Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

छिमेकी गाउँको उज्यालो हेर्दै बिजुलीको पर्खाइमा दिपायलका सायलवासी

खबरडबली संवाददाता

दिपायल  । “साँझ पर्नेबित्तिकै घरको आँगनबाट हेर्दा पारिका गाउँ झिलिमिली देखिन्छन् । बिजुलीबत्तीले गाउँपालिकाको कार्यालय रहेको दुदिलीगढा क्षेत्र उज्यालो हुन्छ । तर त्यहीँ नजिक रहेको बस्तीका सर्वसाधारण अझै पनि झोरो ९दियालो० बालेर पल्लो गाउँको उज्यालो नियाल्दै आएका छन् ।

बत्तीको अभावमा वर्षौंदेखि अँध्यारो रात बिताउनु परेको सायल गाउँपालिका–३, कम्छडा गाउँका जय बयाडीले बताए । सो वडाका दर्जन बस्ती अर्को गाउँको उज्यालो नियालेर अँध्यारोको सामना गरिरहेको उनको भनाइ छ । २०६७ सालमा सो क्षेत्रलाई उज्यालो पार्ने उद्देश्यले ग्रामीण विकास सेवा केन्द्र नामक गैरसरकारी संस्थाले ६३ किलोवाट क्षमताको सायलगाढ लघुविद्युत् आयोजना निर्माण गरेको थियो । 

आयोजना निर्माण भएपछि छ सय घरधुरीमा विद्युत् बलेको पनि थियो तर अहिले लघुविद्युत् आयोजनाबाट एक सय घरधुरीमा मात्र बत्ती बलेको वडाध्यक्ष नवराज उपाध्यायले बताए । ६३ किलोवाट क्षमताको लघुविद्युत् आयोजनामा अहिले १५ किलोवाट मात्रै विद्युत् उत्पादन हुन्छ । “त्यो पनि नियमित हुँदैन, उनले भने, बाढी, पहिरो र खोलामा पानीको मात्रा घटेका कारण विद्युत् नियमित गर्न सकिएको छैन ।”

“त्यसको मर्मतसम्भार पनि महँगो रहेछ । एक वर्षको मर्मत खर्च ३० लाख रुपियाँभन्दामाथि छ । अहिले दर्जनबढी गाउँ अँध्यारोमा छन् । हामीलाई राष्ट्रिय प्रसारण लाइनको अति आवश्यकता छ,” वडाध्यक्ष उपाध्यायले थपे । वडा नम्बर ३ का ६११ घरधुरी बत्ती वायरिङ गरेर राष्ट्रिय प्रसारण लाइनको पर्खाइमा छन् । वडाका साप्रा, बेटारा, कताली, कम्छाडा, गर्खा, पानी खोला, सेल्धारा, नौतोली, सैन गाउँ र रावल गाउँवासी विद्युत्को पर्खाइमा रहेका छन् । 

गाउँमा विद्युत् नहुँदा मोबाइल चार्ज गर्न पनि टाढाको छिमेकी गाउँ जानुपर्ने बाध्यता रहेको स्थानीय हरिपाल थापाले बताए । अँध्यारोको सामना गर्न दियालोबाहेक अन्य विकल्प नै छैन, दाउरा छ, कसै कसैको घरमा सोलार छ । मोबाइल, रेडियो, टर्चलाइट चार्ज गर्न घण्टौँ हिँडेर पारिको गाउँमा जानु परेको दुःखेसो उनले सुनाए । 

घरेलु उद्योग, कुटानी पिसानी मिल सञ्चालन गरौँ भने पनि समस्या रहेको छ । अन्य ठाउँमा ठुल्ठुला विकासका पूर्वाधार बनिसक्दा पनि आफ्नो क्षेत्रमा सामान्य बिजुली पनि बल्न नसक्नु दुःखद रहेको थापाले गुनासो गरे । 

स्थानीयवासी बत्तीकै कारण बसाइँ सर्ने गरेका छन् । निर्वाचनका समयमा सबैको चुनावी मुद्दा सायलमा बिजुली भन्ने नै हुन्छ तर चुनाव सकिएपछि सो मुद्दा र नेता दुवै हराउने गरेका छन्, उनले भने । 

सरकारले सायलका स्थानीय बस्तीसम्म विकास पुर्‍याउन नसकेको गुनासो स्थानीयको छ । यहाँका बासिन्दा विकास भएको ठाउँ खोज्दै बसाइँ सर्न थालेका छन् । आर्थिक अवस्था राम्रो भएका धेरै परिवार बसाइँ सरिसकेका छन् भने कमजोर अवस्थाका मानिस गाउँमा छन् ।

गाउँपालिकाको वडा नम्बर‑२, छपाली र कौराडीका स्थानीय पनि उज्यालोको पर्खाइमा छन् । छिमेकी जिल्ला बझाङ र अर्को गाउँबस्तीमा भिलिमिली बत्ती बलेको देख्ने छपाली र कौराडीवासीको पनि पहिलो माग बिजुली रहेको छ । 

गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी आफ्नो कार्यकालभित्र गाउँपालिकाका सबै बस्तीमा विद्युत् विस्तार गर्ने योजना रहेको बताए । स्थानीय सरकारले आफ्नो बजेट खर्च गरेर विद्युत् विस्तार गर्न सक्ने अवस्था छैन । 

“स्थानीय सरकारको बजेट घट्दै गइरहेको छ,” उनले भने, “हामीले प्रदेश सरकार, सङ्घ, सरकार र विद्युत् प्राधिकरणसँग समन्वय गर्ने हो, त्यो गरिरहेका छौँ । सबै क्षेत्रमा विद्युत् विस्तार गर्ने सरकारको योजनामा पनि छ । त्यसको कार्यान्वयन गराउन लागि परेका छौँ ।” त्यस्तै निर्माण कम्पनीले समयमै काम नगर्दा विद्युत् विस्तारमा ढिलाइ भएको बताइएको छ ।

 त्यस्ता कम्पनी र ठेकेदारलाई कारबाही गरेर काम अघि बढाउने योजनामा आफू रहेको उनले बताए । सोही अनुरूप सिर्मा र ओखट्या गाउँका डेढ सय घरधुरीमा राष्ट्रिय प्रसारण लाइन विस्तार भएको छ । 

विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख शिवशङ्कर सोनीले सायल गाउँपालिकालगायत डोटीका अन्य क्षेत्रमा चाँडै राष्ट्रिय प्रसारण लाइन विस्तार हुने बताए । विद्युत् प्राधिकरणको पूर्ण विद्युतीकरण आयोजना कार्यान्वयनको चरणमा रहेको बताउँदै ढुवानीको काम अघि बढेको उनको भनाइ छ ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending