Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

आईपीएलमा सन्दीपलाई खेलाउन डेयरडेभिल्सले देखायो यस्तो संकेत

\"\"नयाँदिल्ली । भीभो आईपीएल– २०१८ मा दिल्ली डेयरडेभिल्स (डीडी)ले हालसम्म खेलेका ४ मध्ये ३ खेलमा पराजय व्यहोरेको छ । यद्यपि उसले यससिजन आफ्नो घरेलु मैदानमा खेलिने ७ वटै खेल खेल्न बाँकी छ । हालसम्म दिल्लीले सबै खेल विपक्षीको मैदानमा खेलेको छ । दिल्लीले शनिबार रोयल च्यालेञ्जर्स बैंग्लोरसँग बैंग्लोरमै खेल्नेछ । त्यसपछि सोमबार बल्ल फिरोज साह कोटला मैदानमा दिल्लीको टीम फर्किनेछ, जहाँ उसको भेट पाहुना टोली किंग्स इलाभेन पञ्जावसँग हुनेछ । दिल्लीमा नेपाली खेलाडी सन्दीप लामिछाने पनि अनुबन्धित छन् । सन्दीपले हालसम्म खेल्न पाएका छैनन् । दिल्लीको टीमले बलिङमा राम्रो गर्न नसकिरहेको र अन्य केही टीमले तीन स्पीनर खेलाएर शानदार नतिजा निकालिरहेको अवस्थामा सन्दीप लामिछानेले खेल्न पाउने सम्भावना बढेको छ । डीडीको आधिकारिक वेबसाइटले घरेलु मैदान कोटलामा सन्दीप उपर्युक्त विकल्प हुनसक्ने लेखेको छ । कोटलाको मैदान स्पीन फ्रेण्ड्ली मानिन्छ । टेस्टमा भारतीय स्पिनर अनिल कुम्लेले पाकिस्तानविरुद्ध एकै पारीमा १० वटै विकेट लिएको यही मैदानमा हो । यस मैदानमा खेलिएको अन्तिम टी–ट्वान्टीमा न्युजिल्याण्डविरुद्ध भारतीय स्पीनरले ६ विकेट लिएका थिए । डीडीको वेबसाइटमा लेखिएअनुसार यस मैदानमा तीव्र गतिका बलरले करीब १० को औसतमा रन खर्चिएका छन्, जबकि स्पीनरको इकोनोमी ६।३३ छ, जुन टी–ट्वान्टीमा निकै राम्रो मानिन्छ । सन्दीपले १९ वर्षमुनिको विश्वकपमा आयरल्याण्डविरुद्ध लिएको ह्याट्रिक, डिभिजन टूमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बन्दै पाएको म्यान अफ द सिरिजको उपाधि, विश्वकप छनोटको प्रदर्शन लगायतलाई उल्लेख गर्दै डीडीको वेबसाइटले सन्दीप फिरोज साह कोटला मैदानमा निकै प्रभावकारी बन्न सक्ने विश्वास गरेको छ । ‘हामी यस्तो यसकारण भन्दैछौं, जुन तरिकाबाट आईपीएल–११ मा तीन स्पीनर टीममा सामेल गर्ने लहर चलेको छ र त्यस्ता टीमहरूले सफलता पनि हासिल गरिरहेका छन्, यस्तो अवस्थामा दिल्ली पनि आफ्नो झोलीबाट सन्दीप लामिछानेलाई निकाल्न चाहन्छ’, डीडीको वेबसाइटमा लेखिएको छ । साथै समाचारमा अस्ट्रेलिन लेजेण्ड लेग स्पिनर शेन वार्नका फ्यान सन्दीपलाई अस्ट्रेलियन पूर्वकप्तान माइकल क्लार्कले पहिचान गरी अष्ट्रेलिया लगेर प्रशिक्षण दिएको पनि उल्लेख छ । यदि सन्दीपले दिल्लीको पहिलो घरेलु खेलमा डेब्यु गर्ने मौका पाएमा उनले क्रिस गेल, एरोन फिन्च तथा युवराज सिंहजस्ता धुरन्तर ब्याट्सम्यानको सामना गर्नुपर्नेछ । शुरुमा टीममा स्थान बनाउन नसकेका गेलले पछिल्लो दुई खेलमा शानदार प्रदर्शन गरेका छन् । आफूले खेलेको पहिलो खेलमा अर्धशतकीय पारी खेलेका गेलले बिहीबार खेलेको दोस्रो खेलमा शतक प्रहार गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies