Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

गर्मी छल्न पानीको सहारा: भैरहवाका वाटरपार्कमा नेपालीसहित भारतीयको भिड

खबरडबली संवाददाता

भैरहवा  । सन्तकबिर नगरका हनि सिंह साथीहरु सँग भैरहवाको एक्वा पार्कमा आइतबार ११ बजे विहानै आए, उनी नेपाल आउनुको एउटा मात्रै उद्देश्य केही भएपनि गर्मीमा राहत होस भन्दै वाटर पार्कको आनन्द लिनु थियो । जसअनुरुप उनले करिब ६ घण्टा नेपालमा विताएर साझ घर तर्फ लागे । 

यस्तै प्रदिप शर्मा पनि परिवार सहित गर्मी छल्न यहाँ आए उनी आफु मात्रै आएनन २ छोरा १ छोरी र श्रीमति सहित परिवरिक आनन्द लिन वाटरपार्क आए  । गर्मीले बस्न नै नसकेर परिवार नै लिएर उनी भैरहवा पानीसँग खेल्न आएको आएका हुन । गर्मीले अतालिएका थियौ, परिवार र बच्चाहरु पनि आनन्दीत भए, हामीतिर खासै यस्तो वाटर पार्कहरु नभएकोले नेपाल आएको उनले भने ।

यो त केवल उदाहरण मात्रै हो । भैरहवामा रहेको एक्वा पार्क र रेडसन वाटर पार्कमा अहिले भारतिय पाहुनाहरुको भिड नै लाग्ने गरेको छ । भारतको छिमेकी जिल्लाबाट मात्रै होइन भैरहवा आसपासका युवा युवती, बच्चा र व्यस्कहरु पनि अहिले भैरहवाका यि दुवै व्यवसायीक रुपमा पानीजन्य मनोरञ्जनका लागि सञ्चालित वाटरपार्कमा आन्नद लिन आउने गरेका छन । उखरमाउलो गर्मी छल्न पानीको सहारा लिनु परेको पानी प्रेमीहरुको भनाई छ । 

सिमाबाट नजिक भएकोले पनि भारतका सिमावर्ती क्षेत्र सुनौली, नौतनवा, गोरखपुर मात्रै होइन आयोध्या, नौगढ, कुशीनगर, सन्तकबिरनगर लगायतका ठाउँहरुसम्मका स्विमीङ्ग पारखीहरु सातामा नियमित रुपमा आउने गरेका छन । लुम्बिनी र भैरहवा आसपास आउने बाह्य तथा आन्तरिक पर्यटकहरु पनि केही दिन देखि शितलता सहितको मनोरञ्जन लिने क्रम बढेको छ । गर्मी मौसममा शीतलता लिन र बच्चाहरूसँग छुट्टी मनाउन वाटर फन पार्कहरू विकल्पको रुपमा छन,  शनिबार र आइतबार भिड नै हुने गरेको संचालकहरु बताउछन । बच्चा देखि वयस्क सम्म एकै ठाउँमा मनोरञ्जन लिन सक्ने स्थान भएकोले पनि पछिल्लो समय वाटर फन पार्कमा परिवार नै आउने गरेका छन । 

समुन्ध्रको अनुभुति दिलाउन नेपालकै नमुनाको रुपमा यि वाटर पार्क सञ्चालनमा छन । जल क्षेत्रको माध्यमबाट पर्यटन क्षेत्रको बिकासका लागि युवा उद्यमी अभिषेक शर्माको लगानीमा लुम्बिनी अम्युजमेन्ट पार्क (एक्वा पार्क) संचालनमा छ भने पर्यटन व्यवसायी प्रमोद यादवको लगानीमा रेडसन वाटर फनपार्क संचालित छ ।  सिमाबाट ५ किलो मिटर भित्रै पर्ने यि वाटरपार्कको उद्देश्य पनि भारतिय जल प्रेमी पर्यटकहरुलाई तान्नु रहेको थियो, सामुन्द्रीक छाल सहितको वाटर फन पार्क रुपन्देहीमा ३ वटा रहेको छ । 

साढे ६ विघा क्षेत्रफलमा २ हजार बढिले मनोरञ्जन लिन सक्छन भने अर्को बसन्तपुरमा १४० वर्ग फिटमा फैलिएको पार्कमा एक हजार जना अट्ने क्षमताको छ ।

एक्वा पार्क अमेरिकन टेक्नोलोजीबाट निर्मित वाटर फनपार्कमा बालबालिकादेखि वयष्कसम्मका एकै ठाँउमा मनोरञ्जन गर्दा दुर्घटनाको सम्भावनालाई मध्यनजर गरी उमेर समूह अनुसारको सलाइडहरु छन । यस्का साथै परिवारिक सलाइडमा १० फीट र २० फीट उचाईका ३ वटा सलाइडहरु टनेल सलाइड, ३ लेन सलाइडर रिभोल्भिङ सलाइडहरु, अग्लो टावरबाट २ वटा सलाइडीङ ,मल्टीलेन सलाइड रेन डान्स, क्रेजी रिभर, एक्वा प्ले, बेबी स्लाडिङ, मसरुम  स्प्रे, अम्ब्रेला सावर, लगायतका मल्टी वाटर खेलका मनोरञ्जनात्मक उपकरण जडित छ ।

‘हामीले युवाहरुका लागि साहसिक सलाइड अन्तर्गत २५ फीट उचाईबाट यस क्षेत्रमा अहिले सम्मकै लामो तिव्र गति २ सय फीटको स्पीड सलाइड जडान गरेका छौ, यस्तै सेल्फिका लागि सबै उमेर समूहलाई सुहाउने १७–१८ वटा प्वाइन्ट बनाएको संचालक एक्वा पार्कका संचालक शर्माले भने । स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी अत्याधुनिक वाटर फिल्टर सिस्टमबाट पानी प्रशोधन गरी वातानुकुलित बनाई पानीलाई पूर्ण रूपमा सुरक्षित बनाएर मात्र प्रयोगमा ल्याइरहेका छौ भने भवितव्यका लागि तालिमप्राप्त लाइफ गार्डको नेतृत्वमा लाइफ गार्ड र प्राथमिक उपचारका लागि जनशक्ति नै राखेकोे शर्माले भने ।

अहिले गर्मी बढेकोले पार्क आउनेको संख्यामा धेरै बृद्धि भएको छ । विदाको दिन, शनिबार र आइतबार अरु दिनको तुलनामा भिडभाड नै हुने गरेको छ । यहाँ आउने ८० प्रतिशत सेवाग्राही भारतबाट आउने गरेका छन, शनिबार र आइतबार त टाढा टाढाबाट नियमित समूहमा नै आउने गरेका छन, सोही लाई मध्य नजर गर्दै हामीले डिजे र नृत्यसहितको मनोरञ्जन दिने गरेको संचालक शर्माले भने ।

यता रेडसन फनपार्कमा पनि भारतिय ग्राहकहरुको आकर्षण बढेको छ । चैत्रको दोस्रो साताबाट सुरुवात भएको वाटरपार्कमा पछिल्लो २ साताबाट गर्मी बढेसँगै भारतियसँगै नेपालीहरुको चाप बढेको छ । पहिलाको तुलनामा अहिले विस्तारै पानीका पारखीहरु बढ्ने क्रममा रहेको म्यानेजर निकेश यादवले भने । हाम्रो सुरुवाती चरणमा ग्राहकहरुको संख्या थोरै भएपनि अहिले टाढा टाढाका  ग्राहक आइरहेका छन । शुक्रबार, शनिबार र आइतबार भिड नै लाग्ने गरेको छ, उनीरुको स्वास्थय र सुरक्षालाई ध्यानमा राखी नियमित रुपमा पानी प्रसोधन र परिवर्तन गर्ने गरेको बताए । 

हामीले अहिलेको अवस्थालाई मध्यनजर गर्दै व्यस्कलाई ३००, बच्चाहरुको २५० र हेर्न आएकालाई १०० रुपैया टिकट तोकेका छौ, विस्तारै गेमहरु पनि अपडेट गर्दै लगिरहेको म्यानेजर यादवले भने । 

पानी पारखीहरुको रोजाई नै बेभ पुल हुने गरेको छ, अन्य खेल संयन्त्रमा रमाउनु भन्दा समून्द्र अनुभुति यहाँ पाएकोले बढी आकर्षणा रहेको हुन्छ । नेपाल भुपरिवेष्ठित मुलुक र भारतको उत्तरी क्षेत्रसँग समुन्द्र नछोइएकोले पनि कृत्रिम समून्द्रीक अनुभूति लिन वाटर पार्क आउने गरेका छन ।  

रुपन्देहीको भैरहवा अहिले नैपालकै उच्च तापक्रम भएको शहर हो । २ साता देखि भैरहवाको तापक्रम उच्च मापन गरिएपनि पछिल्लो २–३ दिन देखि तापक्रम मापनमा गिरावट आएपनि गर्मी भने कम भएको छैन । जल तथा मौसम विज्ञान कार्यालय भैरहवाका अनुसार गत आइतबार भैरहवाको अधिकतम तापक्रम ४३ दशमलव ६ मापन गरिएकोमा यो रकेर्ड यस वर्षको अहिले सम्मकै उच्च रहेको कार्यालय प्रमुख वरुण पौडेलले भने । भैरहवाको हाल सम्मकै उच्च तापक्रम भने सन १९९५ को मे ३ मा ४५ दशमलव २ पुगेको मापन भएको थियो । भैरहवाको यो साताको सरदर तापक्रम अधिकतम ४० डिग्री सेल्सियस मापन गरिएको छ । विगतका केही दिन देखि भैरहवाको तापक्रम यही अनुपातमा रहेको छ । गर्मीले मानिस अतालिएका छन । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेकाे निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...

‘सांसद भए पनि किताब बेच्न छाड्दिनँ, कृषि कारखानालाई अझ राम्रो बनाउनु छ’ : डा. महावीर पुन

वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...

सूर्यदर्शन प्रकरणमा जाहेरीकर्ता कृष्णप्रसाद जैसी नै सहकारी ठगी आरोपमा पक्राउ

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण : पूर्वमन्त्री भीम आचार्यसँग साढे २ लाख धरौटी माग

काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: