Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सेल्फी खिचेर कर्णालीको समृद्धि संभव छैनः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कृषिजन्य उत्पादनको बजार व्यवस्थापन प्रदेश सरकारले गर्ने वताएका छन् । शुक्रवार कृषि मन्त्रालयको सभाहलमा आयोजना गरिएको क्षेत्रिय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा मात्रै अर्वौं मुल्यको कृषि उत्पादन आयात भैरहेकोले वजारको चिन्ता नगर्न आग्रह गरे । ‘दुनियाले मरुभुमि र समुद्रमा समेत कृषिको विकास गरेका छन् ।’ मुख्यमन्त्री शाहीले भने, ‘हाम्रो प्रदेशमा त झन उपयुक्त हावापानी, माटो र चरणक्षेत्र छन, हामीले किन वाहिरवाट आयात गरेर खाने?’ कर्णाली प्रदेश कृषि उत्पादनको लागि राम्रो संभावना वोकेको प्रदेश भएको वताउदै मुख्यमन्त्री शाहीले फलफुल, पशुपालन, तरकारी र अन्नवालीको व्यवसायीक खेतीमा लाग्न जोड दिए । अहिलेसम्म टुक्रे उत्पादन प्रणालीमा किसानहरुले भर गरेको वताउदै व्यवसायीक उत्पादन प्रणालीको विकास नगरी कृषकहरु समृद्ध हुन नसक्ने उहाँले वताऐ । मुख्यमन्त्री शाहीले व्यवसायीक कृषि उत्पादनको विकास तथा वजारीकरणका लागि आवश्यक वातावरण वनाउन प्रदेश सरकार तयार रहेको वताए । सरकारले भर्खरै ल्याएको नीति तथा कार्यक्रम र वजेटमा समेत उच्च प्राथमिकता दिएको भन्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको कृषि उत्पादनलाई अर्गानिक कृषि उत्पादनका रुपमा ‘व्राष्डीङ्ग’ गरिने वताऐ । कृषि उत्पादनलाई पर्यटनसंग जोडनुपर्ने वताउदै मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली प्रदेशमा आएका पर्यटकले समेत चिनोको रुपमा कृषि उत्पादन लिने वातावरण वनाउन जरुरी छ, सेल्फी खिचेर पर्यटक फर्किएमा हाम्रो समृद्धि संभव छैन ।’ पुरस्कार वितरण कार्यक्रममा तरकारीखेती, च्याउखेती, स्याउखेती, वाख्रापालन व्यवसायमा उत्कृष्ट ६ जना किसानहरुलाई पुरस्कृत गरिएको थियो । उनीहरुलाई जनही २५ हजार नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies