Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

विद्यालयका लागि रु एक करोड संकलन

 

\"\"बाबियाचौर। म्याग्दीको ग्रामीण क्षेत्रमा रहेको एक सामुदायिक विद्यालयको तह थप गर्न समुदायले रु एक करोड जुटाएका छन् । मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको भीम माविको स्तरवृद्धि गर्ने उद्देश्यले सञ्चालित चन्दा संकलन अभियानमार्फत सो रकम जुटेको हो । विद्यालय स्थापना भएको ५० वर्ष पुगेको अवसरमा डेढ वर्षसम्म सञ्चालित अभियानका क्रममा समुदायबाट रु एक करोड जुटाइएको प्रअ डम्मरबहादुर घर्तीले जानकारी दिए । २०७३ वैशाख ६ गतेदेखि शुरु भएको अभियानको २०७४ असोज १७ गते विशेष समारोहको आयोजना गरी समापन गरिएको थियो । स्थानीयवासी, विश्वका विभिन्न देश र नेपालका विभिन्न ठाउँमा बसोबास गर्ने देवीस्थान बासी, पूर्व विद्यार्थी, छिमेकी गाउँका बासिन्दा र म्याग्देलीबाट सो सहयोग जुटेको हो । सो रकम खर्च कटाएर अक्षयकोष स्थापना गर्ने र त्यसको ब्याजबाट विद्यालयमा पुस्तकालय, कम्प्युटर कक्ष, विज्ञान प्रयोगशाला सञ्चालनका साथै दश जोड दुई तह र प्राविधिक विषयको कक्षा सञ्चालनमा परिचालन गर्ने लक्ष्य राखिएको अभियानका मूल संयोजक समेत रहेका  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर पुनले बताए । ‘देवीस्थानवासीको अग्रसरता, समुन्नत समाज र गुणस्तरीय शिक्षामा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सञ्चालित अभियानमा देवीस्थान घर भई हाल काठमाडौँ निवासी बेलायती गोर्खा सैनिकका सेवानिवृत्त क्याप्टेन जीतबहादुर घर्तीले सबैभन्दा बढी रु २० लाख सहयोग गरेका छन । देवीस्थान समाज, काठमाडौँले समेत अभियान सफल बनाउन सहयोग गरेको विद्यालयले जनाएको छ । रु दश हजारभन्दा बढी सहयोग गर्नेको विद्यालय परिसरमा स्थापना गरिने शिलालेखमा नाम राखिने भएको छ । अभियानको समापन गरिए पनि शिलालेख स्थापना नहुँदासम्म इच्छुकले चन्दा दिन सक्ने विद्यालयले जनाएको छ । हाल कक्षा दशसम्मको पठनपाठन हुने सो विद्यालयमा २५६ जना विद्यार्थी अध्ययनरत छन् । देवीस्थानका विद्यार्थी एसइई तह उत्तीर्ण भएपछि उच्च शिक्षा हासिल गर्न गाउँ छाडेर दरवाङ, ताकम, सदरमुकाम बेनी र जिल्ला बाहिर जाने गरेका छन् । गाउँमै उच्च शिक्षाको व्यवस्था भएमा गरिब, विपन्न समुदायका विद्यार्थीलाई सहज हुने अपेक्षा गरिएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies