Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

प्रहरीले एक जोडीलाई रुँदारुँदै बिछोड गरायो

\"\"रोल्पा । “म ऊबिना बाच्नै सक्दिनँ, कसैको करकापले मैले विवाह गरेको होइन मेरै मञ्जुरीले गरेको विवाह भएकाले हामी दुईसँगै बस्न पाउनुपर्छ । मैले ऊसँग विवाह गरिसकोले जसले जे भने पनि म फर्केर माइती जान्नँ...बरु जेलमा बस्छु”, धरधरी रुँदै १७ वर्षीया किशोरीले जिल्ला प्रहरी कार्यालयकोे प्राङ्गणमा आइतबार निकै बिलौना गरिन् । यता किशोरले पनि दुवैको सहमतिमा आफूहरु भागेको स्वीकारेका छन् । “उनले पनि मलाई माया गर्थिन् मैले पनि उनलाई माया गर्थें तिमीलाई नपाए म मर्छु भनिन् अब म के गरुँ”, अनि दुवैको सहमतिमा हामी भागेका हौँ”, किशोरले भने । जिल्ला सदरमुकामको एक विद्यालयमा कक्षा ११मा अध्ययनरत किशोरी र जिल्ला बाहिरको कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत प्यूठानका २३ वर्षीय किशोर गत चैत २७ गते प्रेम विवाह गर्नका लागि घरबाट भागेका थिए । छोरीले १७ वर्षको उमेरमा बिहे गरेर भागेको खबर पाएपछि उनको परिवार विक्षिप्त भयो । निकै खोजतलास भयो तर उनलाई परिवारले फेला पार्न सकेन । अन्तमा सदरमुकामकै आमा समूहद्वारा उनको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी प¥यो । उजुरी परेलगत्तै प्रहरीले उनको व्यापक खोजी ग¥यो । अन्तमा ती किशोरकिशोरीलाई केटाकै घरमा प्रहरीले फेला पारेपछि अभिभावकका साथमा जिप्रका रोल्पामा झिकाइयो । उनीहरु आएको खबर पाउनासाथ आमा समूहको नेतृत्वमा एकहुल जिप्रका पुग्यो । बाल विवाह भएको हुँदा यो विवाह रद्द गरिनुपर्छ भन्दै किशोरीका अभिभावकले किशोर पक्षसँग माग राखे । प्रहरीले बाल विवाह कानूनविपरीत भएको भन्दै कानूनी कारवाहीका लागि प्रक्रिया आगडि बढाउन चाहन्थ्यो तर निवेदनमा बाल विवाह उल्लेख नगरी खोजतलासका लागि अनुरोध गरिएकाले प्रहरीलाई बाल विवाहको मुद्दा चलाउन असहज भयो । दुईपक्षबीच व्यापक छलफल पछि उनीहरुका अभिभावकले किशोरकिशोरीले वैधानिक रुपमा विवाह नगरेको हुँदा अभिभावकको जिम्मामा लैजाने निधो गरे । तर किशोरकिशोरी भने सँगै बस्न पाउनु पर्छ भन्दै आफ्नो अडान छोड्दै छोडेनन् । सँगै बाँच्नेसँगै मर्ने निधो गरेर घरबाट भागेर हिँडेका किशोरकिशोरीको विवाह रद्द हुने भएपछि उनीहरु डाँको छोडेर रोए पनि तिन्कै भविष्यको चिन्ता गर्दै अभिभावकले २० वर्ष पुगेपछि मात्र विवाह गर्न स्वीकृति दिने भन्दै सम्झाइबुझाइ गरेकाले प्रहरीले पनि दुबैलाई आ–आफ्ना अभिभावको जिम्मा लगायो । उनीहरुको बिलौना तथा रुवावासी देख्दा वरपर उभिएका अन्य व्यक्तिका समेत आँखा रसाएका थिए । छोराछोरीको सुन्दर भविष्यको कामना गर्दै दुवैका अभिभावकले रुवावासीका बीच उनीहरुकोे बिछोड गराउन बाध्य भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढाका अनुसार यसअघिका दुईवटा बाल विवाहका घटनाउपर मुद्दा दर्ता भई रोल्पा जिल्ला अदालतले कानूनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको छ तर यसपटक भने वैधानिक रुपमा विवाह नभएको हुँदा दुवैका अभिभावकले आ–आफ्ना छोराछोरी फिर्ता लगेका हुन् । दुवैले विश्वास बचाएर राख्न सके उच्च शिक्षा हासिल गरी २० वर्षपछि परिवारको मञ्जुरीमा विवाह गर्न सकिने दुवै पक्षका अभिभावकले बताएका छन् । उक्त अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठका अनुसार यो घटनाबारे आफूलाई कुनै किसिमको जानकारी नभए पनि कानूनले बाल विवाह बर्जित गरेको हुँदा बाल विवाह गर्न पाइँदैन । बाल विवाहले शारीरिक तथा मानसिक रुपमा असर पु¥याउने भएकाले बाल विवाह गर्ने तथा गराउनेलाई कानूनी कारवाही हुनुपर्छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies