Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

स्मार्ट गाउँ र नगर कसरी बनाउने ?

\"\"स्थानीय तहको चुनाव अगाडी स्मार्ट गाउँ र नगर बनाउँने बिषयले अग्रस्थान पाएको थियो । विभिन्न राजनीतिक दलबाट अध्यक्ष तथा मेयरका लागि उम्मेदवारहरूका चुनावी घोषणापत्र र प्रतिवद्धता पत्रमा स्मार्ट गाउँ तथा नगर बनाईदिने कुराले प्रमुखता पाएको थियो । तर, यो स्मार्ट गाउँ र नगर भनेको के हो र कस्तो हुन्छ ? यो कसरी बनाउँन सकिन्छ ? यसको योजना के हो भन्ने सायदै उम्मेदवारहरूले जनतालाई प्रष्ट्याएका थिए । यो प्रचार एउटा चुनाव जित्ने रणनीति बाहेक अरू केहि थिएन भन्दा अन्यथा नहोला । कुरा स्मार्ट गाउँ र नगरको गर्ने तर त्यसको कार्यन्वयनका लागि कुनै योजना नै नबनाउँने भयो भने \'मुखमा रामराम बगलीमा छुरा\' भन्या जस्तै हो ।
सबै नेपाली नागरिक दिनमा कम्तिमा ८ घण्टा आफ्नै लागि खट्न सके केहि बर्षभित्रमै देशको विकासमा कायापलट हुनेछ । यसरी बन्ने छ स्मार्ट गाउँ र नगर । सबै स्थानीय तह अथवा ग्रामीण क्षेत्र स्मार्ट गाउँ र नगरमा परिणत भए सिङ्गो देश समृद्ध र सम्पन्न हुनेमा दुईमत छैन् । सबै नेपाली नागरिक परिश्रमी, मेहनती, इमान्दारी र उद्येमी बन्न सके स्वयम् आफै सम्पन्न बन्न सकिन्छ । सबै सम्पन्न बन्नसके सिङ्गो देशै सम्पन्न र समृद्ध बन्नेछ ।
८० प्रतिशत भन्दा बढी नेपालीहरू स्थानीय तह अथवा ग्रामीण क्षेत्र मै बसोबास गर्दछन् । त्यसैले, स्थानीय तहमा विकास नभईकन सिङ्गो देश सम्पन्न र समृद्ध हुन्छ भन्ने ठान्नु मुर्खता सावित हुनेछ। पछिल्लो समयमा ग्रामिण क्षेत्रको अवस्था अति नाजुक छ। अव्यवस्थित बसाईसराई, सबैका शहरमुखी सोच र परिश्रम नगरी विलासी जीवनको अपेक्षा आदि कारणहरूले गर्दा ग्रामिण क्षेत्रका खेतबारी सबै बाँझो भएका छन् । यो अवस्थाले निरन्तरता र प्रार्थमिकता पाईरहे कसरी स्मार्ट गाउँ र नगर बनाउँने ? [caption id=\"attachment_143464\" align=\"alignleft\" width=\"300\"]\"\" लेखक[/caption] प्रसस्त खाद्यान्न उत्पादन गर्न सकिने प्रयाप्त जमिन हुँदाहुँदै खाद्यान्न उत्पादनमा ह्रास, विदेशबाट खाद्यान्न आयातमा वृद्धि र प्राय: सबै उपभोग्य बस्तुहरू विदेशबाट नै निर्भर हुनुपर्ने वाध्यताले देशको अर्थतन्त्रमा ठूलो असर परेको छ। आयात मात्रै बढ्दै जाने निर्यातमा सून्य अवस्था भयो भने कुन आर्थिक श्रोतले जीवन निर्वाह गर्ने ? गम्भीर प्रश्न यहाँनिर उब्जेको छ । त्यसैले, हिजो स्थानीय तहको निर्वाचन अगाडी अध्यक्ष तथा मेयर पदका उम्मेदवारहरूले जसरि स्मार्ट गाउँ र नगर बनाईदिने आश्वासन जनतालाई बाँडेका थिए, त्यसरी नै त्यसलाई वास्तविकतामा बदल्न अथवा कार्यन्वयन गर्न तपशिलका योजनाहरूलाई प्रतिपादन गर्न सके साच्ची कै स्मार्ट गाउँ र नगर बनाउँन नसकिएला भन्न चाँही सकिन्न ।  
  • सबैभन्दा पहिला पुरानो शिक्षा नीति सुधार्नु तथा आवश्यकता अनुसार परिमार्जन गर्नुपर्छ । बिपन्न र सम्पन्न परिवारका विद्यार्थीहरूले अध्ययन गर्ने पाठ्यपुस्तक एउटै हुनुपर्छ । अंग्रेजी प्रमुख, नेपाली र स्थानीयले बोल्ने एक-एक बिषय अनिवार्य गर्नुपर्छ। सबै नेपालीहरूका बालबच्चाहरू कम्तिमा स्नातक तहसम्म अथवा सो सरहको प्राविधिक शिक्षा अनिबार्य हाँसिल गरेको हुनुपर्ने व्यवस्था गर्नुपर्छ । यो योजना गाउँ र नगर परिषद सभाले पारित गर्नुपर्छ ।
  •  नेपाल कृषिप्रधान देश, कृषिलाई प्रमुख प्रार्थमिकता दिनेगरी कृषिक्रान्ति गर्नुपर्छ । आधुनिक प्रविधिद्वारा खेती गर्ने औजार र उपकरणहरू भित्र्याएर कृषकलाई सहुलियत मूल्यमा अथवा भाडामा उपलब्ध गराउँनु पर्छ। सिजनल तथा अनसिजनल खाद्यान्न आफ्नै खेतबारीमा उत्पादन गरेर सबै नेपालीहरू आत्मनिर्भर बन्नु पर्छ । नगदेबालीलाई बढी प्रार्थमिकता दिनु पर्छ, जसले गर्दा आयात घटाउँनेछ र निर्यात बढाउँनेछ । जति निर्यात बढाउँन सकिन्छ त्यति धेरै विदेशी मुद्रा स्वदेश भित्र्याउँन सकिनेछ ।
  • टोल, गाउँ र नगरमा भएको बिकृतिहरू (विशेष गरि जुवातास खेल्ने र मादक पदार्थ सेवन गर्ने) लाई पूर्णरूपले निरूत्साहित गर्नुपर्छ । सार्वजनिक स्थलमा मादक पदार्थ सेवन र जुवातास खेल्न बन्देज गर्नुपर्छ । त्यस्तो भेटिएमा हदैसम्मको सजाय अथवा जरिवाना लगाउँने कानूनको व्यवस्था गर्नुपर्छ ।
  • वैदेशिक रोजगारलाई पनि निरूत्साहित पार्नुपर्छ । यो पेशाले देशै सम्पन्न भएको उदाहरण काँही छैन् । यसलाई क्षेणिक अथवा वैकल्पिक पेशाको रूपमा मात्र लिनुपर्छ । देशको जनशक्ति आफ्नै देशको विकासमा लगाउँनु पर्छ। सबै यूवाहरूलाई शिक्षित, दक्ष र निपूर्ण बनाएर स्वदेश मै भौतिक पूर्वाधार विकास परियोजनाहरू तथा स्वरोजगारमा लगाउँनु पर्छ । त्यसैले, अब वैदेशिक रोजगारलाई प्रवर्द्धन होइन - बिस्तारै निरूत्साहित पार्नुपर्छ ।
  •  गाउँ / नगरदेखि माथिल्लो तहसम्ममा देखिएको चरम भ्रष्टाचारलाई पूर्णरूपले समाप्त गर्न तलदेखि माथिसम्म संयन्त्र बन्नुपर्छ । नेपाल विश्व कै अति कम विकसित अथवा सबैभन्दा गरिब राष्ट्रको सूचीमा दर्ज हुनुमा देशको चरम भ्रष्टाचार एउटा प्रमुख कारक हो ।
  • लघुजलविधुतदेखि मेगाजलविधुत परियोजनालाई प्रमुख प्रार्थमिकतामा राखेर अबको ७/८ बर्ष भित्रमै कम्तिमा १० हजार मेगावाट विधुत उत्पादन गर्नुपर्छ । जसले गर्दा साना ठूला उद्योग कलकारखानाहरू लगायत सबै व्यवसायहरू फस्टाउँने छन् । दैनिक उपभोग्य बस्तुहरूको उत्पादन बढ्नेछन्, विदेशबाट आयात घट्नेछ र निर्यात बढ्नेछ । त्यसैले, गाउँपालिका र नगरपालिकाहरूमा गएको बजेट र त्यसले लगाउँने करबाट पनि लघुजलविधुत जस्ता योजनाहरूका लागि बजेट छुट्याउँनु पर्छ ।
  • पर्यटनलाई प्रार्थमिकतामा राख्नु पर्छ । नेपालको एक प्रमुख आयश्रोत पर्यटन नै हो। स्थानीय क्षेत्रको होम्स्टेलाई प्रोत्साहन गर्नुपर्छ। राष्ट्रियस्तरका पर्यटन उद्योगलाई व्यवस्थापन, प्रवर्द्धन र विकास गर्नुपर्छ । धार्मिक तथा पर्यटकीय स्थल लुम्बिनीलाई बिशेष प्रार्थमिकतामा राखेर विश्व भरिका करोडौं बुद्धिष्टहरू नेपाल भित्र्याउने योजना बनाउँनु पर्छ। त्यसको लागि त्यस क्षेत्रका स्थानीय तहबाट नै पहल हुनु जरूरी छ ।
  • सबै नेपाली नागरिक दिनमा कम्तिमा ८ घण्टा आफ्नै लागि खट्न सके केहि बर्षभित्रमै देशको विकासमा कायापलट हुनेछ । यसरी बन्ने छ स्मार्ट गाउँ र नगर । सबै स्थानीय तह अथवा ग्रामीण क्षेत्र स्मार्ट गाउँ र नगरमा परिणत भए सिङ्गो देश समृद्ध र सम्पन्न हुनेमा दुईमत छैन् । सबै नेपाली नागरिक परिश्रमी, मेहनती, इमान्दारी र उद्येमी बन्न सके स्वयम् आफै सम्पन्न बन्न सकिन्छ । सबै सम्पन्न बन्नसके सिङ्गो देशै सम्पन्न र समृद्ध बन्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies