Khabar Dabali Logo
  February 25, Tue

मन्त्रीपरिषद् बैठकले यस्तो गर्यो निर्णय

 

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यले तलब तथा अन्य सेवासुविधा लिन विधेयक पारित हुने समयसम्म कुर्नु नपर्ने भएको छ । आज बसेको प्रदेश नं ३ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभामा छलफलका क्रममा रहेको सेवासुविधा सम्बन्धी विधेयक पास नभएसम्मका लागि तलव र अन्य सेवासुविधा लिन सक्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एंव आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुन समय लागेकाले तत्कालका लागि तलब सुविधा लिन बाटो खोलिएको बताए ।

यो निर्णयसँगै अब मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभाका सदस्य तथा पदाधिकारीले तलब तथा सेवासुविधा लिन विधेयक पारित हुने समयसम्म कुर्नुपर्ने छैन ।

प्रदेशसभा बैठकमा टेबुल भएको उक्त दुई विधेयक प्रदेशसभा विशेष समितिमा छलफलका क्रममा रहेको प्रदेशसभा सचिवालयका सचिव भरत बुढाथोकीले बताउनुभयो ।

प्रस्तावित उक्त विधेयकमा मुख्यमन्त्रीले मासिक ७५ हजार, मन्त्रीले ५२ हजार, राज्यमन्त्रीले ४८ हजार र प्रदेशसभा सदस्यले रु ४५ हजार तलबसहित सेवासुविधा पाउने उल्लेख छ । स्थानीय तहका जनप्रतिनिधिको तलबसम्बन्धी विधेयक भने प्रदेशसभाले पारित गरिसकेको छ । रासस

जेठ २ गते, २०७५ - १६:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपामा संविधान संशोधनको पहल : खासमा के भएको थियो बैठकमा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रस्तावित भनिएको संविधान संशोधनको विषय यतिबेला...   

विषय नपाएपछि कोट र टोपी मिलेन भन्दै विषय बनाएर हिँडेका छन् : ओली

पोखरा। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास...   

कसले लग्यो बाँस्कोटाको सातवटा डायरी ?

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन...   
हेलिकप्टरमा देशको नक्शा अंकित केक बोकेर ओलीको जन्मथलो पुग्ने को हुन् ?

हेलिकप्टरमा देशको नक्शा अंकित केक बोकेर ओलीको जन्मथलो पुग्ने को हुन् ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली आफ्नो ६९ औं...   

फर्केर हेर्नुहोस् –नेकपाको ७० वर्षे इतिहास !

नेपाली कम्युनिष्ट आन्दोलनको महान् परम्परा भनेको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको एकीकृत तथा समष्टिगत...   
यि हुन् माओवादी जनयुद्धमा शहिद भएका १० केन्द्रिय नेता

यि हुन् माओवादी जनयुद्धमा शहिद भएका १० केन्द्रिय नेता

काठमाडौं। वि.सं. २०५२ साल फागुन १ गते मंगलबार अर्थात् १३ फेब्रुअरी १९९६ मा तात्कालीन नेकपा (माओवादी)...   
माओत्सेतुङको फोटो गलत प्रयोग गर्ने सम्पादकलाई बर्खास्त गरिने

माओत्सेतुङको फोटो गलत प्रयोग गर्ने सम्पादकलाई बर्खास्त गरिने

काठमाडौं । नेपालस्थित चिनियाँ दुतावासले चीन विरोधी समूहको ‘सुँगा’ भनेर टिप्पणी गरेको एक प्रधान सम्पादकको...   

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण तत्काल गरिने –कहाँ पुग्यो तयारी

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको मिर्गौला...   

महरा निर्दोष : कसरी हुन्छ र कसले दिन्छ ? उनको व्यक्तित्वको क्षतिपुर्ति ?

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुरको राजनीतिक निष्ठामाथि धक्का...   

सरकार ढाल्ने षड्यन्त्र भईरहेको छ –ओली

काठमाडौं । सरकार ढाल्ने षड्यन्त्र भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आइतबार गृहजिल्ला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top