Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

डा.बाबुराम भट्टराईलाई नयाशक्ती पुर्व अभियान्ताको खुल्लापत्र

\"\"आदरणीय नेता बाबुराम,हामिले गर्ने आलोचनालाइ गाली नसम्झनुहोला,हामिले जति गाली गरेपनी तपाइको कुभलो चिताएर गरेको पक्कै हैन,हामिलाइ जति तपाइको माया अहिले अवसर खोज्दै तपाइको गुणगान गाउने हरेक राम्रा या नराम्रा काम गर्ने उक्साउने र आफुलाइ तपाइको खास मान्छे भन्न रुचाउनेहरुलाइ पक्कै छैन।छिमेकिले गर्ने माया भन्दा आमाको कुटाइमा बढी माया हुन्छ भन्ने बुझ्नुहोला।अनि सचेत ती सँग रहनुस जसले त्पाइले बीष ल्याएर यो अमृत हो भन्दा नि तपाइलाइ उक्साउन होहोभन्दै ताली पिट्छन।तपाइजहा जुन अवस्था र जुन बाटोमा हिडेपनी तपाइको राजनितिक ईतिहास माओबादी आन्दोलन दशबर्षे महान जनयुद्ध हजारौ को बलिदानी त्याग र तपस्यासँग नै जोडिएको छ।जुन कुरा तपाईं देखावटि रुपमा नस्विकारे पनि अन्तरआत्मले स्विकार गर्नै बाध्य बनाउछ। तपाँइ संघीयता गणतन्त्र धर्मनिरपेक्षता,संबिधानसभाबाट संविधान जस्ता परिबर्तनको संबाहक मध्य एक हुनुहुन्छ,हिजो तपाइहरुकै उत्प्रेरणमा आफ्नो सारा खुसी र ब्यक्तिगत स्वार्थलाइ त्यागेर तपाइहरुकै अभियान जनयुद्दमा लामबद्द भै सहादत प्राप्त गर्ने अमर शहिदहरुको आत्मले तपाइहरु टुटेको फुटेको स्विकार गर्न सक्दैनन,हिजो त्यही अभियानमा लामबद्द भै सेनाको गोलि लागि घाइते भएकाहरुको चाहना पनि तपाइहरुको बाटो फरक होस भन्ने पक्कै छैन । त्यसैले प्रिय नेता ज्यु एकपल्ट गम्भीर भएर सोच्नुस तर फुटेर बैध्यले के गर्न सके र बिप्लबले के गरेरुअनि नयाँ शक्तिले अहिलेसम्म के गर्यो फाइदा के त फुटेर र त्यसैले आउनुस ध्रुबिकरण अभियानमा जोडिनुस आफ्नै पुरानै इतिहाससँग सके सँगै अघि बढौला नसके संगै पछि हटौला। संबिधान निर्माण लगत्तै माओबादी केन्द्रसँग संबन्ध बिच्छेद गरेर तपाईं बाहिरिनुभयो।त्यतिबेला तपाइले माओबादी केन्द्रमाथि केही आरोप सहितको टिप्पणीहरु गर्नुभएको थियो।पार्टिबाट बाहिरिए पछी तपाइले ती आरोपहरुलाइ प्रमाणित गर्न सक्नुभयो कि भएन समीक्षा गर्नुस।तपाइले प्रतिपादन गरेको ५ स मध्य कुन स को अर्थलाइ ब्यबाहारिक रुपमा पालना गर्नुभएको छ र अर्थात नयाँ शक्ति पार्टिभित्र नै त्यसको ब्यबहारिक प्रयोग हुन र गराउन नसक्नु तपाइको कमजोरी हो कि हैन आत्मसमिक्षा गर्न पर्छ कि l हिजो तपाइले माओबादी पार्टी छाडेकै दिन अर्थात २०७२ असोज ९ गते नै आफू आबद्द रहेको जनप्रगतिशिल मंच छाडेर तपाइको समर्थनमा लागेको ब्यक्ती हु म त्यसै तपाइको पछि लागेको थिइन र मैले आफू आबद्द संगठन छाडेको थिइन थिए त केबल तपाइले देखाएको सपनाको पछि लागेको थिए।आर्थिक बिकास समृद्धि,बेरोजगारि अन्त्य,समतामुलक समाज निर्माण शुशासन जस्ता सपनाहरु देखाउनुभएको थियो।त्यसैले पछि लागेका थियौ म र म जस्ता हजारौ ब्यक्ती हरु तपाँले एक्लै पार्टी छाडेर निस्कदा पनि तपाइप्रतिको आशा भरोसाले तपाइले पछि लाग्नेहरु धेरै थिए।अरुको त कुरै छाडौ तपाइसँगै ३७ बर्ष राजनितिक सहयात्री भएर हिडेका देबन्द्र पौडेल क.सुनिलले तपाइसंगको साथ कुनै लहडमा छाडेका होला र कुनै लोभ र प्रलोभनमा परेर तपाईसँगको यात्रामा पुर्णबिराम लगाएका होलान कदापी होइनन । तपाँइ प्रधानमन्त्री हुदा तपाँइको आर्थिक सल्लाहकार बनेर तपाइको कामबाट प्रभाबित भएर तपाँइसँगै नयाँ शक्ति बनाउन हिडेका रामेश्वर खनाल के त्यसै हिडेका होलान अरुले साथ छाडेर हिड्दा त्यसलाइ अनेक आरोप लगाएर गाली गरेर त्यसको खोइरो खन्न भन्दा बरु किन दिनानुदिन म प्रतिको बिस्वास धेरैमा गुमिरहेको भनेर सोच्ने हो कि l डाक्टर साब माओबादिभित्र रहदा तपाइलाइ काम गर्ने अवसर दिइएन अरुको अन्डरमा रहदा आफुअनुकुल आफ्नो योजना मुताबिक काम गर्नै नपाउनु भएकै होला भन्ने हामिलाइ पनि लागेको थियो । त्यसैले अब त तपाइबाट केहि हुन्छ तपाइको नेतृत्वले केही गर्न सक्छ तपाइसँग जनताको जिवनस्तर उकास्न सक्ने क्षमता छ भन्ने आशाले नै हामी तपाइको पछि लागेका हौ।तर करिब १८ महिना सम्म हेर्दा ति आशा सबै निराशामा परिणत भयो।आखिर आफ्नो शुभचिन्तक त्यो अवस्थामा पुग्ने परिस्थिती कसरी निर्मान भयो गम्भिर भएर सोच्ने हो कि आजकल त तपाइलाइ आफैले सिकाएको मार्क्सबाद,लेनिनबाद,माओबाद मिथ्या लाग्न थालेका छन है हिजोका सहयात्रीहरु सबैभन्दा नजिकका शत्रु जस्ता लाग्छन है त्यसैले त होला घरी घरी खाओबादी भन्दै हिड्नुहुन्छ,अनि ईतिहास सस्कृती रितिरिवाज परम्पराको खिल्ली उडाउदै टोपी दिवसलाइ अनेक ब्यङ्ग्य गर्नुहुन्छ के हामिले तपाइबाट गरेको अपेक्षा त्यही थियो त । अन्त्यमा हामी तपाँइको शुभचिन्तक हौ,शत्रु हैनौ,जबसम्म तपाइबाट केही आशा थियो केहि गर्नुहुन्छ भन्ने थियो तबसम्म तपाइको पछि लागेकै हो तर जब आशा टुट्यो तब सँगै बस्न सकिएन जता भएपनी तपाइको भलो नै चिताउछौ तपाईं जस्तो ब्यक्तीको क्षमता ओइलिएर गएको भन्दा फस्टाएको नै देख्ने हाम्रो पनि रहर छ।तपाईं प्राबिधिक र बौद्दिक रुपमा पनि दक्ष हुदाहुदै पनि उचित र नेतृत्वदायी राजनितिक भुमिका मा सक्षम हुनुहुदोरहेनछ भन्ने तपाईं आफैले प्रमाणित गरिदिनुभयो नेतृत्वको आलोचना गर्न जति सहज हुन्छ नेतृत्व गर्न त्यो भन्दा हजार गुणा कठिन हुन्छ भन्ने कुरा अब त राम्रोसँग बुझ्नुभो कि ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies