/  Tue, September 25, 2018

वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय

काठमाडाैं । नेकपा एमालेले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार नबनेकालाई मात्र राष्ट्रिय सभामा उम्मेदवार बनाउने भएको छ । केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले तीनवटै तहको निर्वाचनमा उम्मेदवार बनेका राष्ट्रिय सभामा उम्मेदवार बन्न नपाउनेसहितका ६ बुँदे मापदण्ड बनाएको हो । २४ माघमा राष्ट्रिय सभा निर्वाचन हुँदै छ ।

अाजको नयाँ पत्रिकामा खबर छ-कार्यबाहक अध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले आगामी ५ माघसम्म तोकिएको मापदण्डका आधारमा उम्मेदवारको नाम केन्द्रीय कार्यालयमा सिफारिस गर्न प्रदेश संगठन कमिटीलाई निर्देशन दिएको छ ।

संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका उम्मेदवार बन्न योग्य रहेको पहिलो र दोस्रो मापदण्ड छन् । त्यस्तै,पार्टीसँगको वैचारिक आबद्धताका आधारमा समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका, भौगोलिक र सामाजिक सन्तुलनका आधारमा उम्मेदवार चयन हुने मापदण्डमा उल्लेख छ ।

स्थानीय, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका र समानुपातिक सूचीमा नाम समावेश नभएका मात्र उम्मेदवार सिफारिसका लागि योग्य हुने तथा विभिन्न विषयका विज्ञ तथा विशेषज्ञलाई सिफारिस गर्न सकिने मापदण्डमा भनिएको छ ।

सातवटै प्रदेशमा मतदाता प्रशिक्षण
एमालेले राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने निर्वाचकमण्डलका सदस्यलाई प्रशिक्षण दिने भएको छ । एकल संक्रमणीय मत प्रणालीका सम्बन्धमा सातवटै प्रदेश संगठन कमिटीले प्रशिक्षण दिने व्यवस्था मिलाउने केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले बताए ।

पुस २९ गते, २०७४ - ०८:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि खुल्ने

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघको बैठकले दशैंका लागि अग्रिम टिकट बुकिङ भोलि ९ गतेबाट खुलाउने...   

झापामा घुमाउन लगेका मामाले भान्जिलार्इ बलात्कार गरेपछि…

झापा । यहाँका एक युवक चार वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । हल्दिबारी गाउँपालिका-१३...   
कोटेश्वर–जडीबुटी सडक : तिहारअघि बेलिब्रिज सञ्चालनमा

कोटेश्वर–जडीबुटी सडक : तिहारअघि बेलिब्रिज सञ्चालनमा

काठमाडौँ । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते...   
चीनले अमेरिकासँग वार्तालाई रद्द गर्यो,  अमेरिकाले व्यापार युद्ध थाल्यो-चीन

चीनले अमेरिकासँग वार्तालाई रद्द गर्यो, अमेरिकाले व्यापार युद्ध थाल्यो-चीन

चिनियाँ सामानहरूमाथि नयाँ चरणको अमेरिकी कर कार्यान्वयनमा आएको छ। दुई ठूला आर्थिक महाशक्तिबीचको व्यापार...   

अर्जुननरसिंह केसीले भने-पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित...   

प्रदेश-२ को सरकारले गर्यो यस्तो निर्णय

जनकपुरधाम । प्रदेश नं २ को प्रदेश सरकारले हरित प्रदेश योजना कार्यान्वयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को...   

तल्ला कमिटीको एकताबारे यसो भन्छन् भीम रावल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रदेश नं ७ का इञ्चार्ज भीम रावलले...   

शिक्षकको परीक्षा, विद्यालय एक साता बन्द

डडेल्धुरा । शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै विद्यालय बन्द गरिएका छन् । प्रायः सबै...   
यसरी बने एक इन्जिनियर पुरुष यौनकर्मी

यसरी बने एक इन्जिनियर पुरुष यौनकर्मी

‘तिमीलाई थाहा छ, तिमी कहाँ उभिएको छौ । यहाँ शरिरको मोल मोलाई हुन्छ ।’ म अर्थात् एक पुरुष, निलो, गुलाबी...   

चार बर्षमा मोदीको पाचाैं नेपाल भ्रमण, फेरि किन अाउँदैछन् ?

काठमाडाैं । भारतीय प्रधानमन्त्री मन्त्री नरेन्द्र मोदी मंसिरको दोस्रो साता पुनः नेपाल भ्रमणमा आउने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top