Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

छिमेकी गाउँको उज्यालो हेर्दै बिजुलीको पर्खाइमा दिपायलका सायलवासी

खबरडबली संवाददाता

दिपायल  । “साँझ पर्नेबित्तिकै घरको आँगनबाट हेर्दा पारिका गाउँ झिलिमिली देखिन्छन् । बिजुलीबत्तीले गाउँपालिकाको कार्यालय रहेको दुदिलीगढा क्षेत्र उज्यालो हुन्छ । तर त्यहीँ नजिक रहेको बस्तीका सर्वसाधारण अझै पनि झोरो ९दियालो० बालेर पल्लो गाउँको उज्यालो नियाल्दै आएका छन् ।

बत्तीको अभावमा वर्षौंदेखि अँध्यारो रात बिताउनु परेको सायल गाउँपालिका–३, कम्छडा गाउँका जय बयाडीले बताए । सो वडाका दर्जन बस्ती अर्को गाउँको उज्यालो नियालेर अँध्यारोको सामना गरिरहेको उनको भनाइ छ । २०६७ सालमा सो क्षेत्रलाई उज्यालो पार्ने उद्देश्यले ग्रामीण विकास सेवा केन्द्र नामक गैरसरकारी संस्थाले ६३ किलोवाट क्षमताको सायलगाढ लघुविद्युत् आयोजना निर्माण गरेको थियो । 

आयोजना निर्माण भएपछि छ सय घरधुरीमा विद्युत् बलेको पनि थियो तर अहिले लघुविद्युत् आयोजनाबाट एक सय घरधुरीमा मात्र बत्ती बलेको वडाध्यक्ष नवराज उपाध्यायले बताए । ६३ किलोवाट क्षमताको लघुविद्युत् आयोजनामा अहिले १५ किलोवाट मात्रै विद्युत् उत्पादन हुन्छ । “त्यो पनि नियमित हुँदैन, उनले भने, बाढी, पहिरो र खोलामा पानीको मात्रा घटेका कारण विद्युत् नियमित गर्न सकिएको छैन ।”

“त्यसको मर्मतसम्भार पनि महँगो रहेछ । एक वर्षको मर्मत खर्च ३० लाख रुपियाँभन्दामाथि छ । अहिले दर्जनबढी गाउँ अँध्यारोमा छन् । हामीलाई राष्ट्रिय प्रसारण लाइनको अति आवश्यकता छ,” वडाध्यक्ष उपाध्यायले थपे । वडा नम्बर ३ का ६११ घरधुरी बत्ती वायरिङ गरेर राष्ट्रिय प्रसारण लाइनको पर्खाइमा छन् । वडाका साप्रा, बेटारा, कताली, कम्छाडा, गर्खा, पानी खोला, सेल्धारा, नौतोली, सैन गाउँ र रावल गाउँवासी विद्युत्को पर्खाइमा रहेका छन् । 

गाउँमा विद्युत् नहुँदा मोबाइल चार्ज गर्न पनि टाढाको छिमेकी गाउँ जानुपर्ने बाध्यता रहेको स्थानीय हरिपाल थापाले बताए । अँध्यारोको सामना गर्न दियालोबाहेक अन्य विकल्प नै छैन, दाउरा छ, कसै कसैको घरमा सोलार छ । मोबाइल, रेडियो, टर्चलाइट चार्ज गर्न घण्टौँ हिँडेर पारिको गाउँमा जानु परेको दुःखेसो उनले सुनाए । 

घरेलु उद्योग, कुटानी पिसानी मिल सञ्चालन गरौँ भने पनि समस्या रहेको छ । अन्य ठाउँमा ठुल्ठुला विकासका पूर्वाधार बनिसक्दा पनि आफ्नो क्षेत्रमा सामान्य बिजुली पनि बल्न नसक्नु दुःखद रहेको थापाले गुनासो गरे । 

स्थानीयवासी बत्तीकै कारण बसाइँ सर्ने गरेका छन् । निर्वाचनका समयमा सबैको चुनावी मुद्दा सायलमा बिजुली भन्ने नै हुन्छ तर चुनाव सकिएपछि सो मुद्दा र नेता दुवै हराउने गरेका छन्, उनले भने । 

सरकारले सायलका स्थानीय बस्तीसम्म विकास पुर्‍याउन नसकेको गुनासो स्थानीयको छ । यहाँका बासिन्दा विकास भएको ठाउँ खोज्दै बसाइँ सर्न थालेका छन् । आर्थिक अवस्था राम्रो भएका धेरै परिवार बसाइँ सरिसकेका छन् भने कमजोर अवस्थाका मानिस गाउँमा छन् ।

गाउँपालिकाको वडा नम्बर‑२, छपाली र कौराडीका स्थानीय पनि उज्यालोको पर्खाइमा छन् । छिमेकी जिल्ला बझाङ र अर्को गाउँबस्तीमा भिलिमिली बत्ती बलेको देख्ने छपाली र कौराडीवासीको पनि पहिलो माग बिजुली रहेको छ । 

गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी आफ्नो कार्यकालभित्र गाउँपालिकाका सबै बस्तीमा विद्युत् विस्तार गर्ने योजना रहेको बताए । स्थानीय सरकारले आफ्नो बजेट खर्च गरेर विद्युत् विस्तार गर्न सक्ने अवस्था छैन । 

“स्थानीय सरकारको बजेट घट्दै गइरहेको छ,” उनले भने, “हामीले प्रदेश सरकार, सङ्घ, सरकार र विद्युत् प्राधिकरणसँग समन्वय गर्ने हो, त्यो गरिरहेका छौँ । सबै क्षेत्रमा विद्युत् विस्तार गर्ने सरकारको योजनामा पनि छ । त्यसको कार्यान्वयन गराउन लागि परेका छौँ ।” त्यस्तै निर्माण कम्पनीले समयमै काम नगर्दा विद्युत् विस्तारमा ढिलाइ भएको बताइएको छ ।

 त्यस्ता कम्पनी र ठेकेदारलाई कारबाही गरेर काम अघि बढाउने योजनामा आफू रहेको उनले बताए । सोही अनुरूप सिर्मा र ओखट्या गाउँका डेढ सय घरधुरीमा राष्ट्रिय प्रसारण लाइन विस्तार भएको छ । 

विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख शिवशङ्कर सोनीले सायल गाउँपालिकालगायत डोटीका अन्य क्षेत्रमा चाँडै राष्ट्रिय प्रसारण लाइन विस्तार हुने बताए । विद्युत् प्राधिकरणको पूर्ण विद्युतीकरण आयोजना कार्यान्वयनको चरणमा रहेको बताउँदै ढुवानीको काम अघि बढेको उनको भनाइ छ ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending