Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

२२ वर्षदेखि प्रचण्डको बोल्ड निर्णयमा चलिरहेको मुलुक

\"\"काठमाडौं १० फागुन । ०५२ फागुन १ गते जनयुद्ध शुरु गर्ने बोल्ड डिसिजन गरेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना जिवनकालमा थुप्रै बोल्ड डिसिजन गरेका छन् । आज २१ वर्षपछि फेरी दोश्रोपटक सरकारको प्रधानमन्त्रीको रपमा उनले स्थानिय तहको निर्वाचन गर्नेदेखि स्थानिय निकायको संख्या बढाउने लगायतका बोल्ड डिसिजन गरेका छन् । मधेशी दलहरु आन्दोलनमा जाने खतरा, प्रमूख प्रतिपक्षी दलहरुको असहयोग, आफ्नो पार्टीको पोजिशन खस्कने वस्तुगत आधारको खतरालाई समेत आँखा चिम्लँदै संविधान कार्यान्वयनको लागि प्रधानमन्त्रीको रुपमा उनले गरेको यो डिसिजन बोल्ड नै हो । एकै दिन तीन पटक र करिब दिनैभर जसो मन्त्री परिषदको बैठक राखेका प्रचण्डले सोमबार कुनै पनि मन्त्रीले अन्य कार्यक्रम नराख्न पुर्व सुचना दिएका थिए । मधेशी समुदायको भावना सम्बोधन गर्न उनले स्थानिय तह निर्धारण र कार्यदलको समयावधि एक हप्ता थप गरेर उनले संविधान संशोधनको प्रतिवद्धतालाई कार्यान्वयन गराएा छन् भने प्रमूख प्रतिपक्षीले लगाउँदै आएको सरकारले निर्वाचनको घोषणा गर्न सक्दैन र निर्वाचन गर्न चाहँदैन भन्ने आरोपलाई पनि एकै साथ खण्डन गर्न सफल भएका छन् । त्यसैगरी उनले आफू दल भन्दा माथि राष्टको लागि सोच्ने प्रधानमन्त्री भएको पनि पुष्टि गरेका छन् । संविधानको कार्यन्वयनको लागि अनिवार्य शर्त स्थानिय तहको निर्वाचनको घोषणा गरेर प्रधानमन्त्री प्रचण्डले फेरी एउटा नयाँ रक्त संचार नेपाली जनमानसमा गर्न सफल भएका छन् । जनयुद्ध शुरु गर्दा हरेक पटक नयाँ योजना र दस्तावेज सार्वजनीक गर्दा, एकतर्फी युद्धविराम गर्दा, शान्ति वार्तमार्फत शान्ति प्रक्रियामा प्रवेश गर्दा, अघिल्लोपटक प्रधानमन्त्री बन्दा,नेपाली सेनाका तत्कालिन सेनापति रुक्मांगत कटवाललाई कार्वाही गर्दा होस् वा सरकारबाट राजीनामा दिंदा होस त्यसैगरी आफ्नै दलको नेतृत्वको सरकारलाई फालेर कर्मचारी नेतृत्वको सरकार निर्माण गर्दा होस वा नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाई प्रधानमन्त्री बनाउदा होस् वा संविधान निर्माण र जारी गर्दा होस् नेकपा एमालेका अध्यक्ष केपी ओलीलार्इ प्रधानमन्त्री बनाउँदा होस् वा केपी विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी अपदस्त गरी नेपाली कांग्रेससँग गठबन्धन गरी आफ्नै नेतृत्वमा प्रधानमन्त्री बन्न होस प्रचण्डले सधैं बोल्ड डिसिजन गर्दै आएका छन् । आफैंले नेतृत्व गरेको पार्टीका सहयात्री नेताहरु फुटाटार नयाँ पार्टी बनाउँदाको अवस्थामा होस वा तीनै नैताहरुलाई एकतावद्ध गरी आफ्नै नेतृत्वमा पार्टी संचालन गर्दा होस प्रचण्डले हरेपटक केही रिस्क लिएरै अगाडि वढेका छन् । अहिलेको स्थानिय तहको निर्वाचन घोषणा पनि प्रचण्डले लिएको यस्तै अर्को रिक्स हो जसलाई बहन गर्न उनी स्वयं तयार भएर मात्रै पुग्दैन उनले नेतृत्व गरेको सरकार र उनी नेतृत्वको पार्टी माओवादी केन्द्र झन वढि सजग, सचेत र क्रियाशील हुनु अनिवार्य छ । –मुलखबरबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies