Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

अग्नि सापकोटा अर्थात् इमान्दार, कर्तव्यनिष्ठ र जनताप्रति समर्पित नेता

\"\"तत्कालीन पूर्ब १ नं क्षेत्रको सदरमुकाम चौतारा बजारको उत्तरपूर्वी कुनाको भिरालो पाखामा जन्मिएका हुन् अग्नि सापकोटा । जांगरका साथ खेतिपाती, पशुपालन गरे मज्जाले दुध र भात खान पाइने परिवारमा । मेरो गाउँ र उहाँको गाउँबीच २ कोश दूरी । बीचमा रहेको चौतारा बजार जसले हामीलाई पछि जोड्यो निम्न माध्यमिक शिक्षा लिने क्रममा । हाम्रा गाउँका सामुदायिक बिद्यालयमा प्राथमिक तह अध्ययन गर्यौं हामी । कक्षा ६ पढ्नको लागि म श्रीकृष्ण हाइस्कुल (हालको श्रीकृष्ण रत्नगंगा मा बि.) गएँ । त्यहीं भेट भएको हो सापकोटासँग । छिट्टै नै मित्रताको बिजारोपण भयो । बजारको स्कुलमा पढ्न गएका सुरुका दिनमा सहपाठीहरुसंग घुलमिल हुन नसक्दा एक्लोपन स्वाभाविक थियो । समयले हामी एक्ला एक्लालाई जोडिदियो । हामीबीचको मित्रता झाङ्गिदै गयो । चौतारा बजार बाहिरका साथीहरुबीच बढी घनिष्ठता थियो । सहपाठीमा भनौँ वा मित्रहरुमा स्व. शम्भूप्रसाद धिताल (सानुसिरुवारी), नेमा तेन्जिङ शेर्पा (फुल्पिङकट्टी), फुर्पा शेर्पा (लिस्ती), सुरेन्द्रप्रसाद पौडेल (कार्कीटार), रबि घिमिरे (बराम्ची) लगायत थियौ । हामीमध्ये स्व. धिताल र सापकोटा पढाइमा तेज हुनु हुन्थ्यो, हामी औसत थियौँ ।
अनुशासन पालनमा दृढता भएर होला सापकोटा प्रायः यी गुरुहरुको समीपमा हुनुहुन्थ्यो । त्यही कडा अनुशासनबाट प्रशिक्षित भएर होला उहाँमा अहिलेसम्म पनि त्यो स्वभाव अनुभूत गर्न सकिन्छ ।
सापकोटा कक्षाकोठामा प्रायः पहिलो बेन्चमा बस्न रुचाउनु हुन्थ्यो । हामी अन्तिमतिर नै हुन्थ्यौ । उहाँ लगनशील, अनुशासित हुनुहुन्थ्यो । हामी केही साथी कक्षा छाडेर बारीको पाटामा चुरोट तान्न जान्थ्यौँ । परिणामस्वरुप शिक्षकको आक्रोस हाम्रो भौतिक शरिरमाथि बज्रिन्थ्यो । सापकोटाले हाम्रो जस्तो अबस्था सामना गर्नु परेको थाहा भएन । हामी गुरुहरुको अगाडि पर्न डराउँथ्यौँै तर अनुशासन पालनमा दृढता भएर होला सापकोटा प्रायः यी गुरुहरुको समीपमा हुनुहुन्थ्यो । त्यही कडा अनुशासनबाट प्रशिक्षित भएर होला उहाँमा अहिलेसम्म पनि त्यो स्वभाव अनुभूत गर्न सकिन्छ । मित्रता कायम राख्दै ३१/३२ सालमा प्रबेशिका परीक्षामा सामेल भएका थियौ । ‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तै प्रबेशिका परीक्षाको सफल नतिजा हात पार्नसाथ सापकोटाले तातोपानी स्कूलमा अध्यापन गराउन थाल्नु भयो । केही समयपश्चात तातोपानीबाट हालको जनजागृति मा.बि. सांगाचोकमा शिक्षक हुनु भयो । सहपाठीबाट करिव दुई वर्षपछि हामी एउटै बिद्यालयमा सहकर्मीको रुपमा रह्यौ । हाम्रो खानेबस्ने ठाउँ पनि एकै थियो । करिव ३ वर्ष मैले उहाँसँग बिताएँ । सापकोटा बिद्यालयको प्रशासक वा प्रधानाध्यापक भन्दा पनि बिद्यालय परिवारको अभिभावकको भूमिका निर्वाह गर्नु हुन्थ्यो । कर्तव्यप्रति जिम्मेवार, आर्थिक मितव्ययी, पदीय अनुशासनमा चुस्त हुनुको साथै आप्mनो कामको सकरात्मक परिणाममा उहाँ सदैव दृढ हुनुहुन्थ्यो । चौतारामा अध्ययन गर्दा केही शिक्षकले अनुशासनका नाममा अनौपचारिक राजनैतिक प्रशिक्षण दिनु भएको रहेछ । त्यो प्रशिक्षणले राजनीतिक बिचारको भोक जगाएको रहेछ उहाँमा । साँगाचोकमा त्यसबेला बिजुली थिएन । त्यसैले सँसाझ नै भात खाइन्थ्यो र रात नछिप्पिँदै सुतिन्थ्यो । तर, उहाँ टुकी बत्तीको प्रकाशमा राता किताब (त्यतिबेला कम्युनिष्ट सम्बन्धित किताबलाई भनिने बिशेषण) पढ्नु हुन्थ्यो । पछि थाहा भयो, उहाँले ने.क.पा (चौथो महाधिबेशन) नामको पार्टी सदस्यता लिइसक्नु भएको थियो । पंचायतको दबदबा बढिरहेको थियो । त्यसबेला कम्युनिष्ट बिचारलाई रानीपोखरीको डिलबाट पितृलाई चढाएर गाउँमा नेता बन्न आएका स्वनामधारी समाजसेवीसँग बढी खतरा थियो । यी खतराबाट सतर्क रहँदै उहाँ काठमाडौंतिर हुने पार्टीको बैठकमा भाग लिन जानु हुन्थ्यो । बैठकबाट फर्केपछि राति कोठामा सामान्य ढंगबाट सुनाउनु हुन्थ्यो । समय बित्तै जाँदा हाम्रो राजनीतिक निकटता बढ्दै गयो । उहाँले लथालिङ् रहेको बिद्यालयमा समुदायको परिचालन गर्दै प्रशासनिक कडाइ गर्दै हाइस्कुलमा स्तरोन्नति गराउनु भयो । राजनीतिक सुझबुझ, अधिकारको लागि दृढता ३६ सालको शिक्षक आन्दोलनमा देखियो । त्यसबेला बाहिर शिक्षकको संगठन खोल्न पाउने अधिकारको माग थियो । तर, त्यसको आन्तरिक ध्येय पंचायतबिरुद्ध सुरु भएको आन्दोलनलाई संगठित बल पु¥याउनु थियो । उहाँले जिल्ला समितिको उपाध्यक्ष भएर जिल्लाको बिश्वसनीय नेतृत्व गर्नु भयो । शिक्षकले पेशागत संगठन खोल्न पाउने अधिकार प्राप्त ग¥यो । केही वर्षमै संगठनको केन्द्रीय उपाध्यक्ष र महासचिव भएर प्राप्त अधिकारलाई संगठनात्मक रुपमा मजबुत बनाउने कार्यमा दृढ रहनु भयो । आन्दोलनकै क्रममा २०४२ सालमा ६ महिनाको जेल भोग्नु प¥यो । बीचका वर्षहरुमा म भिन्न पेशामा संलग्न भएँ जसका कारण उहाँसँगको भेटघात अलि पातलियो । तर, बिचार र मित्रतामा प्रगाढता थपिँदै गएको थियो । वहांको राजनीतिक सक्रियाता, पार्टिको जिम्मेवारी बढ्दै गएको कुरा भेटको मौकामाबताउनु हुन्थ्यो । ०४६ सालको राजनैतिक आन्दोलनमा उहाँको संक्रियता जिल्लामा शिक्षकका रुपमा भयो भने राष्ट्रिय स्तरमा पार्टीको एक इमान्दार, जिम्मेवार कर्तव्यनिष्ठ सदस्यको रुपमा । सरकारले आन्दोदन दबाउने क्रममा उहाँलाई गिरप्mतार ग¥यो र एक महिना जेलमा थुन्यो । त्यस बेला उहाँ जनजागृति माध्यामिक बिद्यालयको प्रधानाध्यापक भइसक्नु भएको थियोे । बहुदलीय व्यबस्थाको घोषणा भयो । प्राप्त उपलव्धिलाई संरक्षण तथा उपभोग गर्दै जाने पार्टिको लाइनलाई सहर्ष स्वीकार गर्दै पार्टीकै निर्देशनमा पेन्सन हुन आँटेको प्रधानाध्यापक जागिरलाई तिलान्जली दिएर उहाँ पूर्णकालीन राजनीतिमा होमिनु भयो । पहिलो आम निर्वाचनमा पार्टीको आधिकारिक राजनीतिक मञ्च ‘संयुक्त जनमोर्चा नेपाल’ को उम्मेदवारको रुपमा निर्वाचनमा होमिनु भयो । भूमिगत पार्टीको आधिकारिक सदस्य एक दर्जन पनि नभएको बेलासमेत व्यक्तिगत लोकप्रियताका कारण चार हजारभन्दा ज्यादा मत आयो । यो मतले भावनालाई आत्मसात् गर्दै उहाँको पूर्णकालिन राजनीतिक जिम्मेवारी तथा जनभावनालाई परिणाममा बदल्ने अविभारा प्रारम्भ भयो । आम सिन्धुपाल्चोकबासीको लागि यो भन्दा सुखद आशाको केन्द्र अरु हुन सक्दैन्थ्यो । पार्टीले उहाँलाई सिन्धुवासीको नासोको रुपमा चिनेर नै दुई पटक मन्त्री बनाइसकेको छ । पार्टीभित्र उच्चस्तरको कमिटीको नेताको रुपमा क्रियाशील हुनुहुन्छ । अहिलेसम्म उहाँमाथि कुनै गैह्रकानुनी, आर्थिक भ्रष्टाचार, पदीय व्यभिचारको दाग लागेको छैन । इमान्दार, नैतिकवान, जनसमर्पित नेताको रुपमा सिन्धुवासीले मात्र हैन आम प्रगतिशिल, परिवर्तनकामी, अग्रगामी राष्ट्रभक्त नेपालीहरुले स्वीकारेको तथ्य बिभिन्न संचारमाध्यमको संप्रेषणबाट प्रष्ट हुन सकिन्छ । गणतन्त्र, संघियता, सिंहदरबारको शासकीय अधिकार गाउँमा आइपुग्न सापकोटाको पनि अतुलनीय नेतृत्व एवं योगदान छ यस जिल्लाका तर्फबाट । संघिय राज्य शासन प्रणाली अन्तर्गत हामी संघीय र प्रदेश संसदको निर्वाचनमा छौ । झण्डै चार दशक बाम आन्दोदनको सफल नेतृत्व गर्नु भएका मेरा परम मित्र सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को निर्वाचन मैदानमा हुनुहुन्छ । समुदायको भन्दा व्यक्तिको इच्छा आकांक्षालाई भजाएर आप्mनो दूनो सोझ्याउने नेता तथा प्रबृति अबशेषको रुपमा बिद्यमान छ । जनताको नाम दिएर व्यक्तिगत चाहना भजाउने यस्ता नेता तथा प्रबृतिले समुदायलाई के दिन्छ ? आउने पुस्तालाई जीवन कस्तो होला ? तर, सिन्धुका एक स्थापित नेता, जनताका नेता सापकोटा कहिले पनि व्यक्तिगत स्वार्थपूर्तिमा लाग्नु भएन । अरुलाई पनि त्यसमा निरुत्साहित गरिरहनु भयो । उहाँको पहलमा थुप्रै भौतिक तथा सामाजिक बिकास भएका छन् । व्यक्तिगत लाभ खोज्नेले भने उहाँले गरेको काम नदेख्न सक्छ । तर, समृद्ध सिन्धुपाल्चोक बनाउने हो भने जिल्ला तथा देशमा एक इमान्दार, जुझारु, कर्तव्यनिष्ट, नैतिकवान व्यक्तिको नेतृत्व आवश्यक हुन्छ । म दाबाका साथ भन्न सक्छु, जनसमुदायको भावना, आबश्यकता, मर्म, भावनालाई बुझेर समाजको अग्रगामी परिवर्तको लागि जीवन समर्पित गर्ने सापकोटाको अरुसँग तुलना नै हुन सक्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies