Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

हुम्लामा वाम गठबन्धनलार्इ तनावः माओवादीले स्वतन्त्र उम्मेद्वारलाई सघाउने, एमाले अन्यौलमा

\"\"हुम्ला । हुम्लाको एकिकृत माओवादी केन्द्रले आफ्नो पार्टीको आधिकारिक उम्मेद्वारलाई भन्दा स्वतन्त्र उम्मेद्वारलाई सघाउने निर्णय गरेका छन् । जिल्लाको दक्षिणमा रहेको अदानचुली, ताँजाकोट र मध्यभागको सर्केगाड गाउँपालिकाको गाउँ कमिटीले स्वतन्त्र उम्मेद्वार छक्कबहादुर लामालाई सघाउने निर्णय गरेको छ । हिजो सार्वजनिक गरेको वक्तव्यमा सर्केगाड गाउँपालिकाका एकिकृत माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष राजेन्द्र कार्की मिलनले बाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) काप्रदेश नं. १ ‘क’ का उम्मेद्वार दल रावल र स्वतन्त्र उम्मेद्वार छक्कबहादुर लामालाई सघाउने निर्णय गरेको खबरडबलीलाई जानकारी दिए । एकिकृत नेकपा माओवादी केन्द्रले टिकट वितरणमा अन्याय गरेको भन्दै माओवादी केन्द्रका पोलिटव्युरो सदस्य छक्कबहादुर लामाले स्वतन्त्र उम्मेद्वारकोे रुपमा मनोनयन दर्ता गर्दा पार्टीका नेता तथा कार्यकर्ता कसलाई सघाउने भन्नेमा दोधारमा परेका थिए । उता पार्टीको टिकट पाएका माओवादी केन्द्रका जिल्ला संयोजक छिमी लामा ‘आशाकर’ भने आधिकारिक उम्मेद्वार आफु भएकोले आफुलाई सघाउन भन्दै प्रचारमा लागेका छन् । दुवै पक्ष आफु आधिकारिक भएको भन्दै चुनावी प्रचारमा लागेका छन् । बागि उम्मेद्वार दिएको भन्दै यस अघि नेकपा माओवादी केन्द्रले पार्टीको साधारण सदस्य नरहने गरी स्वतन्त्र उम्मेद्वार छक्कबहादुर लामालाई कारबाही गरिसकेको छ । किनभयो असमझदारी ? एकै पार्टीबाट बागि उम्मेद्वार पार्टीमा अन्यौलता छाएको भन्दै यसलाई मिलाउनको लागि अर्का पोलिटव्युरो सदस्य तथा पुर्व सभासद कर्णजित बुढाथोकी र केन्द्रिय आयोजक समिति सदस्य डा. दिपेन्द्र रोकायाले प्रयास गर्दा टिकट पाएका छिमी लामाले स्वतन्त्र उम्मेद्वार छक्कबहादुर लामालाई सघाउने एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका थिए । त्यसको भोलिपल्ट फेरी आफुले नै पार्टीको टिकट पाएको भन्दै दावी गरेपछि सहमति भँग भएको थियो । सहमती भँग भएपछि दुवै नेता आफ्नो ढंगले चुनावी प्रचारमा रहेका छन् । चुनावी प्रचारको क्रममा बामगठबन्धनको अर्को घटक नेकपा (एमाले) लाई कुन पक्षलाई सहयोग गर्ने भन्ने अन्यौलता भएको एमालेका अध्यक्ष दल रावलले खबरडबलीलाई बताए । जिल्लामा बामगठबन्धनमा आएको यस्तो समस्याको कारण बामगठबन्धन काकार्यकर्ता अन्यौलमा रहेका छन् । प्रचार प्रसारमा अधिकाँश जिल्ला देखी लिएर केन्द्रिय पदमा रहेका नेताले स्वतन्त्र उम्मेद्वार छक्कबहादुर लामालाई सघाउने निर्णय गरेको पोलिटव्युरो सदस्य कर्णजित बुढाथोकीले खबरडबलीलाई बताए । उनका अनुसार प्रतिनिधीसभाका लागि स्वतन्त्र उम्मेद्वार छक्कबहादुर लामा भएको र छिमी लामाले स्वतन्त्र उम्मेद्वारलाई सघाउने सार्वजनिक गरीसकेको हुनाले उनलाई सहयोग गर्नु पर्ने बताउँदै आएका छन् । आउँदो मंसिर १० गते हुन लागेको प्रदेश तथा संघको चुनावमा नेपाली काँग्रेसको तर्फबाट मंगलबहादुर शाही, माओवादी केन्द्रको तर्फबाट छिमी लामा र स्वतन्त्र उम्मेद्वार छक्कबहादुर लामाको विचमा कडाप्रतिष्पर्धा हुने यहाँका मतदाताको भनाई रहेको छ । त्यसै गरी प्रदेशमा नेपाली काँग्रेसबाट केन्द्र १ खबाट पूर्वमन्त्री जीवनबहादुर शाही र माओवादी केन्द्रको तर्फबाट विजयभण्डारी प्रतिरोध प्रतिष्पर्धा हुने देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies