Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

मधेश आन्दोलनकै उद्गमस्थलमा राजपाको परिणाम शून्य, किन दाैडिएन साइकल ?

\"\"लहान । मधेश आन्दोलनको उद्गमस्थलरुपमा रहेको सिरहामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् । मधेश आन्दोलनकै क्रममा विभिन्न पाँच वटा मधेश केन्द्रित दल मिलेर बनेको राजपा मधेश आन्दोलनकै उद्गमस्थल सिरहामा नराम्रोसँग पराजित भएपछि नेता कार्यकर्तामा निराशा छाएको हो ।

राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादव, राजपाका नेता रामुकमार मण्डल लगायतका केन्द्रीय नेताको गृह जिल्लासमेत रहेको सिरहामा १७ स्थानीय तहमध्ये एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता मात्र होइन, सर्वसाधारणसमेत आश्चर्य चकित भएका छन् । आन्दोलनकै गर्भबाट जन्मेको राजपाले आन्दोलनकै उद्गमस्थलमा नराम्ररी हार्नुले आफूहरु आश्चर्यमा परेको सर्वसाधारण बताउँछन् । राजपाका नेताबीच टिकट वितरणमा भएको किचलो, ढिलो गरी चुनावमा जाने निर्णय गर्नुजस्ता कारणले राजपा यहाँ नराम्ररी पराजित भएको लहान नगरपालिका– ८ का सत्यनारायण चौधरी बताउछन् । उनी भन्छन्, “समयमा उपयुक्त उम्मेदवार तय गर्न सकेको भए, यस्तो नराम्रो राजपाको परिणाम आउने थिएन, यसमा धेरै कमीकमजोरी भएको छ ।” सर्वसाधारण मात्र होइन, स्वयं राजपाका नेतासमेत आफ्नै कमीकमजोरीका कारण चुनावमा अकल्पनीय परिणाम आएको स्वीकार गरे । निर्वाचन हुनुभन्दाअघिसम्म हाम्रो यस्तो नराम्रो परिणाम आउँछ, जस्तो लागेको थिएन, राजपा नेपाल सिरहाका अध्यक्ष रामबहादुर महतोले भने, “तर अहिले जसरी परिणाम आयो, यो परिणामबाट हामी आश्चर्यमा परेका छाैं ।” धेरै नभए पनि सिरहामा तीन/चार वटा स्थानीय तह जित्छौँ, भन्ने लागेको थियो, तर त्यो हुन सकेन, उनले अगाडि थप्नुभयो, “हामी लामो समयसम्म आन्दोलनमै रह्याै, अर्काे कुरा आन्दोलनकै बीचमा पार्टीले ढिलोगरी चुनावमा जाने निर्णय गर्यो, जसका कारण सही ढंगले उम्मेदवार चयन गर्न सकेनौँ, हतारहतारमा चुनाव लड्नुपर्नेजस्ता कारणले हामीले सिरहामा नमिठो हार बेहोर्नु पर्यो ।” अहिलेको चुनावमा भएको कमीकजोरीबाट पाठ सिकेर अगामी मंसिरमा हुने चुनावमा बढी सिट जित्ने गरी तयारीमा जुटेको उनी बताउछन् । यस्तै सत्ताघटक नेपाल लोकतान्त्रिक फोरमले पनि सिरहामा खाता खोल्न सकेन । निर्वाचनको पूर्वसन्ध्यामा पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सिरहामा पार्टीलाई जिताउन ठूलै प्रयास गर्नुभयो तर उनको प्रयास सार्थक हुन नसक्दा नेता कार्यकर्तामा निराशा छाएको छ । दोस्रो संविधानसभा निर्वाचनमा सिरहाको चार वटा क्षेत्र जितेको नेपाली काँग्रेस स्थानीय तह निर्वाचनमा मात्र दुई वटा स्थानीय तह जित्न सफल भएको छ । काँग्रेस कोषाध्यक्ष सीतादेवी यादव, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, प्रभावशाली नेता प्रदीप गिरी, पद्मनारायण चौधरीजस्ता काँग्रेसका प्रभावशाली नेताको गृह जिल्लासमेत रहेको सिरहामा काँग्रेस कमजोर भएको काँग्रेसीजनको बुझाइ छ । पार्टीभित्र देखिएको गुटउपगुट, समयमा उम्मेदवार चयन हुन नसक्नु, उम्मेदवार चयनमा देखिएको तीव्र विवाद लगायतका कारणले जिल्लामा पार्टीले धेरै स्थानीय तह गुमाउनुपरेको काँग्रेसका नेता बताउछन् । असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनमा राजपा र नेपाल लोकतान्त्रिक फोरमले सिरहामा खाता खोल्न नसक्दा यसको फाइदा नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपालले उठाएको देखिन्छ । दोस्रो संविधानसभा निर्वाचनमा सिरहाको छ वटा निर्वाचन क्षेत्रमध्ये एउटामा मात्र जित्न सकेको माओवादीले स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी छ वटा स्थानीय तहमा जीत हासिल गर्दै पहिलो शक्ति बनेको हो । सिरहाको १७ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक हँुदा पाँच वटा स्थानीय तह जित्दै संघीय समाजवादी फोरम दोस्रो, चार वटा स्थानीय तह जितेको नेकपा एमाले तेस्रो र दुई वटा स्थानीय तह जितेको नेपाली काँग्रेस चौथोमा खुम्चिएको छ । निर्वाचन दलको परीक्षण हुने प्रक्रिया भएकाले अहिलेको निर्वाचनमा भएका कमीकमजोरीबाट पाठ सिक्दै संगठन सुदृढीकरण र आगामी निर्वाचन आफ्नो पक्षमा पार्ने गरी तयारी थाल्नु जरुरी रहेको बुद्धिजीवीको भनाइ छ ।  रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies