Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कांग्रेसले बागी उठ्नेलार्इ थाल्यो कारवाही, को-को परे कारवाहीमा ?

\"\"दाङ, १० असार । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारका विपक्षमा उम्मेदवारी दिने तथा उनीहरुका प्रस्तावक र समर्थक रहने नेपाली कांग्रेस नेता कार्यकर्तालाई पार्टीले कारबाही गरेको छ । निर्वाचन परिचालन समितिका केन्द्रीय प्रतिनिधि सुरेन्द्रराज पाण्डेसहितको उपस्थितिमा जिल्ला कार्यसमिति दाङले उनीहरुलाई नेपाली कांग्रेसको कुनै पनि पदीय दायित्व समाप्त हुनेगरी कारबाही गरेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति, दाङका संयोजक सुरेन्द्रराज पाण्डेले बताए । साथै, उनले नेपाली कांग्रेसका सबै आधिकारिक उम्मेदवारलाई विजयी बनाउन अधिकतम परिचालित हुनसमेत जिल्ला कार्यसमितिलगायत सम्पूर्ण तहतप्काका कांग्रेसजनलाई आग्रह गरेका छन् । पाण्डेको उपस्थितिमा जिल्ला कार्यसमितिले लमही नगरपालिकामा प्रमुखका बागी उम्मेदबार डिल्लीबहादुर खड्का, गढवा गाउँपालिका अध्यक्ष डिल्ली आचार्य, वडा नं ४ का वडाध्यक्षका उम्मेदबार भगवती आचार्य, सदस्य भोला हमाल, वडा नं ५ का सदस्य बझौनी चौधरीलाई कारबाही गरिएको छ । त्यसैगरी, लमही नगरपालिका–२ मा वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार गुरुदेव चौधरी, राजपुर वडा नं ४ का वडाध्यक्ष हिरालाल यादव, वडा नं ३ का सदस्य गयाप्रसाद यादवलाई पनि कारबाही गरिएको जिल्ला कार्यसमिति सचिव शङ्कर डाँगीले जानकारी दिनुभयो । त्यस्तै, शान्तिनगर गाउँपालिकामा अध्यक्षमा बागी उम्मेदवारी दिने हेमन्त योगी, उपाध्यक्ष तारा वली र वडा नं २ मा वडाध्यक्ष बागी उम्मेदवारी दिने मेघराज वलीलाई समेत कारबाही गरिएको छ । त्यसैगरी, उनीहरुका प्रस्तावक र समर्थक वीरेन्द्रबहादुर डाँगी र मानबहादुर वलीलाई समेत कारबाही गरिएको नेपाली कांग्रेस दाङले जनाएको छ । बबई गाउँपालिकामा वडा नं ७ मा बागी उम्मेदवारी दिने महावीर चौधरीलाई पनि कारबाही गरिएको कांग्रेसले जनाएको छ । घोराही उपमहानगरपालिका–८ मा निमबहादुर खड्का, बबई नगरपालिका–७ मा सदस्य पदमा उम्मेदवारी दिने तेजबहादुर खत्री र अम्मर बुढालाई समेत कारबाही गरिएको नेपाली कांग्रेसले जनाएको छ । त्यस्तै, तुलसीपुर उपमहानगरपालिका–७ मा आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिने माधव लामिछाने, तुलसीपुर–३ मा उम्मेदवारी दिने मोहन गुरुङ र तुलसीपुर–१३ मा अध्यक्षमा बागी उम्मेदवारी दिने सन्ध्या रिजाल र वडा सदस्य उम्मेदबार लोकेश्वरी अधिकारीलाई समेत कारबाही गरिएको नेपाली काँग्रेस दाङले जनाएको छ । साथै, दंगीशरण गाउँपालिका वडा नं ६ मा आधिकारिक उम्मेदवारका विपक्षमा उम्मेदवारी दिने काँग्रेस नेता बालाराम चौधरीलाई पनि कारबाही गरिएको छ । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies