Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

‘शत्रु गते’ हेरेपछि नारायणकाजी श्रेष्ठ र माधव नेपाल यसो भन्छन्

\"\"काठमाडौं । फिल्म ‘शत्रु गते’ सफलतापुर्वक प्रदर्शन भईरहेको छ । गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ लाई दर्शक मार्फत वर्ड अफ माउथ राम्रो मिलेकै कारण तेस्रो सातामा शानदार प्रवेश गर्न सफल भएको छ । फ्यामिली ड्रामा फिल्मलाई दर्शकले रुचाएपछी फिल्म प्रदर्शन भइरहेको अधिकाँस हलमा यसले निरन्तरता पाएको छ । तेस्रो सातामा प्रवेश गर्दा ८ करोड भन्दा बढीको ग्रस कलेक्सन गर्न सफल फिल्म चर्चामा पनि छ । गीतसंगीत , ट्रेलर र स्टारकास्टको कारण चर्चामा आएको फिल्मलाई पुर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले हेरेका छन् । राजधानी स्थित बागबजारमा रहेको सिटी म्याक्स हलमा उनीहरुसँगै एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईं , बेदुराम भुषाल , एमाले केन्द्रिय विभाग सदस्य रामेश्वर श्रेष्ठले हेरेका हुन् । फिल्म हेरिसकेपछी सबैले फिल्मले भरपुर मनोरंजन दिएको बताएका छन् । फिल्मलाई ‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टाराईले निर्देशन गरेका छन् । ‘फिल्म रिलिजको समयमा एसईई लगायतका धेरै परिक्षा थियो , त्यसैले त्यसबेला फिल्म हेर्न नपाएका दर्शक यतिबेला हल आइरहनु भएको छ’ निर्देशक भट्टराई भन्छन ‘फिल्मलाइ दर्शकले रुचाउनु भएको यो नै हाम्रो सफलता हो ।’ फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , किरण केसी , दीपकराज गिरी , दीपाश्री निरौला , पल शाह , प्रियंका कार्की , आँचल शर्मा , राजाराम पौडेल , शिवहरी पौडेल , बसुन्धरा भुषाल , रमेश रंजन झा लगायतको अभिनय रहेको छ । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , स्व.यसोदा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । नेकपा एमालेका नेता माधवकुमार नेपाल यसो भन्छन्-फिल्म राम्रो बनेको छ । युवासँगै बृद्ध सम्मका दर्शकलाई हलसम्म तान्ने फर्मुला यसमा छ । यसमा समाजको विकृति विसंगति देखिएको छ भने त्यसको परिणाम र त्यसलाई निर्मुल पार्ने उपाए पनि छ । फिल्मको बारेमा पहिला देखि नै सुनेको थिए , तर शत्रु गते हो कि १७ गते हो भन्ने कन्फ्युज थिए । पछी नाम किन यस्तो भन्ने पनि लागेको थियो तर फिल्म हेरेपछि सबै प्रस्टिए । म पहिला नै फिल्म हेर्न आउने तयारीमा थिए तर वरिष्ठ कलाकार मदनकृष्णजीको श्रीमती स्वर्गीय हुनु भएपछी रोकिएको थियो । त्यसपछी आज फुर्सद मिलाएर आएको हु । फिल्ममा सबिको भूमिका उत्तिकै राम्रो छ , म धेरै ठाउँमा हाँसे फिल्म हेर्दा पनि । नेकपा माअोवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ यसो भन्छन्-फिल्म एकदमै मनोरन्जनात्मक छ । सामाजिक यथार्थलाइ पनि देखाइएको छ । समाजमा देखा परेका कुरुतीलाई हटाउने संदेश पनि यसमा छ । फिल्मले हसाउछ भने कहिँ कतै रुवाउने कोसिश पनि गरेको छ । फिल्मको चर्चा सुनिरहेको थिए , त्यसमा माधव कमरेडले जाउ भन्नु भयो त्यसैले फिल्म हेर्न आए । फिल्ममा प्रतिष्ठित कलाकारहरु भएकोले पनि हलसम्म तानिएको हु , फिल्म हेर्दा समय खेर गएको जस्तो लागेन । फिल्म रमाइलो बनेको छ । राजधानीको मल्टिप्लेक्समा शो फिल्म राजधानीमा रहेको क्युएफएक्स च्यानल अन्तर्गतको हलमा सिभिल मलमा ५ शो , लबीम मलमा ६ शो , छायाँ सेन्टरमा ५ , कुमारी हलमा ४ र जय नेपालमा २ शो गरि कुल २२ शो पाएको छ । यसैगरी अन्य मल्टिप्लेक्स अन्तर्गत सिटी सेन्टरमा रहेको बिग मुभिजमा ६ शो , राइजिङ मलमा रहेको क्युज सिनेमामा ३ शो , बिजी मलमा रहेको बीएसआर मुभिजमा ४ शो , केएल टावरमा रहेको एफक्युबमा ७ शो र सिटिसी मलमा रहेको सिने डी सेफमा २ शो पाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies