Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

यी हुन् सल्यानमा माओवादी केन्द्रका उम्मेदवार

\"\"सल्यान, १४ बैशाख । नेकपा (माओवादी केन्द्र) सल्यानले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु छनोट गरेको छ । ७ वटा गाउँपालिका र ३ वटा नगरपालिका रहेको सल्यानमा एउटा नगर र एउटा गाउँपालिकाबाहेक अरु सबै ठाउँमा उम्मेदवारहरुको टुङ्गो लगाइएको माओवादी केन्द्र सल्यानका इन्चार्ज नेवबहादुर कँवर ‘विवेक’ले बताए । टुङ्गो नलागेका बागचौर नगरपालिका र कालिमाटी गाउँपालिकाका उम्मेदवारहरुको पनि भोलिसम्म टुङ्गो लगाइने कँवरले बताए । ‘गाउँपालिका र नगरपालिकाबाट प्रमुखमा तीन÷तीन जनाको नाम आएको छ, सबै साथीहरु चुनावमा आफूले पहलकदमी लिन सक्छु भनेर उत्साहित हुनुहुन्छ, कँवरले भने, ‘भोलिसम्म सबैलाई सहमत गराएर उम्मेदवार टुङ्गयाउँछौं ।’ जिल्ला सदरमुकाम रहेको शारदा नगरपालिकामा माओवादी केन्द्रले प्रमुखमा पार्टीका महाधिवेशन आयोजक समिति सदस्य प्रमोद श्रेष्ठ र उपप्रमुखमा झरना बुढाथोकीलाई उम्मेदवार बनाएको जिल्ला इन्चार्ज कँवरले बताए । शारदा नगरपालिका–२ खलंगा निबासी श्रेष्ठ सल्यानको वाम आन्दोलनका पहलकर्ता हुन् । २०४६ को पेरिफेरीबाट राजनीतिमा होमिएका श्रेष्ठ वाम मोर्चाको तर्फबाट जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए भने २०४८ सालमा गठित संयुक्त जनमोर्चा नेपालको जिल्ला उपाध्यक्षसमेत भइसकेका यहाँका स्थापित र पुराना कम्युनिष्ट नेता हुन् । त्यस्तै, बनगाड कुपिन्डे नगरपालिकाको प्रमुखमा पार्टीका पोलिटव्यूरो सदस्य तथा जिल्ला संयोजक कर्णबहादुर बुढाथोकी ‘छहारी’ र उपप्रमुखमा मञ्जु यरीलाई उम्मेदवार बनाएको छ । हाल पार्टीको जिल्ला संयोजक रहेका बुढाथोकी सल्यानको माओवादी आन्दोलनका संस्थापक सदस्यमध्येका एक हुन् । तत्कालीन जिल्ला जनसरकार प्रमुखको रुपमा काम गरिसकेका बुढाथोकी पश्चिम सल्यानका स्थापित नेता हुन् । त्यस्तै, दार्मा गाउँपालिकाको अध्यक्षमा महाधिवेशन आयोजक समिति सदस्य युवा नेता निमबहादुर केसी ‘अरुण’ र उपाध्यक्षमा टीका वलीलाई उम्मेदवार बनाएको छ भने छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्षमा राधा शर्मा उम्मेदवार रहेका छन् । त्यस्तै, त्रिवेणी गाउँपालिकाको अध्यक्ष अजय रोका र उपाध्यक्षमा लिलावती बुढाले उम्मेदवारी दिने भएका छन् भने कपुरकोट गाउँपालिकामा अध्यक्ष प्रकाश भण्डारी र उपाध्यक्ष एलिना रानाले उम्मेदवारी दिने निर्णय गरिएको कँवरले बताए । त्यस्तै, ढोरचौर गाउँपालिकामा अध्यक्ष नरविर चलाउने र उपाध्यक्षमा भूमि बुढाथोकीलाई, कुमाख मालिका गाउँपालिकामा दिलमाया बुढा ‘सिर्जना’लाई अध्यक्ष र डिल्लीराज जैशीलाई उपाध्यक्षको उम्मेदवार बनाइएको जिल्ला इन्चार्ज कँवरले बताए । दिलमाया अध्यक्षकी एक्ली उम्मेदवार नेकपा (माओवादी केन्द्र)ले कुमाख मालिका गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाएका दिलमाया बुढा जिल्लामै अध्यक्ष÷प्रमुखको एक्ली उम्मेदवार हुन् । २०५३ सालदेखि माओवादी आन्दोलनमा पूर्णकालीन कार्यकर्ताको रुपमा लागेकी बुढा हाल माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य हुन् । युद्धकालमा गठित कालागाउँ गाउँ जनसरकारकी उप–प्रमुख, प्रमुख हुँदै जिल्ला जनसरकार उपप्रमुखसम्म भइसकेकी उनी सहिद पत्नीसमेत हुन् । युद्धकालमै २०५६ चैतमा सालमा उनका श्रीमान् तत्कालीन माओवादी पार्टीका सल्यान जिल्ला सचिवालय सदस्य लोकेन्द्रप्रकाश गिरीलाई प्रहरीले हत्या गरेको थियो । २०३५ मंसिर ८ गते रुकुम खोलागाउँमा जन्मिएकी बुढा जनयुद्धको शुरुवातसँगै तत्कालीन सुरक्षा दल र स्क्वाइडमा समेत केही वर्ष अनुभव हाँसिल गरेकी थिइन् । हाल पार्टीको भातृ संगठन अनेम संघ क्रान्तिकारीको केन्द्रीय सदस्य, सहिद परिवारको समाज सल्यानको अध्यक्षलगायतका जिम्मेवारी पनि वहन गरिरहेकी उनी माओवादी पकड क्षेत्रको रुपमा चिनिएको कुमाख मालिका गाउँपालिकाबाट अध्यक्षको उम्मेदवार रहेकी छिन् । बागचौर र कालीमाटीमा टुङ्गिएन आकांक्षी धेरै भएर उम्मेदवार नटुङ्गयाइएको बागचौर नगरपालिकामा प्रमुखका लागि नगर कमिटीले लोकमान बुढाथोकी, टीकाराम वली र ज्ञानबहादुर वलीको नाम सिफारिस गरेको छ भने उपप्रमुखमा कल्पना पुन, सुम्निमा डिसी र कमला वलीको नाम सिफारिस गरेको इन्चार्ज कँवरले बताए । त्यस्तै कालीमाटी गाउँपालिकाको अध्यक्षमा जीतबहादुर पुन, रुद्रबहादुर घर्ती र पुरुषोत्तम भट्टराईको नाम सिफारिस भएको छ भने उपाध्यक्षमा भने प्रिती डिसीको नाम सर्वसम्मत सिफारिस भएको कँवरले बताए । यी दुई ठाउँको उम्मेदवारी पनि भोलिसम्म टुङ्गयाइसक्ने कँवरले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies