/  Thu, August 17, 2017

पश्चिमका बाढी पीडित क्षेत्रमा दुई आइजीपीसँगै लिएर पुगे गृहमन्त्री शर्मा

नेपालगन्जस्थित बिमानस्थलको भवनमा पश्चिम क्षेत्रमा बाढीपहिरोबाट भएको क्षति र अहिलेको अवस्था सम्बन्धि जानकारी लिदै

काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बाढी पीडित क्षेत्रको निरीक्षणका लागि पश्चिम नेपाल पुगेका छन् । यति एयरलाइन्सको विमान चार्टर गरी गृहमन्त्री शर्माको नेतृत्वमा १९ जनाको टोली आज बिहान ९ः१५ बजे त्यहाँ त्यस तर्फ प्रस्थान गरेको हो ।

गृहमन्त्री शर्माले बाँकेको राप्ती सुनारी गाउँपालिकाको फत्तेपुरमा गएर बाढी प्रभावित जनता तथा पिडीतहरुलाई प्रत्येक्ष भेटघाट गर्दै उद्धारका लागि थप आवश्यक निर्देशन दिएका छन् । त्यसैगरी उनले राप्ती किनारका बस्तीहरु, बर्दियाको बबई किनारका बस्ती र गुलोरिया नगरपालिकाका प्रभावित क्षेत्रहरुको हवाई निरीक्षण गरेका थिए ।

टोलीमा पशु पंक्षी विकासमन्त्री सन्तकुमार थारु, आईजीपी प्रकाश अर्याल, सशस्त्र प्रहरीका आईजीपी सिंह बहादुर श्रेष्ठ, नेपाली सेनाका बलाधिकृत रती बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलीप रेग्मी, केन्दि«य दैवी प्रकोप उद्धार समितिका सदस्य सचिव कृष्ण राउतलगायतको टोली बाँके पुगेको हो । मौसम अनुकूल भएमा पुर्वका बाढी प्रभावित क्षेत्रको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

साउन २९ गते, २०७४ - १५:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसदलाई ‘बाँदर’ भनेपछि संसद बैठकमा…

सांसदलाई ‘बाँदर’ भनेपछि संसद बैठकमा…

काठमाडौं । व्यवस्थापिका-संसद्को बुधबारको बैठकमा बोल्ने क्रममा सांसदहरुले प्रयोग गरेको शब्दप्रति...   
प्रधानमन्त्रीलाई बोलाएर के भनिन् राष्ट्रपतिले ?

प्रधानमन्त्रीलाई बोलाएर के भनिन् राष्ट्रपतिले ?

फाइल फोटो काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता...   
चुनावको मिति तोक्न प्रमुख दलको बैठक शुरु

चुनावको मिति तोक्न प्रमुख दलको बैठक शुरु

काठमाडौं । प्रदेशसभा तथा प्रतिनिधिसभाकाे चुनाबको मिति तोक्न प्रमुख दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा...   
सरकारी गोदाममा कति थन्किएका छन् त्रिपाल र टेन्ट ?

सरकारी गोदाममा कति थन्किएका छन् त्रिपाल र टेन्ट ?

काठमाडौं । केहि दिन अघिदेखि देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोको कारण एक सय भन्दा बढीले ज्यान गुमाएका...   
सरकारी गोदाममा थन्किएको त्रिपाल र टेन्ट वितरण गर्न मन्त्री प्रभु साहको निर्देशन

सरकारी गोदाममा थन्किएको त्रिपाल र टेन्ट वितरण गर्न मन्त्री प्रभु साहको निर्देशन

काठमाडौं । सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरुको गोदाममा रहेका त्रिपाल वितरण गर्ने निर्णय गरेको...   
सर्पको डसाइबाट एक बालकको मृत्यु

सर्पको डसाइबाट एक बालकको मृत्यु

फाइल फोटो राजविराज । सप्तरीको कृष्णसावरण गाउँपालिका–५ मा विषालु सर्पको डसाइबाट आज एकजना बालकको मृत्यु...   
प्रचण्ड, शर्मा र मण्डलले सप्तरीमा राहत बाँडे

प्रचण्ड, शर्मा र मण्डलले सप्तरीमा राहत बाँडे

सप्तरी । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीको विपत्तिपछि...   
निधिलाई भेट्न प्रधानमन्त्री देउवा अस्पतालमा

निधिलाई भेट्न प्रधानमन्त्री देउवा अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र...   
भारत र चिनियाँ सेनाबीच झडप

भारत र चिनियाँ सेनाबीच झडप

फाइल फोटो भारत । महिना दिन भन्दा लामो समयदेखि विवाद रही आएको भारत र चिनियाँ सीमा क्षेत्रमा बुधबार...   
डुबेर आमा-छोरीको ज्यान गयो, अर्की छोरी वेपत्ता

डुबेर आमा-छोरीको ज्यान गयो, अर्की छोरी वेपत्ता

बाँके । राप्ती नदीको डुबानमा परेको नरैनापुर गाउँपालिका ६ गंगापुर कुदेरबेटवा गाउँस्थित सिंगैया नालामा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top