Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

परराष्ट्रमन्त्री महरासंग गोन्जालेजकाे शिष्टाचार भेट

\"\"काठमाडाैं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र जेनेभास्थित अन्तर्राष्ट्रिय व्यापार केन्द्र(आइटिसी)का कार्यकारी निर्देशक अरान्चा गोन्जालेजबीच आज शिष्टाचार भेट भएको छ । परराष्ट्र मन्त्रालयमा आज बिहीबार भएको भेटवार्तामा आर्थिक कुटनीति तथा वहुपक्षीय व्यापार प्रवद्र्धनलगातका विषयमा छलफल भइको हो । सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपालको निकासी प्रवद्र्धनमा आइटिसीले सकारात्मक भूमिका निर्वाह गरेको बताए । नेपाली घरेलु उत्पादनको अन्तर्राष्ट्रिय ‘ब्रान्डिङ’मा आइटिसीले थप सहयोग गर्ने विश्वास व्यक्त गर्दै महराले नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेको स्पष्ट पारे । उपप्रधान मन्त्री महराले भने, आफूले परराष्ट्र मन्त्रालय सम्हालेदेखि परम्परागत कुटनीति भन्दा पनि आर्थिक कुटनीतिलाई विशेष प्राथमिकता दिएको र विश्वका अधिकांश मुलुकले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर सम्बन्ध विस्तार गरिरहेको बताए । सो अवसरमा कार्यकारी निर्देशक गोन्जालेजले नेपालमा आर्थिक विकास तथा व्यापारको अपार सम्भावना भएको भन्दै उत्पादन, ब्रान्डिङ र मार्केटिङमा ध्यान दिनुपर्नेमा जोड दिए । नेपालका उत्पादनहरु कफी, चिया, अलैंची एवम् नेपाली कागज अन्तर्राष्ट्रिय बजारका लागि महत्वपूर्ण वस्तु भएको भन्दै उनले ठूलो मात्रामा उत्पादन तथा गुणस्तरमा ध्यान दिनुपर्ने बताए । परराष्ट्र मन्त्रालयले परम्परागत कुटनीति भन्दा पनि आफ्ना नियोगमार्फत आर्थिक प्रवद्र्धनको पाटोलाई विशेष जोड दिनुपर्ने उनको भनाई थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies