Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यी ६ वर्षीय बालकः जसले वार्षिक एक अर्ब कमाउँछन्, कसरी ?

\"\"६ वर्षको बच्चाले पैसा कमाउन सक्छ ? पक्कै जवाफ आउँछ, यति सानो उमेरमा के काम गर्नु र कमाउनु ? तर, रेयान नामका ६ वर्षीय बालकको कमाइ थाहा पाउँदा जो–कोहीलाई चकित पार्छ । रेयान हरेक साता युट्युबमा खेलौनाको समीक्षा गर्छन् र यसको बदलामा उनका आमाबाबुले राम्रो आम्दानी गरिरहेका छन् । गत वर्ष ११ मिलियन डलर अर्थात् करिब सवा अर्ब रुपैयाँ कमाएका थिए । युट्युबमा उनको भिडियो करोडौँले हेर्नु नै कमाइको स्रोत हो । उनी ‘रेयान टोयज रिभ्यु’ नामबाट एउटा युट्युब च्यानल चलाउँछन् । यही च्यानलबाट रेयान आफ्ना दर्शकलाई खेलौना जगत्मा लैजान्छन् । फोब्र्स म्यागजिनले उनलाई सन् २०१७ मा विश्वका सबैभन्दा बढी भुक्तानी पाउने स्टारको सूचीमा राखेको छ । मार्च २०१५ मा सुरु भएको उनको युट्युब च्यानलको भिडियो अहिलेसम्म १६ अर्बभन्दा बढीले हेरिसकेका छन् । \"\" तर, यति लोकप्रिय भएर पनि रेयानबारे संसारले धेरै जानकारी भने राखेको छैन । उनको पूरा नाम के हो र उनी कहाँ बस्छन् ? जस्ता प्रश्नको उत्तर कमैलाई थाहा छ । केवल उनी अमेरिकी नागरिक हुन् भन्ने मात्रै स्पष्ट छ । वासिङ्टन पोस्टलाई दिएको अन्तर्वार्तामा रेयानकी आमाले भनेकी छिन्, ‘युट्युब च्यानलको सोच त्यतिवेला आयो, जतिवेला रेयान तीन वर्षका मात्रै थिए । उनी सानै उमेरदेखि खेलौना रिभ्यु गर्ने च्यानल खुब हेर्थे ।’ रेयानकी आमाले आफ्नो पहिचान उल्लेख नगर्ने सर्तमा थपेकी छिन्, ‘एक दिन रेयानले मलाई भनेका थिए कि अन्य बालबालिकाजस्तै म युट्युबमा किन छैन ? अनि, हामीले सोच्यौँ र यो काम गर्न सक्ने निष्कर्षमा पुग्यौँ । एक दिन एउटा खेलौना पसलमा गयौँ र लिगो ट्रेन किन्यौँ । त्यसपछि सुरु भयो ।’ रेयानको एउटा भिडियो ८० करोडभन्दा बढीले हेरेका छन् । सुरुको १० महिनामै उनको युट्युब च्यानललाई १० लाखभन्दा बढीले सब्सक्राइब गरेका थिए । अहिले एक करोडभन्दा बढी सब्सक्राइबर पुगिसकेका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies