/  Wed, January 23, 2019

माअोवादी सांसदलार्इ जेल सजाय

रौतहट । जिल्ला अदालत गौरले वन पैदवार गैरकानुनी रुपले ओसारपसार गरेको आरोपमा प्रदेश २ का सांसद कुन्द कुशवाहलाई जेल सजाय सुनाएको छ । तत्कालीन पुनरावेदन अदालत हेटौंडाको फैसला अनुसार विना ईजाजत वन पैदवार ओसार पसारमा संलग्न रहेको भन्दै प्रदेससभा सदस्य कुन्दन कुसवाहलाई १ बर्ष जेल सजाय सुनाइएको हो ।

कुशवाह नेकपा माओवादी केन्द्रबाट रौतहटको क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।

बिना इजाजत वन पैदवार ओसारपसारमा संलग्न रहेको भन्दै पुनरावेदन अदालत हेटौंडाको फैसला अनुसार एक वर्ष जेल सजाय सुनाएको सदस्य कुशवाहलाई पक्राउ गर्न अदालतले बैशाख १९ गते जिल्ला प्रहरीको नाममा पत्र पठाएको थियो ।

‘सर्वोच्च अदालतम विचाराधीन मुद्दाको पक्राउ आदेश आउनुले आश्चर्यमा परेको छु,’ उनले भने, ‘यस्तो कसरी भयो । बुझ्ने प्रयास गर्दैछु ।’ उनले अदालतको फैसला अनुसार बिगो बापत ५ लाख ५५ हजार ८ सय ८० रुपैयाँ बराबरको जेथा राखेको जनाए । सर्वोच्चमा मु्द्दा विचाराधीन रहेकै अवस्थामा उनले प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका थिए ।

बाराको साविक पिपरा सिमरास्थित पथलैया चोकमा सवारी चेकजाँचका क्रममा २०६९ असोज २ गते बिहान जिल्लाको कटहरिया बजारबाट कास्कीको पोखरा जान लागेको ना ४ ख ४६४० नम्बरको ट्रकमा अनुमति बिनाको सालको चिरान काठ २ सय ६५ थानको ४ सय ६९ क्यूफिट र ८ क्विन्टल स्ट्रिप बरामद भएको थियो ।

ट्रक चालक ईन्द्रबहकादुर मानन्धरले ३ सय ५० बोरा चामल रहेको प्रहरीलाई बताएर उम्कन खोजेका थिए । त्रिपालले छोपेको ट्रकका बारे प्रहरीले शंका गरेर चेक गर्दा सालको चिरान काठ बरामद गरेको थियो ।

वनको ईजाजत पत्र अनुसार २०६९ भदौ २९ गते रेन्जर जैसवाललाई काठ शिलबन्दीका लागि बुझाएको थियो । रेन्जरकै रोहवरमा शिलबन्दी भएकाले काठ वैध–वैध भन्ने जैसवाललाई नै थाहा भएको तत्कालीन सहायक वन अधिकृत बिन्देश्वरराय यादवले अदालत समक्ष बकपत्र गरिदिएका छन् ।

र, यो पनि

जेठ १ गते, २०७५ - १८:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग ‘ब्रेकफास्ट’ गरेपछि कमल थापाले दिए यस्तो प्रतिक्रिया

पूर्वराजा ज्ञानेन्द्र शाहसँग ‘ब्रेकफास्ट’ गरेपछि कमल थापाले दिए यस्तो प्रतिक्रिया

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच...   

कांग्रेस सभापति देउवाविरुद्धको मुद्धा सर्वोच्चद्धारा खारेज

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पार्टी र सभापति शेरबहादुर देउवाविरूद्ध परेको अदालतको...   
पुल निर्माणको शुरुबाटै अनुगमन गरीन्छ: मन्त्री महासेठ

पुल निर्माणको शुरुबाटै अनुगमन गरीन्छ: मन्त्री महासेठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी दिनमा निर्माण हुने नयाँ पुल...   

नेकपा बैठकः ४१ नेताले बोले, आइतबार ओली-प्रचण्डले जवाफ दिने

काठमाडाैं । शनिबारदेखि जारी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले...   

अभद्र व्यवहार गर्ने तीन पक्राउ

सप्तरी । सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीन जना पक्राउ परेका...   

संसद् कानून निर्माणमा लागिरहेको छः अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका...   

बिना इजाजत भुक्तानी कारोबार गर्नेलाई अर्थमन्त्रीको कडा चेतावनी

काठमाडाैं । अर्थमन्त्री डा.युवराज खतिवडाले इजाजतबिना नै भुक्तानीसम्बन्धी कारोबार गर्ने माथि कडा...   

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बन्छ: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी...   
जाजरकोटमा रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर नेपालगञ्ज

जाजरकोटमा रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर नेपालगञ्ज

जाजरकोट । रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका...   
जापानको रक्षा बजेट ४७ अर्ब डलर

जापानको रक्षा बजेट ४७ अर्ब डलर

जापान । सरकारले अर्को आर्थिक वर्षका लागि ४७ अर्ब डलरको प्रतिरक्षा बजेट सार्वजनिक गरेको छ । जापानको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top