Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

स्वेदश तथा विदेशबाट अध्यक्ष प्रचण्ड परिवारलाई समवेदना व्यक्त

\"\"काठमाडौं । हृदयघातबाट सुपुत्र प्रकाश दाहाल गुमाएका पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादी केन्द्रका सल्लाहकार सीता दाहाल लगायत परिवारलाई चीन, भारत, राष्ट्र संघ लगायतका विभिन्न देश, कुटनीतिक नियोगका प्रतिनिधिहरुले समवेदना प्रकट गरेका छन । आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका एक मात्र सुपुत्र प्रकाश दाहालको निधन भएपछि दिउँसो नेपालमा रहेको चीनियाँ दुताबासले अध्यक्ष प्रचण्डलाई समवेदना प्रकट गरेको थियो । समवेदनामा चीनले सुपुत्र दाहालको निधनले चीन मर्माहत भएको बताउँदै प्रचण्डको पीडामा चीन साथमा रहेको उल्लेख गरिएको छ । सोमबार बिहान नेपालका लागि चीनियाँ राजदूत यु होङ्ले अध्यक्ष प्रचण्डलाई भेटी समवेदना प्रकट गरे । आइतबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजले टेलिफोन गरी अध्यक्ष प्रचण्ड र परिवारमा समवेदना प्रकट गरे । उनले नेपालले एउटा होनाहार युवा नेता र प्रचण्ड परिवारले कर्मठ छोरो गुमाएकोमा शोक व्यक्त गरे । लगत्तै नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी पेरिसडाँडा पुगी अध्यक्षलाई समवेदना प्रकट गरे । त्यसैगरी संयुक्त राष्ट्र संघको आवासीय कार्यालयबाट अध्यक्ष प्रचण्डलाई समवेदना प्रकट गरिएको छ । भलेरि जुलिण्डले पठाएको समवेदना पत्रमा प्रकाश दाहालको अल्पायू र अकल्पनीय निधनले संयुक्त राष्ट्र संघ मर्माहत भएको उल्लेख गरिएको छ । सोमबार नै रुसी दूताबासबाट अध्यक्ष प्रचण्डलाई समवेदना प्रकट गर्दै राजदूत एन्ड्री बुडनिकले अध्यक्ष प्रचण्डका छोरा तथा युवा नेता प्रकाश दाहालको आकस्मिक निधनले आफू स्तव्ध भएको उल्लेख छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies