Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

थानेश्वर भुसाल बचाउ अभियानः यूएईमा संयुक्त रकम संकलन समिति गठन

\"\"यूएई । साउदी जेलमा रहेका थानेश्वर भुसालको उद्धारका लागि भुसाल बचाउ अभियान अन्तर्गत, यूएईमा संयुक्त रकम संकलन समिति गठन भएको छ । यूएईका क्रियाशिल विभिन्न सामाजिक संघ संस्था, एनआरएनए यूएईलगायत विभिन्न राजनीतिक संगठनका प्रतिनिधि सहितको समीति गठन भएको हो । नवलपरासी सेवा समाज यूएईका अध्यक्ष भिम हमालको सभापतित्वमा ८- डिसेम्बर शुक्रबारका दिन बसेको बैठकले हमालकै संयोजकत्वमा गठित समितिमा उप संयोजकमा राज भण्डारी छन् । सदस्यहरुमा गोबिन्द ढकाल, गणेश ढकाल, हरी चापागाई रहेका छन् । यसैगरी एनआरएनए यूएई, जनजाती माहासंघ यूएई, प्रवासी मंच यूएई, जनसम्पर्क समिति यूएईबाट एक एक जना सदस्य थप गर्ने निर्णय गरेको नवलपरासी सेवा समाजका महासचिव राज भण्डारीले बताएका छन् । भण्डारीले यूएका व्यवसायी, जिल्लागत सामाजिक संस्था तथा सहयोगी दाताहरु यस समितिको सल्लाहकारमा रहने निर्णय भएको बताएका छन् । लेखा समितिमा नेत्र ज्ञवालीको संयोजकत्वमा, परसुराम पौडेल र राजेन्द्र गैरे रहेका छन् । यही डिसेम्बर २२ सम्ममा रकम संकलन अभियान सम्पन्न गर्ने निर्णय भएको छ । सो दिन पुर्ण समितिको बैठक बस्ने निर्णय भएको छ । बैठकमा यूएईका संघ संस्था प्रमुखहरूलाई समेत निमन्त्रणा गरिनेछ । सोहि संयुक्त बैठकले रकम नेपाल पठाउने बारे निर्णय गर्नेछ । रकम संकलनका लागि नवलपरासी सेवा समाज यूएईको नाम, लोगो र समाजका अध्यक्षको हस्ताक्षर सहितको पेपरको प्रयोग गरिने भएको छ । अभियानलाई चुस्त, पारदर्शी र अनुसाशित रुपले अघि बढाउन अनुगमन समिति बनाईएको छ । जसमा भिम हमला, राज भण्डारी, तोयानाथ लम्साल, गणेश न्यौपाने र गोबिन्द ढकाल रहेका छन् । भुसाललाई जेलमुक्त गर्ने अभियानमा साउदी अरबस्थित नवलपरासी प्रवासी मंचले रकम संकलन गरीरहेको र हालसम्म २३ हजार ५०० साउदी रियल जम्मा भएको त्यसमध्ये ११ हजार रियल नेपाल पिएनसीसिको खातामा पठाई सकिएको र बाँकी रकम केही दिनमा पठाउने तयारी रहेको भण्डारीले खबरडबलीलार्इ जानकारी दिएका छन । जापानस्थित नवलपरासी समाज, कोरीया र कतारबाट पनि उक्त अभियान तिव्ररुपले संचालन गरीरहेको समाजका सल्लाहाकार नेत्र नारायण थनेतले खबरडबलीलाइ बताए । केही दिन अघि काठमाण्डौंमा सम्पन्न गैर आवासिय अंतराष्ट्रिय समन्वय समिति (एनआरएन) को बैठकले भुसालको जिवन रक्षाका लागि १२ लाख ५० हजार दिने निर्णय गरीसकेको एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन । नवलपरासीको मध्यबिन्दु नगरपालिकामा समेत भुसालको जीवन रक्षाका लागि रकम संकलन भैरहेको छ । नेपालमा प्रवासी नेपाली समन्वय समिति (पि एन सि सि)ले देश तथा बिदेशमा बस्ने सम्पूर्ण नेपालीलाई सहयोगको अपील गरेको छ ।पिएनसीसीले बिश्वोभरका सहयोगीहरूलाई सहजताका लागि ग्लोबल आईएमी बैंक अनामनगर शाखा, काठमाण्डौं खाता न. ३९०१०१००००४०९ मा सिधा रकम जम्मा गर्न सकिने ब्यवस्था मिलाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies