Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

हात्तीमा क्षयरोगको संक्रमण घट्दै

\"\"चितवन । देशका सरकारी र निजी तबरबाट पालिएका हात्तीमा समस्याको रुपमा देखिएको क्षयरोगको संक्रमण न्यूनीकरण हुँदै गएको छ । अहिलेसम्म क्षयरोगकै कारण १५ वटा हात्ती मरिसकेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका भेटनरिनरी डाक्टर अमृत सडौलाका अनुसार सन् २०१४ सम्ममा क्षयरोगको संक्रमणका कारण १५ हात्ती मरेका थिए । त्यसयता संक्रमणले हात्ती मर्न पाएका छैनन् ।

सन् २००२ बाट संक्रमण देखा पर्न थालेको भएपनि अनुसन्धान गरी रोगको पहिचान गर्न सन् २००७ सम्म लागेको थियो । सन् २०१६ मा गरिएको पछिल्लो परीक्षणमा नौवटा हात्तीमा मात्र संक्रमण देखिएको थियो ।

त्यतिबेला ९३ वटा सरकारी हात्तीमा परीक्षण गरिएकामा पाँचवटा औषधि खाइरहेका र चारवटा नयांँ हात्तीमा संक्रमण देखिएको सडौलाले बताए ।

त्यसअघि सन् २००७ यता ६१ वटा हात्तीलाई क्षयरोग संक्रमणविरुद्धको औषधि खुवाइएको थियो । पांँचवटा बाहेक अन्य ५६ वटा हात्ती रोगबाट मुक्त भएको उनले बताए । संक्रमण देखिएका हात्ती १५ वर्षमाथिका रहेका छन् । हात्तीको क्षयरोग परीक्षणका लागि किट पाउन कठिन हुने गर्दछ । सडौलाका अनुसार अमेरिकाको चेम्बियोमा मात्र किट पाइने र एउटा किटको २० डलर पर्ने हुँदा खरिदमा कठिन पर्नेगरेको छ ।

जसका कारण यसवर्ष माइक्रो ब्याक्टेरियम ट्युवरक्लोसिसको डिएनए परीक्षण गरेर हात्तीमा रोग संक्रमण भए नभएको पत्ता लगाउन लागिएको उनले बताए ।

मान्छेबाट पशुमा र पशुबाट मान्छेमा पनि क्षयरोग सर्ने भएकाले क्षयरोग लागेका हात्तीलाई अलग्गै राख्ने गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठककाअनुसार संक्रमण देखिएका हात्तीलाई अरु हात्ती भन्दा एकान्तमा राख्ने, उपचार गर्ने र सामान्य गस्ती बाहेक काम लगाइएको छैन । हात्तीमा रोग देखापरे पनि हालसम्म माउते र सहयोगीमा रोग सर्न नपाएको निकुञ्जले जनाएको छ । नेपालमा प्रकृति संरक्षण कोषको सातसहित सरकारी एक सयवटा र निजी एक सय हात्ती रहेका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies