Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

पत्याउनु हुन्छ ? मोहर लगानीबाट एक करोड नाफा

\"\"पाल्पा । पचास पैसा लगानीबाट स्थापना गरिएको रामपुर नगरपालिकास्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी गत आवमा रु एक करोड ६० लाख नाफा गर्न सफल भएको छ । विस २०५५ मा २८ जना युवाले प्रतिव्यक्ति ५० पैसा दैनिक संकलन गरी स्थापना गरेको सो सहकारीको आव २०७३÷७४ सम्ममा शेयर पूँजी रु चार करोड ५७ लाख ६० हजार रहेको छ । गत आवमा रु ३६ करोड ५४ लाख, बचत रु ४६ करोड ४५ लाख तीन हजार र अन्य कोष रु चार करोड ५२ लाख ९१ हजार रहेको सहकारीका अध्यक्ष तीर्थप्रसाद पंगेनीले बताए। ९१५ जना शेयर सदस्य जिल्लाको रामपुर नगरपालिका, निस्दी, पूर्वखोला र रम्भा गाउँपालिकासम्म कार्यक्षेत्र विस्तार गरेपछि सहकारीको नौ हजार १५ जना शेयर सदस्य पुगेका छन् । सात हजार ६१६ महिला सदस्य रहेको व्यवस्थापक दीपेन्द्र पौडेलले बताए । ग्रामीण भेगमा बैंकको अभावमा बचत तथा ऋण कारोबार गर्न स्थानीय बासिन्दाले सहकारीमार्फत सजिलो मान्छन् । सहकारीद्वारा सुत्केरी खर्च प्रदान पहिलो र दोस्रो बच्चा जन्माउने महिलालाई सुत्केरी स्याहार खर्चबापत पोषिलो आहाराका लागि प्रतिसुत्केरी रु एक हजार प्रदान गर्दै आएको छ । सुत्केरी भएपछि महिला कमजोर हुने भएकाले पोषण आहाराका लागि भत्ता बाँड्न थालेको व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले बताए । गत आवमा सहकारीले सुत्केरी स्याहार खर्च ७० जनालाई प्रतिव्यक्ति रु एक हजारका दरले रु ७० हजार प्रदान गरिसकेको छ । ज्येष्ठ सदस्यलाई मासिक भत्ता सहकारीले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । दुई वर्षअघिदेखि ७० वर्ष नाघेका ज्येष्ठ सदस्यलाई मासिक सुरक्षा भत्ता बाँड्दै आएको हो । गत आवमा ४४ जना ज्येष्ठ सदस्यलाई मासिक रु ५०० का दरले प्रदान गरिएको हो । किरिया खर्चसमेत सहकारीबाट सहकारी सदस्यको श्रीमान् वा श्रीमतीको मृत्यु भएमा किरिया खर्च प्रदान गरिन्छ । सहकारीको नाफा रकम शेयर सदस्यलाई भन्दा वृद्धवृद्धा, सुत्केरी महिला र किरिया खर्चमा सहयोग गर्न थालेपछि सहकारीप्रति थप आकर्षण बढेको हो । सदस्यको मृत्युमा रु एक हजारदेखि रु दुई हजारसम्म १४ जनालाई गरी रु २२ हजार र सदस्यको श्रीमान् वा श्रीमतीको मृत्यु भएकामा रु चार हजारका दरले २८ जनालाई सहयोग प्रदान गरिएको अध्यक्ष पंगेनीले बताए । आर्थिक कारोबारसँगै सहकारीले सामाजिक काम गर्न थालेपछि यस जिल्लाको नमूना बन्दै गएको छ । सहकारीले पाल्पाका ग्रामीण क्षेत्रमा आर्थिक कारोबारका साथै स्वास्थ्य शिविर, बालमैत्री, महिला लक्षित, विद्यालयस्तरीय सचेतना कार्यक्रम, मोबाइल रिचार्ज सेवा, विप्रेषणलगायतका काम समेत गर्न थालेपछि यस भेगका स्थानीयवासी सहकारीतर्फ आकर्षित बन्दै गएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies