Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

पूर्वप्रधानमन्त्री सबैको जितः कोहि हाँस्न सके कोहि रून पनि सकेनन् !

\"\"काठमाडाैं । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका बहालवाला र पूर्व गरी प्रधानमन्त्री भइसकेका सबै ६ जनाले जित हासिल गरेका छन् । पाँचजना भूतपूर्व र एकजना बहालवाला प्रधानमन्त्री यसपटक चुनावी मैदानमा थिए । २०४६ सालमा भएको प्रजातन्त्रको पुनरागमन यता प्रधानमन्त्री निर्वाचित जीवित नेता मध्ये एकजनाले मात्र चुनावी दौडबाट विश्राम लिएका छन् । उमेरको कारण देखाउँदै लोकेन्द्रबहादुर चन्दले राजनीतिबाट अवकाश लिएका थिए । \"\" पाँच पटक प्रधानमन्त्री बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नम्बर ७ को डडेलधुराबाट २८ हजार ४ सय ४६ मत ल्याएर जितेका छन् । यो चुनावको अहिलेसम्मको मतपरिणाममा कांग्रेसको स्थान निकै खुम्चिएको देखिए पनि पार्टी सभापति देउवा भने आफ्नो बलियो पकड रहेको डडेलधुराबाट विजयी भएका हुन् । यसअघि संसदमा पहिलो दल भएको कांग्रेसले यो पटकको निर्वाचनमा नराम्रोसँग पराजय भोगेको छ । यसले देउवालार्इ ठूलै झट्का लागेको छ । कांग्रेसले नसोचेको पराजय भोगेपछि देउवाले खुलेर बोल्नसमेत सकेका छैनन् । अाफै पार्टी सभापति र अाफै प्रधानमन्त्री भएको बेलामा कांग्रेसको पराजयले देउवा न रूनु न हास्नु भएका छन् । \"\" त्यस्तै नेकपा माओवादी केन्द्रसंग गठबन्धन गरेको नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका तीनवटै पूर्व प्रधानमन्त्रीहरुले पनि फराकिलो मत अन्तरले जितेका छन् । एमाले अध्यक्ष केपी ओलीले झापा ५ बाट ५७ हजार १ सय ३९ मत ल्याएर आफ्ना प्रतिद्वन्द्वी खगेन्द्र अधिकारी भन्दा दोब्बर बढीले जितेका छन् । वाम गठबन्धनको विजयीसँगै अोली खुशी छन् । \"\" वाम गठबन्धन गरेर चुनावमा उत्रिएका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन ३ बाट राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई झण्डै १० हजार मत अन्तरले हराएका छन् । उनले ४८ हजार २७६ मत ल्याएका छन् भने पाण्डेले ३८ हजार ९३५ मत ल्याएका छन् । वाम गठबन्धनको जताततै लहर देखेर प्रचण्ड निकै खुशी रहेका छन् । \"\" पहिलो संविधानसभा चुनावमा माओवादीका झक्कुप्रसाद सुवेदीसँग पराजित भएका माधवकुमार नेपालले यसपटक काठमाडाैंको क्षेत्र नम्बर २ बाट २७ हजार ३ सय ६६ मत ल्याएर चुनाव जितेका छन् । उनले कांग्रेसका उम्मेदवार दिपक कुइँकेललाई फराकिलो मत अन्तरले हराए । [caption id=\"attachment_161617\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] एमालेकै अर्का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि इलामको निर्वाचन क्षेत्र नम्बर १ बाट ३६ हजार ८ सय ५ मत ल्याएका छन् । \"\" पहिला माओवादी पार्टीमा रहँदा प्रधानमन्त्री भएका तथा हाल नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले कांग्रेससँग मिलेर वाम गठबन्धनका तर्फबाट उठेका नारायणकाजी श्रेष्ठलाई हराएका छन् । भट्टराईले आफ्नो गृह जिल्ला गोरखा क्षेत्र नम्बर २ मा ३१ हजार ८०७ मत ल्याएका छन् ।
बहालवालासहित सबै पूर्व प्रधानमन्त्रीहरुले चुनावमा विजय प्राप्त गरेका बेला अधिकांश पूर्व उपप्रधानमन्त्रीहरुले भने पराजय बेहोरेका छन् । पूर्व उपप्रधानमन्त्रीहरु मध्ये नेपाली कांग्रेसका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिले हारेका छन् । त्यस्तै राप्रपाका तर्फबाट उठेका उपप्रधानमन्त्री कमल थापा, अनि एमालेका वामदेव गौतम पनि पराजित भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies