Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

माओवादीभित्र ‘भाँडभैलो'

\"\"काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रभित्र अहिले पार्टीले अवलम्बन गर्ने वैचारिक-राजनीतिक कार्यदिशादेखि सांगठनिक संरचनासम्ममा भाँडभैलो छ । पार्टी संगठनात्मक कार्यविधिबमोजिम बनाउनुपर्ने संरचना बनेको छैन भने सबैभन्दा माथिल्लो निकाय केन्द्रीय समितिकै कति नेता अहिले कुन अवस्थामा छन् भन्ने नेतृत्वलाई नै थाहा छैन । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– पार्टीको केन्द्रदेखि जिल्लास्तरसम्म कहाँ कति संख्याको कमिटी बनेको छ भन्ने तथ्यसमेत माओवादी केन्द्र्रसँग छैन । समावेशी र समानुपातिक प्रतिनिधित्वको नारा सबैभन्दा बढी उठाउँदै आएको उसले भद्दा र ठूलो आकारका संगठन निर्माण गरेको छ । ठूलो आकारका संगठन बनाएपछि माओवादी आफैंले भन्दै आएको ‘जनवादी केन्द्रीयता\' को अभ्यास उसका सदस्यले कमिटीमा बसेर गर्न पाएका छैनन् । जसले गर्दा पार्टी संगठनमा निर्णय गर्ने अधिकार सीमित व्यक्तिमा केन्द्रित छ । त्यसमाथि नेतैपिच्छेको गुटले पार्टी संगठनलाई कमजोर बनाएको छ । पार्टी सचिवालय बैठकमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र ‘जोवन ढल्काउने\' र ‘गुटबन्दी\' गर्ने नेताहरू देखिएको भन्दै कि गुटबन्दी रोक्न अन्यथा घोषित गुटबन्दी गर्न चुनौती दिनुपरेको छ । पार्टी हेडक्वार्टरमै रहेका नेता ‘सनक\' का भरमा कहिले राजीनामा दिन्छन्, कहिले निष्क्रिय बसिदिन्छन् । पार्टी केन्द्रमै उसको ४ हजारको संगठन बनेको छ । जनवर्गीय संगठन र जातीय क्षेत्रीय मोर्चाभित्र झनै भाँडभैलो छ । कतिपय भ्रातृसंगठन र मोर्चाको वर्षौंदेखि सम्मेलन नै हुन सकेको छैन भने एकताका नाममा कतिपय संगठनका पदाधिकारी मात्रै पनि सयभन्दा बढीको संख्याको बनाइएको छ । मूल पार्टीको केन्द्र्रमा देखिएको भद्रगोल र अस्तव्यस्तताको प्रत्यक्ष असर भ्रातृसंगठन र जातीय÷क्षेत्रीय मोर्चामा परेको छ । भ्रातृसंस्थाका कमिटी पनि जम्बो छन् । उसका विद्यार्थी, मजदुर, महिलालगायत २५ जनवर्गीय संगठन छन् । त्यस्तै, योङ कम्युनिस्ट लिगलगायत आठवटा सहायक संगठन, नेवाः, तामाङ, किराँतजस्ता ३४ वटा जातीय-क्षेत्रीय मोर्चा छन् । केही वर्षयता यी संगठनका कमिटी ठूलो बन्ने तर संगठनका गतिविधि, बैठक भने कहिल्यै नबस्ने अवस्थाले विघटित स्थितिमा छन् । सबैभन्दा सशक्त मानिएको वाईसीएलको अधिवेशन नै दर्जन बढी पल्ट मिति तोकिने र स्थगन हुने भइरहेको छ । अहिले पुनः २ र ३ भदौका लागि मिति तय भएको छ । विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समिति ९ सय ९९ सदस्यीय छ । अध्यक्ष नरेन्द्र न्यौपाने कोहलपुरमा निर्वाचन लड्न गएपछि अहिले त्यहाँ कार्यवाहक अध्यक्ष को बन्ने ? भन्नेमा विवाद चुलिएको छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ३२५ सदस्यीय केन्द्रीय समिति छ । शिक्षक संगठन ३५१, बुद्धिजीवी संगठन ३२५, दलित मुक्ति मोर्चा ४५१ सदस्यीय सम्मको केन्द्र छ । यी संगठनमा लामो समयदेखि एकै व्यक्तिले नेतृत्व लिइरहेका छन् । मजदुर संगठनमा मात्रै अन्य जवस-मोर्चाको तुलनामा सानो कमिटी बनेको छ । अखिल नेपाल ट्रेड युनियन महासंघको भने १९९ सदस्यीय केन्द्रीय कमिटी छ । माओवादी केन्द्र यतिसम्म लथालिंग छ कि आफ्नै पार्टीको सदस्य संख्या कति छ भन्ने जानकारीसमेत उसलाई छैन । सदस्यता नवीकरण गर्ने र सदस्यताको अध्यावधिक विवरण केन्द्रीय कार्यालयसँग छैन । यद्यपि, उसले कुल तीन लाख हाराहारीमा पार्टी सदस्यता रहेको बताउँदै आएको छ । पार्टीको संगठनात्मक संरचना निर्माणका लागि नेता वर्षमान पुन नेतृत्वको समितिले बनाएको संगठनात्मक कार्यविधि पार्टी हेडक्वाटर्रदेखि पोलिटब्युरो सम्मले अनुमोदन गरे पनि कार्यान्वयनमा आएको छैन । पुनले संगठनलाई समानुपातिक समावेशी बनाउने गरी जनसंख्याका आधारमा कमिटीमा सहभागिता गराउने गरी कार्यविधि तयार पारेका थिए । माओवादीको संगठनभित्र अहिले सबैभन्दा माथिल्लो निकाय ‘हेडक्वार्टर\' छ । ३५ सदस्यीय उक्त कमिटी नै व्यावहारिक नभएको स्वयं माओवादी नेताहरू नै बताउँछन् । हेडक्वार्टरमा नेताहरूको पदीय सन्तुलन छैन । वैचारिक/राजनीतिक प्रस्टता नभएका र विषयको बुझाइमा कमजोरी भएका नेतासमेत अहिले माओवादीको हेडक्वार्टरमा छन् । जसकारण वैचारिक बहस पार्टी कमिटीमा हुन छाडेको माओवादीका एक वरिष्ठ नेता बताउँछन् । ‘हेडक्वार्टरमै छलफलको वातावरण छैन भने अन्य कमिटीमा झन् हुने कुरै भएन\', ती नेताले भने, ‘त्यसपछि अध्यक्षलाई नै निर्णयका लागि सर्वाेपरी अधिकार दिनुको विकल्प रहँदैन ।\' हेडक्वार्टरभन्दा तल्लो तहमा सचिवालय र त्यसभन्दा तल पोलिटब्युरोको संरचना माओवादीको छ । यी दुवै कमिटी पनि जम्बो छ । सचिवालय ९९ र पोलिटब्युरो ४ सय ९९ को संख्यामा छ । केन्द्रीय समिति नै ‘जम्बो\' बनेपछि यति ठूलो केसको बैठक बस्नै व्यावहारिक समस्या छ । बैठक बस्न नसक्दा माओवादी पार्टी कार्यक्रमविहीन र कार्यकर्ता बेरोजगार छन् । आयोजक समितिको बैठक नै १४ महिनायता बस्न सकेको छैन । स्थानीय तहको निर्वाचन पार्टी बैठकविनै उसले लडेको छ । महाधिवेशन हुन सकेको छैन । उसले गत वर्ष पुस २३ गते महाधिवेशन गर्ने मिति तय गरेको थियो । तर, पार्टी अध्यक्षले नै सरकारको नेतृत्व गर्नुपरेको भन्दै महाधिवेशनको सट्टा राष्ट्रिय भेला गर्ने निर्णय गर्‍यो । तर, उसले राष्ट्रिय भेलासमेत अहिलेसम्म गर्न सकेको छैन । नेताहरू सहर केन्द्रित छन् । लाभको पद प्राप्त गर्न जनता र कार्यकर्तामा जानेभन्दा नेताको वरिपरि घुम्ने प्रवृत्ति छ । संगठन कमजोर छ । माओवादी युवा नेता लेखनाथ न्यौपानेका अनुसार वैचारिक/राजनीतिक काममा माओवादी अहिले शून्यताको स्थितिमा छ । ‘पार्टी संगठन भद्दा भएकाले कमिटीभित्र छलफल हुने क्रम लगभग शून्य छ, वैचारिक/राजनीतिक काम शून्य छ,\' न्यौपानेले भने, ‘नयाँ भर्ती हुने क्रम रोकिएको छ । पछिल्लो पुस्ता विचार आदर्शले आकर्षित हुनेभन्दा भौतिक सुख सुविधामा आकर्षित हुने अवस्था छ ।\' कार्यकर्तामा आधारित पार्टीमा हुनुपर्ने नियमित भेला प्रशिक्षण शून्य छ । नेताको वरिपरि कार्यकर्ताभन्दा व्यापारीको पहुँच छ । पार्टीको स्कुलिङ विभागको गठन भएयता अहिलेसम्म बैठक नै बस्न सकेको छैन । अन्य शक्तिशाली मानिएका विभागको अवस्था पनि उस्तै छ । माओवादीमा अध्ययन तथा अनुसन्धान, संगठन तथा अनुगमन, अन्तर्राष्ट्रिय, आर्थिक, सदन विभाग र उत्पादन विभागजस्ता शक्तिशाली विभाग छन् । तर, ती प्रायः निष्क्रिय छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies