Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

बैतडीमा किशोरी सम्मेलन शुरु

\"\"बैतडी। बैतडीमा जिल्ला किशोरी सम्मेलन शुरु भएको छ । नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषको सहयोगमा किशोरी सम्मेलन बुधवारदेखि शुरु भएको हो । बिहीबारसम्म सञ्चालन हुने सम्मेलनले जिल्ला किशोरी सञ्जाल गठन गर्ने संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए। बालविवाह न्यूनीकरणको अभियानलाई गति प्रदान गर्नका लागि सञ्जाल गठन गरिन लागेको उनले बताइन । सञ्जालमा जिल्लाका विभिन्न ठाउँमा गठन गरिएका किशोरीको सहभागिता रहेकोछ । यस्तै सम्मेलनमा किशोरीवृत्त समूहले अहिलेसम्म बालविवाह न्यूनीकरणका लागि गरेका प्रयास, प्राप्त उपलब्धि र चुनौती तथा समस्याका बारेमा छलफल गरिएको छ । छलफलमा किशोरीले बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरिरहँदा सुरक्षा चुनौतीसमेत रहेको आँैल्याएका छन् । बालविवाह न्यूनीकरणका लागि सबै लाग्नुपर्ने बालविवाह न्यूनीकरणका लागि सरोकारवाला सबैले लाग्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा बुधबार सदरमुकामगढीमा आयोजना गरिएको अन्तर संवाद कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागी किशोरीले बालविवाह न्यूनीकरणका लागि परिवारबाटै अभियान शुरुवात हुनुपर्ने बताएका छन् । बालविवाह न्यूनीकरण अभियान सञ्चालन गर्ने बेला धेरै चुनौती भए पनि पछिल्लो समयमा केही हदसम्म बालविवाह न्यूनीकरण भएको उनीहरुले बताएका हुन् । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले बालविवाह न्यूनीकरणका लागि स्थानीय प्रशासन प्रतिबद्ध रहेको बताए । यस्तै दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले दशरथचन्द नगरपालिकालाई निकट भविष्यमै बालमैत्री नगरपालिका घोषणा गरिने बताए । नगरपालिकाभित्र हुने बालविवाह रोक्नका लागि आफूहरुको अभियान जारी रहेको उहाँले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies