Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

एकता सम्मेलन नसकिँदै कमल थापा हावी भएपछि...

\"\"काठमाडौं, २१ पुस । राप्रपा र राप्रपा नेपालबीचको एकता भइ एकता सम्मेलन भइनसक्दा नै एकतापछिका वर्तमान अध्यक्ष कमल थापा हावी भएका छन् । राजतन्त्रको एजेण्डालाई थाती राख्दै दुई राप्रपाबीच मंसिर ७ गते पार्टी एकता घोषणा गरिएको थियो । पार्टी एकता घोषणासँगै पार्टीको अध्यक्ष दुवै पार्टीका अध्यक्षलाई बनाइयो । एकता महाधिवेशन तीन महिनाभित्रै गर्ने गरी पार्टीको राष्ट्रिय अध्यक्षमा पशुपतिशमशेर राणा र अध्यक्ष कमल थापा भएका छन् । पार्टीको भागबण्डा मिलाउन भन्दै दुबै पार्टीका तर्फबाट पूर्ववत जिम्मेवारीमा राख्दा पदाधिकारीको संख्या पनि निकै ठूलो बनेको छ । तीन महिनाभित्रै एकताको राष्ट्रिय सम्मेलन गर्ने घोषणा गर्दै अधिकांश जिल्लामा एकता सम्मेलनसमेत गरिसकिएका छन् भने क्षेत्रीय सभाहरु पनि भइरहेका छन् । ती अधिकांश सभा सम्मेलनहरुमा पनि अध्यक्ष थापा आफै पुग्ने गरेका छन् । यसअघि आफ्नो एजेण्डालाई स्थापित गर्न लागेका थापा पार्टी एकतासँगै जिल्लाहरुमा पनि अधिकांश नेतृत्व हात पार्न सफल भएका छन् । ठूला सभा सम्मेलनमा पार्टीका दुबै अध्यक्षको उपस्थिति रहने गरेपनि राणा निरिह देखिने गरेका छन् । प्रचारप्रसारमा पनि थापा निकै अगाडि छन् । पर्चा पम्प्लेटहरुमा पनि राणाको भन्दा थापाको तस्विर आकर्षक र ठूलो बनाएर छापिने गरेका छन् । थापाले आफ्नो गतिविधिहरु सामाजिक सञ्जालबाट पनि उत्तिकै प्रचार गर्छन् । ट्वीटरमा २ लाख ७४ हजार उनको फ्लोअर छन् भने फेसबुक पेजमा झण्डै एक लाख लाइक छ । दोस्रो संविधानसभाको चुनावमा प्रत्यक्षतर्फ एक सिट नजितेर पनि थापाको पार्टीले समानुपातिकबाट राम्रो मत ल्याएर संसदकै चौथो ठूलो दल बनेको थियो । पाेष्टरमै थापा बरिष्ठ राप्रपाका अन्य नेताहरु भन्दा ‘फुच्चे’ मानिने थापा पार्टी एकतापछि अन्य नेताहरुलाई ‘फुच्चे’ साबित गरिदिएका छन् । पार्टी एकतापछि पार्टीको राष्ट्रिय अध्यक्षको त नामै आउन छाडेपछि राणा, लोकेन्द्रबहादुर चन्द, डा.प्रकाशचन्द्र लोहनी लगायतका नेताहरु तिल्मिलाउन थालेका छन् । \"\"थापा आफैमा पनि जुझारु नेता तथा स्पष्ट वक्ता भएका कारण पनि अन्य नेताहरुलाई माथ गर्नु स्वभाविक भएको थापा निकटका एक नेताले बताए । नेताको काम र ब्यहारले नै नेतृत्व स्थापित गर्ने भएकाले त्यसका लागि जिम्मेवारी पाएर मात्र नहुने काम गरेर देखाउन सकेमा आफै नाम आउने ती नेताको तर्क छ । भएपछि एकता सम्मेलन समेत नहुँदै थापा पार्टीमा हावी हुँदै गएपछि पूर्व राप्रपाका नेताहरुलाई चिन्ता बढेको छ । राप्रपाभित्रै पनि नेतृत्वका लागि एकसमय आपसमै रस्साकस्सी गरी सामानान्तर पार्टी नै बनाएका राणा र चन्दहरुसमेत थापासमूहविरुद्ध एक ठाउँमा उभिन बाध्य भएका छन् । संसदमा राप्रपाको भन्दा थापाको सिट दोब्बर रहेकाले पनि थापा संसदमा पनि हावी छन् । एकताअघि राप्रपा नेपालको २५ सिट र राप्रपाको १२ सिट मात्रै रहेको थियो । पार्टी एकतापछि राजतन्त्रको मुद्दालाई थाती राखेर राप्रपाले हिन्दु राज्यको एजेण्डालाई जोडतोडले उठाइरहेको छ । स्रोतकाअनुसार राजतन्त्रको पक्षमा थापाले विशेष गरी वकालत गर्दै आएपछि पूर्व राजा ज्ञानेन्द्रले आफूलाई मतलव नगरी आफै अघि बढेपछि थापा शाह परिवारसँग त्यति सन्तुष्ट हुन सकेका छैन । त्यसैले पछिल्लो समय थापा राजतन्त्रकाबारे चुँइक्कसमेत बोलेका छैनन् । तर उनले राजसंस्थाप्रति आफ्नो आस्था कायमै रहेको बुधबार बीबीसीसँगको अन्तरर्वार्तामा भनेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies