Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

एमालेमा गुपचुप राखिएको एउटा डरलाग्दो काण्ड

\"\"काठमाडौं, ७ असार । दोस्रो चरणको स्थानइि निर्वाचनमा उठ्न चाहनेहरुसँग रकमको मोलमोलाई गरेको प्रमाण फेला परेपछि एमाले वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ कारवाहीस्वरुप पार्टी मुख्यालयमा तानिएका छन् । उनी एमालेको मोरङ सहइञ्र्चार्ज हुन् र त्यहीँ उनले उठ्तीपुठ्ती गरेको उजुरी छ । रकमको मात्रा कम, तर एमालेभित्र बहसको स्तरचाहिँ राज्यलक्ष्मी गोल्छ प्रकरणजत्रै बनेको छ । जनआस्था साप्ताहिकमा खबर छ– त्यसमाथि रुपनाराणले आफू बच्नका निम्ति विभिन्न व्यक्तिको नाम पोलेका छन् । कतिपयले उनको आरोप अस्वीकार गरिसकेका छन् । तर, छानवीनचाहिँ भइरहेको छ । यसरी रुपनारायणलार्इ सप्रमाण फन्दामा पार्ने कामरेड हुन्, अदुवा र अलैंची बेचेर पैसा कमाएका डिल्लीराम खतिवडा । साविकको केराबारी गाविस र हाल कायम हुन आएको मिक्लाजुङ गाउँपालिकाका बासिन्दा खतिवडा त्यहाँका अगुवा एमाले हुन् । पूर्वाञ्चल पर्यटन परिषद्का अध्यक्ष उनी धनकुटाको भेडेटारमुनि जेफले डाँडामा होमस्टे चलाउँछन् । उनको घरै त्यहीँ पर्छ । मिक्लाजुङ डाँडालाई आधार मानेर व्यवसाय गर्ने क्रममा खतिवडाले राम्रै पैसा कमाएका छन् । त्यही पैसामा आँखा लगाउँदा रुपनारायण फसेको बताइन्छ । चुनाव लड्न टिकट दिन्छु भन्दै रुपनारायणले पैसा मागेको, तर टिकट अर्कैले पाएको रिसमा डिल्लीले इटहरीस्थित १ नं. प्रदेश सम्पर्क कार्यालयमा अडियो रेकर्डसहित उजुरी दर्ज गरेका हुन् । वैकल्पिक केन्द्रीय सदस्य तथा कार्यालय इञ्चार्ज धर्मराज निरौलाको हातमा थमाएको उजुरीमा केन्द्रीय सचिव तथा प्रदेश संयोजक भीम आचार्य, पत्नी नीरादेखि मोरङ पार्टी अध्यक्ष तथा हाल विराटनगर महानगरपालिकामा मेयरका उम्मेद्वार विनोद ढकालसम्मको नाम उल्लेख भएपछि विषय गम्भीर बनेको हो । रुपनारायणले भीम आचार्यको नाम लिँदै रकम बार्गेनिङ गर्ने क्रममा डिल्लीले ‘यसमा किन उनलाई मुछ्ने ?’ भन्दै प्रश्न गरेपछि विनोद ढकालको हवाला दिइएको छ । टिकटको नाममा दुई करोड रकम आर्जन गर्ने उद्देश्यसहित उनले यस्तो गरेको आरोप एमाले नेताहरुले लगाएका छन् । डिल्लीमात्र होइन, मधुमल्ला गाउँपालिकाको अध्यक्ष पदका लागि भेषराज काफ्लेसँग २१ लाखबाट कुरा शुरु गरेर १५ लाखसम्म झरेको उजुरी परेको छ । तर, त्यहाँबाट देवी आचार्यले टिकट पाए । भेषराजले पैसा दिन नसक्ने भनेपछि नरेन्द्र ढुंगेलसँग पनि कुरा चलाएका रहेछन् । सुन्दर हरैंचामा माधव नेपाल पक्षका राजकुमार ओझा मेयरका बलिया प्रतिस्पर्धी थिए । तर, त्यहाँ ओली पक्षधर केदार गुरागाइँ र अर्जुनराज अधिकारीबीच चर्को प्रतिस्पर्धा हुँदै अन्ततः गुरागाइँले बाजी मारेका छन् । टिकट नपाएकाहरुले भन्ने नै भए, ‘पैसा बुझाउन नसक्दा यस्तो हालत भयो ।’ रुपनारायणले टिकट नपाएका राजकुमार र अर्जुनसँग पनि पैसाको सौदा गर्न भ्याइसकेका रहेछन् । उनले मधुमल्ला र उर्लाबारीमा वडाध्यक्षका आकांक्षीसँग बढी कुरा गरेको पार्टी अनुसन्धानबाट खुलेको धुम्बाराहीस्रोतले जनाएको छ । प्रदेश कार्यालयमा उजुरी परेपछि सोधिएको लिखित स्पष्टिकरणमा उनले मिक्लाजुङ गाउँपालिका र सुन्दर हरैँचा नगरपालिकाका लागि आफूलाई विनोद ढकालले अह्राएर त्यस्तो काम गरेको किटानी गरेका छन् । रूपनारायणलाई अहिले धुम्बाराही मुख्यालय तानेर अनुसन्धान गरिँदैछ र कारबाही गर्ने सबै जिम्मा छ महासचिव ईश्वर पोखरेललाई । उनले यस्तो काम गर्नुअघि कहाँ, कसलाई उम्मेद्वारीको चाहना छ भन्ने बुझे । उनी आफैं पनि केपी ओली पक्षधर मानिन्छन् । मोरङका नेता गुरु बराल केपीका विश्वासपात्र । रुपनारायण चुनावअघि हरदम उनैसँग हुन्थे र कुरा बुझ्थे । त्यसपछि सम्बन्धित व्यक्तिलाई फोन गर्न थाल्थे । उजुरीकर्ता डिल्ली खतिवडा माधव पक्षधर मानिन्छन् । पूर्व कोशी इञ्चार्ज जीवन घिमिरेहरु अनौपचारिक छलफलमा भन्ने गर्छन्– आफ्नै कार्यकर्तासँग त यसरी रकम उठाउनेले व्यापारी, कर्मचारी र सुरक्षाकर्मीसँग झन् कति कुम्ल्याउन भ्याएका होलान् ?
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies