Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

नयाँ शक्ति चरम संकटमा, माओवादीसँग मिल्नुपर्ने पौडल पक्षको सुझाव

\"\"काठमाडौं । वैकल्पिक राजनीतिको मूल एजेण्डा बोकेर तत्कालिन एकीकृत माओवादीबाट अलग भएका डा. बाबुराम भट्टरार्इको नेतृत्वमा स्थापना भएको नयाँ शक्तिमा चरम संकट देखिएको छ । पार्टीको एजेण्डा र मूल कार्यदिशाका आधारमा संगठन परिचालन हुन नसक्दा र पार्टीको गतिशीलता नदेखिएपछि संगठनमा निराशा उत्पन्न भएको हो । संगठनको यही अवस्थाका कारण स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षाकृत नतिजा समेत प्राप्त गर्न नसकेपछि पार्टी संयोजक बाबुराम भट्टराईले समग्र संगठनलाई नै पुनःसंरचना गर्ने तयारी गरेका छन् । यसअघि बाबुरामले नयाँ शक्तिको नेतृत्व युवाहरुलाई हस्तान्तरण गर्ने धारणा सार्वजनिक गरेका थिए । बाबुरामले नेतृत्व परित्याग गर्ने कुराको पार्टीभित्रै बिरोध भएपछि उनले केही समय नेतृत्व गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने आशयको फेसबुक स्टाटस समेत लेखेका थिए । शुरुका दिनमा पार्टीप्रति देखिएको उत्साह बिस्तारै सेलाउँदै जानु, जिल्ला र केन्द्रका नेता तथा कार्यकर्ता धमाधम अन्य पार्टीमा प्रवेश गर्नु, भएका नेता र कार्यकर्ता समेत सक्रिय नहुनु, राष्ट्रिय र स्थानीय राजनीतिमा कुनै प्रभाव पार्न सक्ने रणनीति र कार्यनीतिको अभाव जस्ता समस्याले नयाँ शक्ति विघटनको संकटमा पुगेपछि नयाँ संरचनाको बहस चलेको एक केन्द्रीय नेताले जानकारी दिए । यसै विषयमा छलफल गर्न पार्टीले केन्द्रीय समिति र संघीय परिषदको बैठक बोलाएको छ । अहिले पार्टीभित्र अहिलेकै संरचनालाई कायम राखेर अघि बढ्ने या सबै कुरा भत्काएर महाअधिवेशन आयोजक समिति मात्रै बनाएर अघि बढ्ने कुरामा विवाद देखिएको छ । परिषद र केन्द्रीय समिति विघटन गरेर महाअधिवेशन आयोजक समिति मात्रै गठन गर्दा पद्धतीगतरुपमा राम्रो हुने भएपनि आसन्न प्रदेशको निर्वाचनमा यसले झन नकारात्मक असर पर्न सक्ने भएकोले प्रदेशको चुनाव अघि महाअधिवेशन हुन नसक्ने अवस्थामा प्रतिकूलता निम्तिने खतराप्रति सजग हुन समेत केही केन्द्रीय नेताले बाबुरामलाई सचेत गराएको उनले बताए । बाबुराम भने संघीय परिषदलाई यथावतरुपमा केही परिमार्जन गर्ने तर केन्द्रीय समिति विघटन गरेर चुस्त आकारको महाअधिवेशन आयोजक समिति बनाउने मूडमा रहेको उनले जानकारी दिए । केन्द्रीयस्तरमा ठूला हल्ला र चर्चा बटुलेपनि आम जनतामाझ पुग्ने किसिमले जनस्तरको संगठन नहुने सबैभन्दा ठूलो चुनौती बनेको बाबुरामको ठहर छ । यसका लागि गाउँस्तरदेखि नै संगठन बनाउने अभियान नयाँ शक्तिले थालनी गर्ने तयारी गरेको छ । अर्कोतर्फ पूर्व माओवादीबाट आएका नेता तथा कार्यकर्ताहरु फर्किनबाट रोक्नु समेत उनका अगाडि चुनौती रहेको छ । पार्टीभित्र नेता देवेन्द्र पौडेललगायतले तत्काल नै माओवादीमा फर्किने या एकताको सम्भावना नरहे पनि बृहत कार्यगत मोर्चा निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । तर बाबुराम भने यसको विपक्षमा रहेको श्रोतले बतायो । पौडेलहरुले माओवादी केन्द्र वैद्य माओवादी, संघीय समाजवादी फोरमलगायतका शक्तिहरुको दीर्घकालिन प्रकृतिको गठबन्धन निर्माण गर्ने र सोलाई चुनावमा समेत परिचालन गर्ने सोचाई राखेका छन् । यसैबीच बाबुरामको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादी फोरमबीचको एकता तुहिएको छ । व्यापक विरोध भएपछि बाबुराम पछि हटेका हुन । “तत्काल केही चमत्कार नै गरे हो, नत्र नयाँ शक्तिको अवस्था वैद्यहरुको भन्दा पनि कमजोर हुने निश्चित छ । बाबुरामजीलाई कति दिनसम्म काँध थाप्न सकिने हो भन्ने बहस सुरु हुन थालिसकेको छ” श्रोतले भन्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies