Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सेभिल्लालाई ५–० ले पारजित गर्दै बर्सिलोनाले जित्यो उपाधि

\"\"काठमाडौं । बार्सिलोनाले यो वर्षको पहिलो प्रमुख उपाधि कोपा डेल रे फुटबलको उपाधि उचालेको छ । कोपा डेल रे फुटबलको फाइनल अन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्लालाई ५–० ले हराउँदै उपाधि उचालेको हो । बार्सिलोनाले योसँगै लगातार चार सिजन कोपा डेल रे फुटबलको उपाधि जितेको छ । बार्सिलोनाले पहिलो हाफमा नै ३–० को अग्रता लियो भने दोस्रो हाफमा थप दुई गोल गरेको हो । घरेलु मैदानमा सेभिल्ला निरिह देखियो । अवे मैदानमा भएको खेलमा बार्सिलोनाका लागि लुइस स्वारेजले दुई तथा लियोनल मेस्सी, आन्द्रेस इनिएस्टा, फिलिप कोन्टिन्होले एक एक गोल गरे । स्वारेजले १४ र ४० औँ मिनेटमा गरी दुई गोल गरेका हुन् । स्वारेजले दोस्रो गोल गर्नुअघि मेस्सीले ३१ औँ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा इनिएस्टाले गोल गरे । उनले ५२ औँ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता ४–० मा लगे । ६९ औँ मिनेटमा पाएको पेनाल्टीमा कोन्टिन्होले गोल गरेपछि बार्सिलोना ५–० ले विजयी भयो र लगातार चौाथो सिजन कोपा डेल रेको उपाधि उचाल्यो । बार्सिलोना ला लिगामा पनि उपाधि नजिक छ । उसका लागि एक जित वा एथ्लेटिको मड्रिडको एक हार उपाधिका लागि पर्याप्त छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिड आइतबार राति रियल बेटिससँग खेल्दैछ । यो खेलमा एथ्लेटिको पराजित भएमा बार्सिलोनाले ला लिगाको उपाधि पनि पक्का गर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies