Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

शितलनिवासमै पूर्वपञ्चहरुसँग ज्ञानेन्द्रको गोलमेच !

\"\" काठमाडौं, ३ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले केही दिन यता राष्ट्रको रक्षाको लागि आफ्नो आवश्यकता भएको भाव झल्किने गरी वक्तब्यबाजी गर्दै आएका छन् । सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेपछि बुटवल लगायतका क्षेत्रमा अखण्ड पक्षमा आन्दोलन भइरहेकाबेला शाहले पुस ६ गते विज्ञप्ति जारी गरी इतिहास कलंकित गर्दै निश्चित स्वार्थ पूरा गर्न गरिएका कार्यहरु कदापि प्रशंसित हुन नसक्ने बताएका थिए । एनले माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लाञ्छित गरेर आधुनिकताको दुहाइ दिएरमात्र कथित अग्रगमनको यात्राले गति लिन नसक्नेसमेत शाहले चेतावनी दिए । कुनै चाड विशेषमा वक्तब्य निकाल्ने गरेका शाहले त्यो दिन विना प्रसंगमा विज्ञप्ति जारी गर्दै राजनीतिक दलहरुलाई चेतावनी दिए । सबै नेपालीले राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तिस्व आफ्ना सन्ततीलाई सुम्पन प्रमुख र प्रखर रुपले जाग्नै परेको र लाग्नै परेकोसमेत ज्ञानेन्द्रले विज्ञप्तिमा उल्लेख गरे । शाहको विज्ञप्तिले राजनीतिक दलहरुमा तरंग पनि ल्यायो । दरबार छाडे पनि घरबार छाडेको छैन भन्ने अभिब्यक्ति दिएका शाहले पछिल्लो पटक पृथ्वीनारायण शाहको जन्म जयन्तिका अवसरमा विज्ञप्ति जारी गर्दै संघीयताको विरोध गरे । शाहको राजनीतिक गर्न खोजेको भन्दै एमालेकै नेताहरुले समेत जोरी खोजे नागार्जुनमा समेत बस्न नपाउने चेतावनी दिएका थिए । तिनै पूर्वराजा शाहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले छोरीको विवाहको अवसर पारेर शितल निवास प्रवेश गराइन् । पूर्व महाराजधिराज भन्ने सम्बोधनको निमन्त्रणपत्र पठाएर राष्ट्रपति भण्डारीले शाहलाई राष्ट्रपति निवासमा डाकेकाबारेमा दलहरुका नेताहरुले औपचारिक प्रतिक्रिया दिएका छैनन् । बरु नेताहरु ज्ञानेन्द्रको पछिपछि शितल निवास पुगेर भोजमा सहभागी भए । राजनीतिक गर्ने दाउ हेरिरहेका शाह विवाहको अवसर पारेर शितल निवास छिरे । शितल छिरेर आफ्नो विगतकोमात्र स्मरण गरेर भविष्यको समेत सपना देखे । शाहले औपचारिकताका लागि २० मिनेट विवाह समारोहमा सहभागी भएर शुभकामना दिएपछि शितल निवासमै पूर्वपञ्चहरुसँग गोलमेच वैठक गरे । राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, पूर्व प्रधानसेनापछि प्याराजंग थापा सहित पूर्वपञ्चहरुसँग राजनीतिक कुराकानीसमेत शाहले शितल निवासको राउण्ड टेबुलमा बसेर गर्न भ्याए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies