Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

रहेनन् खुशीरामः जसको ‘ओपेरा’ हेरेर प्रचण्ड, बाबुराम, पासाङ र विप्लवहरु धुरुधुरु रोएका थिए

\"\"गोरखाको खरिबोटबाट चितवन झरेका उनको परिवार ठ्याक्कै उनलाई याद छैन । कलिलै उमेरमा चितवन झरेको जनवादी गायक खुशीराम पाख्रिनलाई नचिन्ने सायद कमै होलान् । कालो वनको बीचैमा खेतलाको गाउँ साना–साना झुपडी छैनन् आमा बाउ कुनै बेलाको चर्चित यो गीतमा पाख्रिनले शब्द मात्रै कोरेनन् संगीत पनि भरेर झन् मार्मिक बनाएका छन् । गाउँले जिन्दगीलाई समेटेर कोरेका यिनै गीतहरुले पाख्रिन जति खुशी छन् त्यो भन्दा बढी यो गीत सुन्ने पारखीहरु छन् । पाख्रिनले गीतमा कल्पना गरेजस्तै भोका नाङ्गा नानीहरु गाउँको एउटा झुपडीमा सबै मिलेर खेलिरहँदा देश बनाउन लागेका नेताहरु नमिल्नुको भाव झल्काएका छन् । सानैदेखि कला क्षेत्रमा हौसिएका पाख्रिन बच्चा हुँदा पनि दिन बिताउन कठिन नभएको बताउँछन् । ‘कसैले कपडा सिलाउन थाल्यो भने त्यहि हेरेर दिन वित्थे, कसैले काठमा बुट्टा भर्न थाले भने त्यति वित्थ्यो दिन ।’ कलिलै उमेरमा कला र गला दुबैको ‘प्रिय’ पात्र थिए पाख्रिन । माओवादी नेता खुसिराम पाख्रीनको निधन ………. देश परिर्वतनका आन्दोलनहरुमा यी यस्तै गीतहरुको ठूलै भूमिका छ । ०३७ सालदेखि जनवादी गीतका पोका÷पन्तेरा बोकेर तानाशाहिहरुको शासनविरुद्ध लडेका पाख्रिनलगायतका कलाकारहरुले देश परिर्वतनका आन्दोलनहरुमा गीत मार्फत ठूलो भूमिका छन् । विशेषत देश परिर्वतनका खातिर माओवादीको १० बर्षे सशस्त्र जनयुद्धका क्रममा पूर्वमेचीदेखि पश्चिमको महाकालीसम्म कलाकारको नेतृत्व गरेका पाख्रिनले सयौं गीतहरु लेखेका छन् तर औंलामा गन्न सकिने मात्र गाएका छन् । आर्थिक अभावकै कारण धुँवा लागेका पुराना पानाहरुमा अझैं सयौं गीतहरु थन्किएका छन् । तर जति गाएका छन् ती सबै परिर्वतनका निम्ति देशका कुना कन्तेराका दुःख, पीडा र रोदनलाई समेटिएका छन् । ०३६ सालको राजनीतिक आन्दोलनबाट गाउन प्रेरित भएका उनी ०४६ सालको आन्दोलनपछि ‘जनताको भाकाहरु’ नाम दिएर पहिलो एल्वम बजारमा ल्याएका थिए । तर त्यो उनको मात्रै एकल होइन सयुक्त एल्बम थियो । उक्त एल्वममा सबै भन्दा बढी पाख्रिनकै गीत समेटिएको बताउँछन् । वर्गीय आन्दोलनका गीतहरु भन्दा अहिलेका गीतहरु उनी छाडा देख्छन् । तर खबरडबलीसँग भन्छन् ‘माया, प्रेमका गीतहरु पनि राम्रा हुन्छन् तर अहिलेको देशको स्थितिका यस्ता नाङ्गो प्रकृतिका गीतहरु त्यति सुहाँउदैन् ।’ ‘कलाकारहरुले के बुझ्नुपर्छ भने आफु हिट हुनलाई मात्रै होइन, देशको स्थित हेरर तिनैलाई शब्दमार्फत प्रहार गर्न सके सफल अवश्य भइन्छ ।’ उनी भन्छन्, ‘तर अहिले त विकृति फैलिएको छ नाङ्गा नाँचहरुले र मनपरी शब्दहरुले गीत भरिएको देख्दा दुःख लाग्छ ।’ पाख्रिनकै भाषा सापटी लिएर भन्ने हो भने अहिलेका ‘बुर्जवा’ गीतहरुले जनवादी गीतहरुलाई छायाँ पारिसके । आफू परिर्वतन मात्रै होइन देश परिर्वतनका लागि पनि गाउन जरुरी छ । तर अहिले यस्तै गीतको बजार छ जसले देशको भन्दा आफ्नै हित हेरेर गीत गाउँछ । समाज अगाडी बढाउन भन्दा पछाडी धकेल्न अहिलेका गीतहरुले भूमिका खेलेको छ । उनी भन्छन्, विचार मात्रै होइन, गीत संगीत पनि वर्गीय हुन्छ ।’ तर लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’लाई पनि पाख्रिन जनवादी नै ठान्छन् । रक्तक्रान्तिको गीतहरु सिङ्गल, आशुका भाकाहरु, रातो घाममा, हुरी आउँदैछ, आँधी आउँदैछ, परिवर्तित गीत, अभिवादन, जलजलालगायतका संयुक्त गीतहरु निस्किएका छन् । आफूले लेखेको मध्ये उनलाई अर्काको भारी, कालो वनको बीचमा, बाउ आमा भेटे नि मार्दिन्छु कसम खाएर, गैंती बेल्चालगायतका गीतहरु सबैभन्दा बढी मन परेको बताउँछन् । ……….. शुरुमा अर्धभूमिगत भएका पाख्रिन १० बर्षे जनयुद्धकाबेला ०५५ सालदेखि पूर्ण रुपमा भूमिगत भए । भूमिगत भएर भारत गएका पाख्रिनहरुले त्यहाँबाटै पार्टीलाई सहयोग गरेका थिए । त्यहाँ कलाकार उत्पादन गरेर ०५९ सालमा रोल्पा आए । नेपाल आएपछि मध्येकमाण्डको राप्ती क्षेत्रमा बसेर कलाकार टिमको नेतृत्व गरेका थिए । भूमिगत भएपछि पार्टीको संगठन विस्तारसँगै साँस्कृतिक कार्यक्रमहरुमा भेटिन्थे पाख्रिन । कुनै कार्यक्रममा हिड्दा हिड्दै उनी गीत सोचेर हिड्थे अनि फुर्सद मिलाएर उतार्थे । गोरखाबाट चितवन झरेका उनी युद्धका दौरानमा रुकुम, रोल्पा, जाजरकोट, प्युठान, सल्यानलगायतका ठाउँहरुमा कलाकार उत्पादन गर्दै गीत गाउँदै हिड्थे । ……. त्यसो त जनयुद्ध ताका ‘ओपेरा’ खुब चल्थ्यो । सयौं कार्यक्रमहरुमा उनले ओपेरा पनि देखाएर । गीतसँगै ओपेरा देखाएर जनताका दुःखहरुमा मह्लम लगाउँथे । अझ भनौं देश परिर्वतनका निम्ति युद्धमा होमिएकाहरुलाई र जनताका दुःख सुखका भाव झल्किएका ओपेरा लेख्थे र आफैं अभिनय पनि गर्थे । हुन त थुप्रै ‘ओपेरा’हरु लेखे पाख्रिनले । तर तत्कालिन माओवादी शान्ति प्रक्रियामा आउनु भन्दा केहि समय अगाडि ०६२ सालमा रुकुमको चुनवाङमा तत्कालिन माओवादीका शीर्ष नेतृत्व मोहन बैद्य ‘किरण’बाहेकका नेताहरु उपस्थित भएको बैठकको ‘युद्ध मोर्चाबाट फर्किदा’ नामक ‘ओपेरा’ले मन छोएको बताउँछन् । ‘त्यहाँ उपस्थित शिर्ष नेता, जनमुक्ति सेना र कलाकार सबै रोएको पाख्रिन अझै झल्झलि सम्झन्छन् । हालका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई, हालका उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्दलगायत थुप्रै नेताहरु उनै पाख्रिनले लेखेका ‘ओपेरा’ हेरेर रोएका थिए । उक्त ‘ओपेरा’को भाव युद्धका क्रमका आपत विपद्, फर्किदाको पीडा, घाइतेका पीडालगायतका दुःख पीडाहरु समेटिएर लेखेको पाख्रिन बताउँछन् । नेताहरु युद्धमा जाउ भनेर खटाउने मात्र हुन् होमिने त जनताका छोराछोरी हुन्, सायद यिनै कुराहरुले रोए जस्तो लागेको बताउँछन् । उक्त ‘ओपेरा’ लेख्न पाख्रिनले करिब २० दिन लगाएका थिए । ‘युद्धपछि शान्ति प्रक्रियामा आएको माओवादी पछि फुट्यो । तत्कालिन कलाकारहरु पनि तितर–वितर भए । कोहि खाडी मुलुक भासिए, कोहि राजधानीका दोहोरी साँझतिर गाएर बस्छन्, कोहि ज्यामी काम गर्छन् ।’ मुख्यतः पार्टीले व्यवस्थापन गर्न नसकेको पाख्रिन बताउँछन् । त्यसो त व्यवसायिक पनि हुन नसकेको स्वीर्काछन् । पाख्रिनको आरोप छ– ‘पार्टीकै कार्यक्रममा अरु कलाकारलाई पैसा दिन्छन् तर हामीलाई बस भाडा पनि दिन गाह्रो मान्छन् । पार्टीको यो ठूलो भूल पनि हो ।’ जनवादी गीत गाएर घरव्यवहार चलाउन मुश्किल छ । तरपनि अहिलेको जस्तो छाडा प्रकृतिको गीत गाएर एक छाक नजुटाउने उनको प्रतिवद्धता छ । भन्छन्– ‘बरु भोकभोकै मर्न तयार छु, छाडा प्रकृतिको गीत गाएर एक छाक जुटाउँदिन ।’ (पाख्रिनबारे २०७३ चैत ३ गते प्रकाशित स्टोरी पुनः प्रकाशित गरेका हाैं । सं
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies