Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

‘प्रकाश दाहाल अर्थात एक कुशल व्यवस्थापक’

\"\"आधुनिक समाज र व्यस्त जनजीवनमा एक मिनेटको महत्व निकै गुरुत्वको हुन्छ । व्यस्त सामाजिक जीवनमा समयको व्यवस्थापन सैद्धान्तिक दृष्टिले सामान्य सवाल लागे पनि व्यवहारिक जीवनका दृष्टिले निकै गुरुत्वपूर्ण छ । आज व्यक्तिगत जीवन, संगठन र संस्थागत प्रणालीमा समेत समयको व्यवस्थापनले निकै महत्वपूर्ण अर्थ राख्दछ । कतिपय सन्दर्भमा समयको व्यवस्थापन नै व्यक्तिको सफलता र असफलताको ब्यारोमिटर समेत बन्ने गरेको छ । समयको व्यवस्थापन कसरी गर्ने रु व्यक्तिगत र प्रशासनिक जीवनको व्यवस्थापन कसरी गर्ने ? आधुनिक समाज र प्रणालीका दृष्टिले यसले महत्वपूर्ण अर्थ राख्दछ । हकिन्सका अनुसार ‘समयको व्यवस्थापनको अर्थ आधुनिक जीवनका बहुआयमिक आयामहरुको व्यवस्थापन र सन्तुलन हो ।’ नीति निर्माता र त्यसका व्यवस्थापकहरुले समय कसरी व्यवस्थापन गर्दछन्, त्यसले देशकै राजनीति र विकासको चित्रमा काफी प्रभाव राख्दछ । अझ राजनेताका रुपमा स्थापित नेतृत्वको कार्यालय र त्यसको टिम कस्तो छ र ? भन्ने कुरासँग देशकै भविष्य जोडिएको हुन्छ । यसर्थ, पनि समयको व्यवस्थापन गर्नसक्ने नेतृत्व र व्यवस्थापकको खोजी आजको सन्दर्भमा निकै महत्वपूर्ण छ । सर्वहारा वर्गीय राजनीतिक धरातल र वर्ग सङ्घर्षको पेचिलो मोर्चाबाट निखारिएका युवा नेता हुन् प्रकाश दाहाल । तर, खुल्ला राजनीतिमा प्रवेशसँगै मध्यम वर्ग र मीडिया उनका विरुद्ध यति धेरै लागे, मानौं कि उनी नेपालमा सबैभन्दा बढ्ता कुख्याती कमाएका व्यक्ति हुन् । यथार्थ त्यस्तो हो वा होइन रु प्रचार प्राकृतिक छ वा कृतिम एवं पूर्वाग्रह प्रेरित रु यसको कसैले सामान्य समीक्षा गर्नेसम्म कोशिस गरेनन् । उनीहरुका लागि त्यो समीक्षा जरुरी पनि थिएन । किनकि, प्रचारको एक मात्र ध्येय माओवादी आन्दोलन र यसको नेतृत्वमाथि विभिन्न कोणबाट प्रहार गर्नु नै थियो । व्यक्ति सामाजिक जीवन र परिवेशको उपज हो । सामाजिक जीवन र परिवेशको अपवाद हुने गरी व्यक्तित्वको निर्माण र विकास दुवै असम्भव हुन्छ । सामाजिक संरचना, आर्थिक आधार र उपरिसंचरनाको प्रभाव व्यक्तित्व निर्माणमा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । हाम्रा आर्थिक र राजनीतिक आधारहरुले व्यक्तित्व निर्माणमा पनि निर्णायक अर्थ राख्दछन् । यसरी हेर्दा समाजमा भएका गुण दोषको असर व्यक्तिको जीवनमा पनि लागु हुन्छ । त्यही गुण र दोषको अन्तर्सम्बन्धकै जगमा उभिएका छन् प्रकाश दाहाल । प्रकाश दाहाल राष्ट्रिय राजनीतिका निर्णायक पात्र पक्कै होइनन् । तर, उनको भूमिका र सम्बन्धले माओवादी आन्दोलन, नेतृत्व र भविष्यमा निकै ठूलो अर्थ राख्दछ । कुनै बेला उनी प्रकाश दाहाल मात्रै थिए । संयोग र साधनाको जगमा आज उनी फरक भूमिकामा छन् । आम मानिसमा जस्तै उनमा पनि गुण र दोषहरु अवश्य छन् । तर, गुण र दोषको तुलनामा उनको कुख्याती वा प्रख्यातीमा के मूख्य हो रु यसमाथि अलिकति बिमर्श आवश्यक ठान्दछु । प्रकाश दाहाल राष्ट्रिय राजनीतिका निर्णायक पात्र पक्कै होइनन् । तर, उनको भूमिका र सम्बन्धले माओवादी आन्दोलन, नेतृत्व र भविष्यमा निकै ठूलो अर्थ राख्दछ । कुनै बेला उनी प्रकाश दाहाल मात्रै थिए । संयोग र साधनाको जगमा आज उनी फरक भूमिकामा छन् । अहिले उनको भूमिका प्रचण्ड र नेपाली राजनीतिको सफलता र असफलतासँग गाँसिएको छ । प्रकाश दाहालका केही विशेषता पक्कै छन्, जसका उनी बहसको चौघेरामा छन् । मैले चिन्दा प्रकाश दाहाल एक कुशल प्रशासक एवं व्यवस्थापक हुन् । प्रचण्ड पार्टी अध्यक्ष हुँदा होस् वा प्रधानमन्त्री, हरेक समय र जिम्मेवारीमा उनको भूमिका एक प्रशासक र व्यवस्थापककै हुने गरेको छ । उनले गरेको प्रशासकीय व्यवस्थापनले सबैलाई सन्तुष्ट पार्न सक्ने अवस्था पक्कै पनि छैन र हुँदैन । त्यसका आफ्नै सीमा र समयको दवाव पनि छ । स्थानीय तहदेखि केन्द्र अनि अन्तर्राष्ट्रिय समुदायसम्मको संयोजनको भूमिकामा रहेका कारण जस अपजसको भागिदार पनि उनी नै हुने गरेका छन् । तर, उनको भूमिकाकै कारण यी सबै अन्तरविरोध र दवावका बाबजूद पनि प्रचण्ड प्रधानमन्त्री हुँदा वा पार्टी अध्यक्ष हुँदा व्यवस्थापकीय जिम्मेवारीलाई प्रकाशले कुशलतापूर्वक नै निर्वाह गरिरहेका छन् । प्रकाशसँग भएको सबैभन्दा ठूलो पूँजी समयको व्यवस्थापन र कुशल प्रशासन हो । उनी समयको महत्व बुझ्दछन्, जनताको भावनाको प्रतिनिधित्व गर्नैपर्ने कार्यक्रम र भेटघाटको गुरुत्वको राम्रो बोध छ । उनी प्राथमिक कार्यसूचीमा राख्नैपर्ने कार्यक्रमको व्यवस्थापनमा आफ्नो अडान राख्छन् । कसले के भन्छ र ? त्यसको उनी मतलव गर्दैनन् । बरु, कसरी प्रचण्ड सफल हुन्छन्, कुन योजना र कार्यक्रमलाई प्राथमिकता दिँदा जनताको सेवा, आर्थिक समृद्धि र वर्गको आकांक्षा पुरा हुन सक्दछ  ? त्यसमा उनको पुरै ध्यान जान्छ । अनि, आफ्नो निर्णयमा उनी कठोरतापूर्वक अघि बढ्छन् र सफल हुन्छन् । यसो गर्दा कहिलेकाहीँ आफ्नो स्वार्थ पूर्ति नहुँदा नेताहरु उनीसँग बिच्कन्छन् र उनका विरुद्ध भ्रामक प्रचारमा लाग्छन् । प्रकाशको अर्को विशेषता प्रशासकीय कुशलता हो । उनी प्रशासक, कुटनीतिज्ञ, राजनीतिज्ञ लगायतका सबैसँग दमका साथ आफ्नो मत राख्ने हैसियत राख्छन् । उनी निर्भिकतापूर्वक आफ्नो कुरा राख्छन् र त्यसलाई कार्यान्वयन गराएरै छोड्छन् । उनको यहीँ विशेषताका कारण प्रशासक, राजनीतिक नेतादेखि कुटनीतिज्ञसम्म सबै उनको कुशलतासामू नतमस्तक हुन्छन् । उनी सबैसँग आफ्नो कुरा सहज, कलात्मक र मित्रवत् ढंगले राख्न सक्छन्, त्यसकै कारण उनी नागरिकका चाहना र विकासका काममा सफल हुन्छन् । प्रकाश दाहालको काल्पनिक चित्र जति कुरुप रुपमा प्रस्तुत गर्ने गरिएको छ । प्रकाश जिब्रो चपाउन जान्दैनन्, उनलाई आफ्नोभन्दा प्रचण्डको कार्यकाल असफल होला भन्ने चिन्ताले सताएकै हुन्छ । उनी आफ्नो भन्दा प्रचण्ड, पार्टी र राष्ट्रिय हित एवं स्वार्थका बारेमा बढी सोच्छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई व्यक्तिगत स्वार्थका लागि भेट्न खोज्ने, दवाव दिने, जालसाजी गर्ने सोंच र प्रवृत्तिलाई सिधै इन्कार गर्छन्, यही पूँजीले नै प्रकाश माओवादी आन्दोलनको हेडक्वार्टर र सत्ता केन्द्रको व्यवस्थापनको निरन्तरतामा छन् । तर, उनको प्रवृत्ति र सोंच त्यसभन्दा बिल्कूल पृथक छ । उनी हरेक कुरालाई सहजतामा ग्रहण गर्दछन्, साना ठूला समस्यामा पनि आफ्नो हैसियतले सहयोग गर्छन्, सद्भाव राख्छन् । उनी कसैको पनि समस्यामा तमासे बन्दैनन्, भावनात्मक रुपमा उनी जति नरम छन्, त्यसले जतिसुकै विरोधका बाबजूद पनि उनको उचाईं बढाइरहेको छ । सायद विरोधीहरु प्रकाशको यही उचाईबाट आतङ्कित पनि छन् । सत्य कुराका लागि प्रकाश जिब्रो चपाउन जान्दैनन्, उनलाई आफ्नोभन्दा प्रचण्डको कार्यकाल असफल होला भन्ने चिन्ताले सताएकै हुन्छ । उनी आफ्नो भन्दा प्रचण्ड, पार्टी र राष्ट्रिय हित एवं स्वार्थका बारेमा बढी सोच्छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई व्यक्तिगत स्वार्थका लागि भेट्न खोज्ने, दवाव दिने, जालसाजी गर्ने सोंच र प्रवृत्तिलाई सिधै इन्कार गर्छन्, यही पूँजीले नै प्रकाश माओवादी आन्दोलनको हेडक्वार्टर र सत्ता केन्द्रको व्यवस्थापनको निरन्तरतामा छन् । राजनीतिमा समर्थन र विरोध स्वाभाविक होला । तर, कतिपय यस्ता मुद्दाहरु उठाइन्छ, जहाँ सत्यताको एक अ‌ंश पनि हुँदैन । मीडियाहरुले यस्ता विषयहरु उठाइदिन्छन्, जहाँ भ्रमको जञ्जाल मात्रै हुन्छ । तर, जनतालाई भ्रम दिन सकिने प्रशस्त कृतिम आधार खडा गरिएका हुन्छन् । प्रकाशमा जुन दृढता र ईच्छाशक्ति छ, त्यसमाथि प्रहार गरेर प्रचण्ड कमजोर पार्ने प्रयत्न आजको पक्कै होइन । तर, कतिपय माओवादी नेताहरु नै यो सत्य बुझ्दैनन् । अनि, प्रकाशमाथिको प्रहारलाई प्रचण्ड र माओवादी आन्दोलनको सम्बन्धबाट अलग गरेर हेर्ने गल्ती गर्दछन् । यहीँ कारण बेलाबखत विरोधीहरुले पनि चरमा छिनो हाल्ने अवसर पाउने गरेका छन् । समग्रमा प्रकाश दाहाल एक आम र सामान्य नागरिक हुन् । तर, उनीमा केही विशेष गुणहरु छन्, जसका कारण नै प्रकाशका रुपमा स्थापित छन् । उनको व्यक्तित्वलाई जति कुरुप तस्वीरका रुपमा प्रस्तुत गर्ने जमर्को गरिन्छ, त्यहाँभित्र उनको व्यक्तित्वसँगको आतंक सन्निहित छ । कुशल व्यवस्थापन, प्रशासकीय दक्षता, मित्रवत् सम्बन्ध र कामको प्राथमिकता एवं गुरुत्वको गहिराई बुझ्न सक्ने क्षमताका कारण नै उनी आजको ठाउँमा छन् । यही गुणलाई विकास गर्दै जाँदा एक दिन उनको व्यक्तित्वले राजनीतिमा छुट्टै पहिचान लिनेमा कुनै शंका छैन। एभरेष्ट दैनिकबाट साभार
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies