Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

को सँग डराउँछन् ओबामा ?

\"\"सन् २०१५ मा क्यालिफोर्नियामा भएको गोलीकाण्डमा १४ जनाको मृत्यु भयो । श्रीमान–श्रीमती मिलेर गरेको यो आक्रमणका कारण पूरै अमेरिका आतंकित भयो । ५ डिसेम्बरमा यही घटनाबारे बोल्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने– यसले अमेरिकालाई डराउन सक्दैन, अमेरिका आतंकवाददेखि डराउँदैन । आफ्नो साप्ताहिक रेडियो सन्देशमा उनले थपे, ‘हामी अहिले पनि बलिया छौँ, हामीसँग डटेर रहने तागत छ । हामी कसैसँग डराउनुपर्दैन ।’ यो कूटनीतिक विषयको चर्चा थियो । राष्ट्रपतिले सशंकित देशलाई सान्त्वना दिन पनि यसो भन्नुपथ्र्यो । तर, यसको अर्थ के मान्नुहुँदैन भने बाराक ओबामा व्यक्तिगत जीवनमा पनि केहीसँग डराउँदैनन् । त्यसो त सन् २०१३ मा न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभामा ओबामाले एक अधिकारीसँग गरेको कुरा पनि डरसँगै सम्बन्धित थियो । त्यहाँ अनौपचारिक रूपमा रमाइलोका लागि ओबामाले एक अधिकारीसँग भनेका थिए, ‘मैले त मिसेलको डरले धूमपान छाडिदिएँ ।’ यो त उनको स्वास्थ्यका लागि थियो । दैनिक जीवनमा ओबामा सबैभन्दा डराउनेचाहिँ ‘स्नो म्यान’सँग हो । पिपुल म्यागाजिनका लागि दिएको एक अन्तर्वार्तामा उनले भनेका छन, ‘स्नोम्यानलाई म हेर्नै सक्दिनँ, त्यो सानो हुन्छ, तर निकै खतरानक र डरलाग्दो हुन्छ ।’ त्यही अन्तर्वार्तामा उनले मिसेलसँग स्नो म्यानबारे कुरा भएको पनि बताएका छन् । एकपटक मिसेलले ओबामालाई भनिछिन, ‘बेडरुममा ल्याएर स्नोम्यान राखिदिन्छु ।’ ओबामाले त्यतिवेला तत्कालै आफू बाहिर जाने जवाफ दिएको अन्तर्वार्तामा सुनाएका छन् । तर, अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसका स्टाफले कहाँ उनले भनेको माने र ? उनीहरूले ओबामालाई डराउनैका लागि ह्वाइट हाउसमा स्नोम्यान राख्ने फैसला गरे । ह्वाइट हाउसका फोटोग्राफर पिट सेजले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्नो म्यानसँग ओबामा डराएको फोटो राख्दै यसबारे टिप्पणी गरेका छन् । ‘पछिल्लो ३ सातादेखि चार स्नोम्यान बगैँचामा दिनहुँ राखिएको छ । तर, हामीले रमाइलोमा सल्लाह गरेका थियौँ, यिनीहरूलाई यहाँ कसैले पनि देखेन,’ पिटले लेखेका छन् । उनले थपेका छन, ‘एक दिन त साँच्चिकै कसैले ओभल अफिसमा नै लगेर ती स्नोम्यान राखिदिएछन् । ओभल अफिसको झ्यालबाट देखिने ठाउँमा ती स्नोम्यान थिए । जुन राष्ट्रपतिले पनि देखे ।’ उनको इन्स्टाग्राम पोस्टमा अधिकांशले लेखेका छन, ती स्नोम्यान साँच्चिकै डरलाग्दा छन् । तर, राष्ट्रपति बाराक ओबामाले यसबारे प्रतिक्रिया दिए, ‘उनीहरूको यो रमाइलोचाहिँ अत्यन्त रमाइलो लाग्यो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies