/  Tue, December 18, 2018

कांग्रेसलार्इ मन्त्री थापाको काउन्टरः वृद्धभत्ताको उमेर ७० वर्ष नै ठीक छ

  • फागुन १० गते, २०७४ - १७:१८

काठमाडौं । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले वृद्धभत्ता पाउने उमेर ७० वर्ष नै सही भएको बताएकी छन् । देउवा सरकारले वृद्धभत्ता पाउने उमेर घटाएर ६५ मा झारेको थियो । तर, मन्त्री थापाले भनिन्, ‘बृद्धभक्ताका लागि अहिले जे चलिरहेको छ, त्यसैलाई निरन्तरता दिनुपर्छ । त्यो भनेको ७० वर्ष नै हो ।’

त्यस्तै उनले मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने बताएकि छिन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले संविधानले व्यवस्था गरेअनुसार मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व गराउनुपर्ने बताएकि हुन् । “संविधानले संघ र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला रहने अनिवार्य व्यवस्था गरेको छ, त्यसअनुसार महिला प्रतिनिधित्व हुनुपर्छ,”, उनले भने ।

मन्त्री थापाले स्थानीय तह बलियो भएमात्र संविधान कार्यान्वयन गर्न सजिलो हुने भएकाले विकास निर्माणमा स्थानीय क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

नेकपा (एमाले)का नेता महेश बस्नेतले मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउने बताइन । “नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच छलफल भइरहेको छ, अब चाँडै नै निष्कर्षमा पुगेर मन्त्रिपरिषद् विस्तार हुन्छ”, उनले भनिन ।

नेता बस्नेतले मुलुकको समृद्धि र प्रविधियुक्त नेपाल वर्तमान सरकारको प्रमुख एजेण्डा हुने बताइन  । सबै हिसाबले प्रदेश नं ३ को राजधानी भक्तपुर मिल्ने भएकाले भक्तपुर राजधानी बनाउनुपर्ने उनको भनाइ थियो ।

नेपाली काँग्रेसका नेता रामकृष्ण यादवले जनताको जनादेशअनुसार काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएकि छिन् । “राम्रो काम गरे हामी सरकारलाई सहयोग गर्छौं, नराम्रो काम गरे खबरदारी गर्छौं”, उनले भनिन । नेपाली काँग्रेसको संसदीय दलको नेतामा युवालाई अवसर दिनुपर्ने उनको भनाइ थियो ।

माओवादी केन्द्रका नेता अमललाल मोदीले मुलुकको विकासका लागि वाम एकता भएको बताइन । उनले चाँडै नै मन्त्रिपरिषद् विस्तार हुने र समावेशी र समानुपातिक प्रक्रिया अपनाए आफू मन्त्री बन्ने स्पष्ट पारिन ।

फागुन १० गते, २०७४ - १७:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केपी ओलीमाथि ‘शब्द आक्रमण’: कतिले प्रहार गरे, कतिले जोगाए ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठकमा आज बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री...   
भारतलाई अस्ट्रेलियाले १४६ रनले हरायो

भारतलाई अस्ट्रेलियाले १४६ रनले हरायो

दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई एक सय ४६ रनले हराएको छ । दोस्रो टेस्टको पाँचौं...   

यी हुन् सम्मानित हुने चार न्यायाधीश

काठमाडौं । न्याय परिषद्को २८औँ दिवसका अवसरमा चार उत्कृष्ट न्यायाधीशलाई आज सम्मान गरिएको छ । प्रधानन्यायाधीश...   

के शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिदैंछन् ?

काठमाडाैं । प्रदेश ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का स्थायी कमिटी सदस्य शंकर...   

कांग्रेस महासमिति बैठकस्थल सर्योः प्रवक्ता शर्मा भन्छन्-फेरि बैठक फेरि सुरू भइसक्यो

काठमाडाैं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । विधान संशोधनबारे शीर्ष तहमा आज विहान सहमति...   

एक सातादेखि विद्युत् अवरुद्ध

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी...   

चिनियाँ राष्ट्रपति सी जिनपिङले दिए यस्तो चेतावनी

बेइजिङ । चिनीया राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप...   

के-के भयो नेकपाको बैठकमा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमाथिको...   

दोहोरो अंकले घट्यो शेयर

काठमाडौं । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार...   

१२ दिनदेखि बालिका बेपत्ता

इलाम । इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top