । मैले सुरुदेखि त्यसरी नै सोच्दै आएँ र अहिले पनि त्यही गरिरहेको छु । राजनीतिमा आउनुभन्दा पहिला पनि त्यसरी नै हिँडेँ । यद्यपि त्यति वेला मनले चाहेका कपडा लगाउन पाउँदिन थिएँ । त्यो अवस्थामा पनि सकेसम्म सरसफाइ गरेर, चिटिक्क परेर हिँड्ने बानी थियो । त्यो बानी अहिलेसम्म पनि गएको छैन । यसैले मान्छेहरू बढी चिटिक्क पर्छ भन्छन् होला । यो असाधारण कुरा हो जस्तो मलाई लाग्दैन । रङ कसरी छान्नुहुन्छ ? मसँग केही सुट, केही कोट, केही दौरासुरुवाल छन् । तीमध्ये कुन दिन कुन मन लाग्छ, त्यही लगाउँछु । कलर मिलाउने हिसाबकिताब गरेको हुन्नँ । तर पनि लगाएपछि मिलिराखेको हुन्छ । त्यो मिलेको देखेर यसले कलर मिलाई–मिलाई लगाउँछ भन्ठान्छन् होला । त्यो भ्रम हो । सम्भवतः राम्रो देखिन्छ होला, त्यसकारण यस्तो इम्प्रेसन देखिएको हुन सक्छ । कपडामा दिनैपिच्छे आइरन लगाउनुहुन्छ ? आइरन म अक्सर लगाउँदिनँ । मसँग एकपटक आइरन लगाएपछि पुग्ने कपडा हुन्छन् । त्यो कारणले आइरन लगाइराख्नुपर्दैन । टेलिकटन, टेलिउलन आदिमा आइरन लगाउनु आवश्यक नै हुँदैन । कोटहरूमा लगाउने गर्दिनँ । कपडालाई हिफाजत ग-यो, खोलिसकेपछि ठीक ढंगले राख्यो भने त्यो खुम्चँदैन, विग्रदैन । जतिपटक लगाए पनि नबिग्री बसेको हुन्छ । कपडालाई माया गरे कपडाले पनि आफूलाई माया गर्छ । ब्रान्ड कत्तिको छान्नुहुन्छ ? विशेषगरी क्वालिटी हेर्छु । त्यसकारण ब्रान्ड पनि हेरिन्छ । तर, सामान्यतया कपडा आकर्षक हेरिन्छ । डिजाइनरले सल्लाह दिन्छन् कि आफैँ डिजाइन दिनुहुन्छ ? कहिलेकाहीँ म आफैँ छान्छु । कहिलेकाहीँ डिजाइनरले सुझाब दिन्छन् । उपयुक्त लागे सुझाबअनुसार लिन्छु । धेरैले डिजाइन र कलरका कपडा देखाएर हजुरलाई यो सुहाउँछ, यो राम्रो हुन्छ भन्छन् । ती सुझाबलाई विश्लेषण गरेर हेर्दा उपयुक्त लागे लिन्छु । कपडा किन्न कुन ठाउँ छान्नुहुन्छ ? म विदेश गएका वेला पनि कपडा ल्याउँछु । काठमाडौँमा यही भन्ने छैन । कपडा लिन म एक्लै जान्नँ । साथीभाइसँग गएको हुन्छु । तपार्इंको टिपटपको विषय मिडियामा आउँदा कस्तो लाग्छ ? मलाई अचम्म लाग्छ । मान्छेले किन यस्तो ढंगले इम्प्रेसन राख्छन् भन्ने लाग्छ । किनकि म चिटिक्क बन्छु भन्ने विचार बनाएर हिँडेको हुन्नँ । उपलब्ध कपडा सामान्य रूपमा नै लगाएर हिँड्ने गर्छु । तर पनि मान्छेहरूले हेर्दा यो झलनाथ खनाल चिटिक्क परेर हिँड्छ भन्दा रहेछन् । म्याडमले कत्तिको सल्लाह दिनुहुन्छ ? अब त मेरा रुचि मलाई भन्दा बढी म्याडमलाई थाहा छ । कुन वेलामा कस्तो कपडा चाहिन्छ भन्नेबारे उनलाई थाहा हुन्छ । कुनै नयाँ कपडा लिनुपर्ने भयो भने उनले सुझाब दिन्छिन्, आजभोलि । त्यो सुझाबका आधारमा म लिन्छु । कपडा म्यानेज गर्ने कुरामा उनको ठूलो हात छ । फिटनेसका लागि चाहिँ के–के गर्नुहुन्छ ? म धेरै कुरा गर्दिनँ । वाकिङ र योगा गर्छु । बिहान उठेर एक घन्टा योगा गर्छु । त्यसपछि करिब आधा घन्टा अरू एक्सरसाइज गर्छु । ८० मिनेट मर्निङ वाक गर्छु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies