Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

म्यादी प्रहरीमा तराई–मधेसका युवाको आकर्षण

\"\"काठमाडौं, १४ चैत । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन तराईका जिल्लामा विशेष आकर्षण देखा परेको छ । तराई–मधेसमा निर्वाचन हुने नहुने दोधार रहेकै बखत त्यहाँका युवाहरूले म्यादी प्रहरी भर्नामा धमाधम आवेदन दिन थालेका छन् । अाजको राजधानी दैनिकमा खबर छ– मधेसवादी दलहरूले २ नम्बर प्रदेशका जिल्लामा निर्वाचन हुन नदिने घोषणा गरिरहेका बेला स्थानीय युवाहरू भने म्यादी प्रहरीमा भर्ना हुन सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा आवेदन दिइरहेका छन् । नेपाल प्रहरीले म्यादी प्रहरीका लागि भर्ना आवेदन मागेलगत्तै तराई–मधेसका जिल्लामा युवाहरूको आकर्षण देखिएको जिल्ला समाचारदाताहरूले जनाएका छन् । म्यादी प्रहरीका लागि १७ चैतसम्म आवेदन बुझाउन सकिनेछ । सिरहाबाट रोयन्टर मण्डलले दिएको जानकारीअनुसार आइतबार साँझसम्म २ सय ५० आवेदन वितरण भएकोमा २ सय जनाले म्यादी प्रहरी भर्नाका लागि आवेदन बुझाइसकेका छन् । उनका अनुसार पहिलो दिन ११, दोस्रो दिन ३६ र तेस्रो दिनसम्ममा २ सयजनाले आवेदन दिएका छन् । रौतटहबाट रमेश तिमल्सिनाले दिएको जानकारी अनुसार ४ सय आवेदन वितरण भएको छ । त्यसमध्ये १ सय ३० जनाले भर्नाका लागि आवेदन दिइसकेका छन् । १ सय ३० मध्ये ७ जना महिला पनि रहेका छन् । रौतहटमा मधेसी मोर्चाका कार्यकर्ताले म्यादी प्रहरीमा जान युवाहरूलाई रोक लगाएका छैनन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय चुनावलाई ‘बहिष्कार’ गर्ने रणनीति बनाइरहेको अवस्थामा मधेसमा म्यादी प्रहरी बन्नका लागि मधेसी सामुदायकै युवाहरूको लाम लागेको छ । बाराबाट कृष्ण सिग्देलले दिएको जानकारीअनुसार बारामा आइतबारसम्म २ सयभन्दा बढी मधेसी युवाले म्यादी प्रहरीमा आवेदन दिएका छन् । बारामा आइतबारसम्म २ सय १५ जनाको म्यादी प्रहरीमा आवेदन परेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक अरुण कुशवाहाले दिएको जानकारीअनुसार जसमध्ये ५ प्रतिशत पहाडी मूलका छन् भने बाँकी मधेसी मूलका युवाले म्यादी प्रहरीमा आवेदन दिएका छन् । पर्सा समाचारदाता तुलसी भण्डारीका अनुसार पर्सामा पनि म्यादी प्रहरी भर्नामा आकर्षण देखिएको छ । दुई दिनमा २ सय ५० युवाले आवेदन दिइसकेको र आवेदन फारम करिब ६ सय जनाले लगिसकेका छन् । जनकपुरबाट सुजितकुमार झाले दिएको जानकारीअनुसार स्थानीय तह निर्वाचनलाई मध्यनजर राख्दै धनुषा जिल्लामा पनि म्यादी प्रहरीका लागि स्थानीय युवाहरूले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मनोज यादवले दिएको जानकारीअनुसार २ सय ४८ जनाले आवेदन दिइसकेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाका ६ स्थानमा आवेदन लिने व्यवस्था मिलाएको छ । म्यादी प्रहरी भर्नाका लागि आह्वान गरिएको दोस्रो दिनसम्म करिब २ सय ५० जनाको दरखास्त दर्ता भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी बेलबहादुर पाण्डेले बताएका छन् ।रूपन्देही मात्र होइन, पश्चिम तराईका कपिलवस्तु, बाँके, नवलपरासी, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा पनि म्यादी प्रहरीका लागि थारू र मधेसी युवाको आकर्षण देखिएको त्यहाँस्थित जिल्ला प्रहरी कार्यालय जनाएको छ । तराई–मधेसका धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लामा पनि मधेसी युवाले म्यादी प्रहरीको लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालयहरूले प्रहरी प्रधान कार्यालयमा जानकारी दिइसकेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालका अनुसार पहाडी जिल्लामा भन्दा तराई–मधेसका जिल्लाहरूमा म्यादी प्रहरीको आवेदन फाराम बढी वितरण भएको छ । पहाडमा पूर्वसुरक्षाकर्मीहरूले पनि आवेदन दिएका छन् भने तराईमा युवाहरूले बढी आवेदन दिएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies