Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

गल्कोट महोत्सवमा एक करोडको कारोबार

\"\" गुल्मी । बागलुङको गल्कोटमा सञ्चालन भएको प्रथम गल्कोट सांस्कृतिक महोत्सवमा हजारौँले महोत्सवको अवलोकन गरेका छन् । यही असोज १८ देखि सञ्चालन भएको सांस्कृतिक महोत्सवको नौँ दिनसम्म झण्डै १८ हजार मानिसले महोत्सवको अवलोकन गरेको प्रथम गल्कोट सांस्कृतिक महोत्सव व्यवस्थापन समितिका अध्यक्ष हर्क पाण्डेले जानकारी दिए। साथै, महोत्सवमा सञ्चालित भएका होटल व्यवसायी, झुला पिङ, फलफूल, ६८ स्टलका फेन्सी, कपडा पसल, मोबाइललगायत गरी महोत्सवको नौँ दिनसम्म झण्डै रु एक करोड कारोबार भएको अनुमान गरिएको महोत्सव व्यवस्थापन समतिका अध्यक्ष पाण्डेले जानकारी दिए । समग्र गल्कोट क्षेत्रको पर्यटन तथा कला संस्कृति प्रचारपसार प्रवद्र्धनका लागि प्रथम गल्कोट महोत्सव केन्द्रित रहेको समेत महोत्सव व्यवस्थापन समितिका अध्यक्ष पाण्डेले जानकारी दिए। सांस्कृतिक महोत्सवमा प्रथम गल्कोट डान्स आइडल, खुल्ला लोकदोहोरी प्रतियोगिता, महिला रत्यौली गीत तथा नृत्य, खुल्ला भलिबल प्रतियोगिता राष्ट्रिय तथा स्थानीय कलाकार प्रस्तुति, हास्य व्यंग्ङ्य र बाल मनोरञ्जन, गल्कोटका सांस्कृतिक झाँकी, सर्वाधिक सस्तो बजारलगायत महोत्सवका मुख्य आकर्षण रहेका हिमालयन म्यूजिकल इमेन्ट म्यानेजमेन्ट प्रालिका सचिव मोहन केसीले जानकारी दिए। विशेषगरी महोत्सव पर्यटन क्षेत्रको प्रवद्र्धन र प्राकृतिक प्रकोपबाट पीडितको सहयोगार्थ गरिएको प्रालिका सचिव केसीले बताए । महोत्सवमा केही कार्यक्रम समयभित्र सक्न प्राविधिक समस्या भएको हुँदा महोत्सवलाई दुई दिन लम्बाएर असोज ३० गतेसम्म सञ्चालन हुने हिमालयन म्यूजिकल इभन्ट म्यानेजमेन्ट प्रालिका सचिव मोहन केसीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies