Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

तारे होटेलमा चहलपहल बढ्यो: एनआरएन चुनाव आज

\"\"काठमाडौं । एनआरएनए विश्व सम्मेलनमा ७७ देशबाट सहभागी एक हजार आठ सय ४० गैरआवासीय नेपालीले सोमबार आगामी दुई वर्षका लागि नयाँ नेतृत्वको चुनाव गर्ने भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय समितिबाट छानिएकामध्ये उक्त संख्याका प्रतिनिधिले रजिस्ट्रेसन गरेपछि मतदाता टुंगो लागेको हो। एनआरएनएको विधानअनुसार एक हजारसम्म सदस्य भएका देशबाट एक सय प्रतिनिधिले मताधिकार पाउ“छन्। हजारभन्दा बढी भएको अवस्थामा प्रत्येक हजारपछि सदस्य र प्रतिनिधिको अनुपात कम हुँदै जान्छ। अाजको अन्नपूर्णमा खबर छ-एनआरएनएको अध्यक्ष पदमा भवन भट्टले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी घोषणा गरे पनि जमुना गुरुङले यो समाचार तयार पार्दासम्म उम्मेदवारी दर्ता गरेकी छैनन्। उम्मेदवारी दर्ताको समय सोमबार बिहान ८ बजेसम्म छ। अध्यक्षमा टीबी कार्कीले पनि उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका छन्। उनले उम्मेदवारी दिए पनि भट्ट र गुरुङबीच द्विपक्षीय प्रतिस्पर्धा हुने विश्वास गरिएको छ। होटलको अकुपेन्सीमा ५–१० प्रतिशतसम्म एनआरएन प्रतिधिकिो बुकिङ छ । दुई वर्षअघि शेष घलेविरुद्ध उम्मेदवारी दिएका कार्कीले थोरै भोट मात्र पाएका थिए। यसपालि पनि उनले धेरै भोट पाउने सम्भावना छैन। उपाध्यक्षमा कुमार पन्त, कुल आचार्य, चिरञ्जीवी थापा र खगेन्द्र जीसीले उम्मेदवारी दर्ता गरेका छन्। अधिकांश पदमा चुनाव हुने अनुमान छ। आइतबार बन्दसत्रले अध्यक्ष शेष घलेले पेस गरेको भिजन २०२० पारित गरेको थियो। तारे होटेलमा चहलपहल बढ्यो उपत्यकाका अधिकांश तारे होटलको अकुपेन्सीमा अहिले पाँच देखि १० प्रतिशतसम्म एनआरएन प्रतिनिधिको बुकिङ छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को ८ औं सम्मेलन सुरु भएसँगै उपत्यकाका तारे होटल र रेस्टुराँमा चहलपहल बढेको छ। उपत्यकाका अधिकांश तारे होटलको अकुपेन्सीमा अहिले पाँचदेखि १० प्रतिशतसम्म एनआरएन प्रतिनिधिको बुकिङ छ। एनआरएनको आठौं सम्मेलन र पर्यटकीय सिजन सँगै परेकाले होटलमा चहलपहल बढेको नेपाल होटल एसोसिएसनका महासचिव विनायक शाह बताउँछन्। सम्मेलन चलिरहेको होटल ह्यातमा भने एनआरएनका प्रतिनिधिलाई होटल व्यवस्थापनले ५० वटा रुम दिएको शाहले जानकारी दिए। होटल व्यवस्थापनले एनआरएनका प्रतिनिधिले माग गरेकै जति कोठा दिन सक्ने अवस्था नरहेको उनले बताए। सम्मेलनमा आएका कतिपय एनआरएन प्रतिनिधि साथी आफ्नै घर र नातेदारको घरमा बस्ने गरेको उनले जानकारी दिए। पर्यटकीय सिजन भएकाले अहिले होटल बुकिङको अकुपेन्सी ७० प्रतिशतभन्दा माथि छ। त्यसाा पनि होटल व्यवस्थापनका आफ्नै ग्राहकले होटल भरिभराउजस्तै रहेको शाह बताउँछन्। अहिले उपत्यकाका तारे होटलभन्दा बढी सुविधासम्पन्न रेस्टुराँ तथा भोजनालयमा भीड बढेको उनको भनाइ छ। खाना खाँदै निर्वाचनको खाका तय गर्ने क्रम बढेसँगै होटलमा भन्दा रेस्टुराँ र भोजनालयमा भीड बढेको उनले बताए। तर विगतका वर्षभन्दा पर्यटकीय सिजनमा होटलको बुकिङ भने कम छ। पर्यटकीय सिजनको सुरुवाती चरणमा भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचन र फेरि हुन लागेको संघ र प्रदेशको निर्वाचनले पर्यटकको संख्याका कमी आएको शाहको भनाइ छ। होटल तथा पर्यटन व्यवसायीले अपेक्षा गरेअनुसार पर्यटक नआउँदा पनि एनआरएन सम्मेलनका कारण होटलको व्यवसाय सन्तोषजनक रहेको उनको भनाइ छ। त्यसका पनि एनआरएनका प्रतिनिधिको सबैभन्दा बाक्लो उपस्थिति दरबारमार्ग क्षेत्रमा देखिएको छ। साँझपख दरबारमार्गका होटल, रेस्टुराँ तथा भोजनालयमा प्रतिनिधिको भीड बढेको देखिन्छ। बस्नका लागि होटलका कोठा बुकिङ गरे पनि साथीसँगको भेटघाट र निर्वाचनको रणनीति तय गर्न खाजानास्ताको साथमा रेस्टुराँमा भीडभाड बढेको शाह बताउँछन्। दरबारमार्गकै तारे होटल अन्नपूर्णको कुल अकुपेन्सीको पाँच प्रतिशतभन्दा बढी एनआरएनका प्रतिनिधिकै उपस्थिति छ । होटलका सहायक बजार प्रबन्धक सुअर्पना शाहीले एनआरएन प्रतिनिधि र विदेशी पर्यटकको बुकिङ राम्रो रहेको बताइन्। होटलमा अहिले आन्तरिक पर्यटकभन्दा विदेशी पर्यटक नै बढी रहेको उनले जानकारी दिइन्। होटलमा रहेको सेमिनार हल पनि पूर्ण रूपमा बुकिङ रहेको शाहीले बताइन्। होटल ह्यात र अन्नपूर्णबाहेक दरबारमार्गआसपसमै रहेका होटेल याक एन्ड यती, र्‍याडिसन र सांग्रिलामा पनि एनआरएनएका प्रतिनिधिको बाक्लै उपस्थिति रहेको संघका महासचिव शाह बताउँछन्। त्यसबाहेकका ललितपुरको हिमालय होटल, सोल्टीमा पनि केही एनआरएनका प्रतिनिधिको बुकिङ रहेको छ । एनआरएनको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने अवस्था आएसँगै भोजनालय र रेस्टुराँमा चाप बढेको उनको भनाइ छ। नयाँ नेतृत्वका लागि तीनजना चुनावी मैदामा उत्रिएका छन् । यसले गर्दा समूहसमूहमा बस्ने र रमाइलो गर्नेको भीड बढेको हो। नयाँ नेतृत्व चयनका लागि ७७ राष्ट्रबाट झन्डै दुई हजारभन्दा बढी एनआरएन प्रतिनिधि अहिले काठमाडौंमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies