Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

केपी ओलीले प्रचण्डबाट सिक्नैपर्ने ५ कुरा

\"prachanda_oli\"नेपाली राजनीति अहिले एक कदम अघि बढेको छ । नयाँ संविधान जारी भएदेखि आन्दोलनमा उत्रिएका मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले उठाएको माग सम्बोधनका लागि सरकारले सोमबार बेलुकी चालेको कदमले सकारात्मक रुप लिएमा देशले निकास पाउनेमा दुईमत छैन । नयाँ संविधान भएको १४ महिनासम्म पनि दलहरु आरोप प्रत्यारोपमै रहे । संविधानमा आफ्नो माग प्रतिनिधित्व गराउन भन्दै आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधनका लागि संविधान जारीपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले ३६ पटक वार्ता राखे । तर त्यो वार्ताले न निष्कर्ष पायो न उपलब्धि नै । नेकपा माओवादी केन्द्रको समेत साझेदारीमा बनेको ओली नेतृत्वको सरकारले मधेसको माग सम्बोधन गर्न नसकेपछि मोर्चाले विधिवत रुपमा ओली सरकारसँगको वार्ताको ढोका बन्द भएको घोषणा गर्यो र संविधान कार्यान्वयन गरी देशलाई स्थिरतातिर डोर्याउने सम्भावनाको अन्त भयो । सरकारसँग मोर्चा भड्किएपछि स्वभाविक रुपमा संविधान कार्यान्वयनमा जटिलता थपेकै थियो । कारण, मधेसी मोर्चाको सहमतिबिना मधेसमा चुनाव सम्वभ थिएन र चुनावबिना संविधान कार्यान्वयन हुन नसक्ने सबैलाई थाहै थियो । सरकार र मोर्चाबीचको दूरी बढेपछि त्यतिबेला देश अस्थिरतातिर जाने निश्चितताप्रति सायदै कसैको बिमपत्ति थिएन । तर, माओवादी केन्द्रसँग एमालेले गरेको शान्तिप्रक्रियाका कामलाई पूर्णता दिने सहमति उल्लंघन भएपछि माओवादी केन्द्र र त्यसका नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले त्यसैलाई निहुँ बनाएर सरकारलाई दिएको समर्थन फिर्ता लियो र मधेसी मोर्चासँग संविधान संशोधनसहितको सहमति गरी नेपाली कांग्रेसको समर्थनमा आफ्नै नेतृत्वमा सरकार गठन गर्यो । [caption id=\"attachment_103016\" align=\"alignleft\" width=\"250\"]\"buddha_lopchan\" लेखक[/caption] असन्तुष्टि मधेसी मोर्चा लगायत आदिवासी जनजाति, थारु लगायतको माग सम्बोधन गरी संविधानको सर्वस्वीकार्यता बढाइ संविधान कार्यान्वयन गरी देशलाई स्थिरतातिर डोर्याउनुपर्ने बेलामा प्रचण्ड नेतृत्वमा सरकार गठन भयो । मोर्चासँग नेपाली कांग्रेस र माओवादी केन्द्रले गरेको सहमति अनुरुप नै सरकारले सोमबार साँझ संविधान संशोधन विधेयक संसद्मा दर्ता गरेको छ । संशोधन दर्तापछि दलहरुको मिश्रित प्रतिक्रिया आएको छ । केही सातादेखि संविधानको संशोधन नभई कार्यान्वयन गर्नुपर्ने बताउँदै आएका एमालेले संशोधन प्रस्ताव दर्ता हुन नदिने अडानलाई निरन्तरता दिई फेरि देशलाई अस्थिरतातिर डोर्याउने दुस्साहस गरेका छन् । कुन विषयलाई प्राथमिकतामा राखेर काम गर्दा के हुन्छ ? भन्ने विषयलाई भन्दा पनि आफूलाई कसरी राष्ट्रवादी बनाउन सकिन्छ भन्ने हेतुले नारा बनाएर सडकमा राष्ट्रवादका पोख्ने एमालेका कार्यकर्ता र पूर्वप्रधानमन्त्री समेत रहेका केपी ओलीले प्रधानमन्त्री प्रचण्डबाट यी ५ कुरा सिक्नुपर्ने देखिन्छ । एक जिम्मेवार पार्टीका अध्यक्षले यी कुरालाई व्यवहारमा लागू गरेमा देशले सहजै निकास पाउनेमा कसैको बिमत्ति नहोला । १. नेतृत्व र भूमिका राजनीतिक नेतृत्वको भूमिका के कस्तो हुनुपर्छ भन्ने विषयमा सायदै एमाले अध्यक्ष ओली अनविज्ञ छैनन् होला । तर उनले पछिल्लो समय खेलेको भूमिकालाई हेर्ने हो भने उनीमा नेतृत्व र उसले खेल्नुपर्ने भूमिकाका विषयमा उनी अनविज्ञ रहेको प्रष्ट हुन्छ । शान्तिपूर्ण राजनीतिपछि नेपाली राजनीतिमा हैकम चलाउँदै आएका प्रचण्डले जनयुद्धमा उठाएका एजेण्डा कति छाडे अनि कति कार्यान्वयनमा ल्याए ? त्यसबारे ओलीज्यु विज्ञ नै हुनुहुन्छ । प्रचण्डले एजेण्डा छाडेकै कारण पार्टी छियाछिया भएको पीडा ओलीलाई छैन । एकताबद्ध भएर बसेका कार्यकर्ताहरु तहसनहस भएको पीडा कि प्रचण्डसँग छ, के सच्चा माओवादीसँग । हो, प्रचण्डलाई बाध्य थियो एजेण्डा छाड्नुपर्ने । प्रचण्डले यदि नेतृत्वदायी भूमिका निर्वाह नगरेको भए देश यतिबेला कहाँ हुन्थ्यो ? एकपटक चिसो दिमागमा ओलीले सोच्नुपर्छ । त्यसैले संविधान संशोधनमा एमालेले न केही गुमाउनुपर्ने छ, न लिनुपर्ने नै । देशलाई स्थिरतातिर डोर्याउनुका लागि ओलीले यतिबेला नेतृत्वदायी भूमिका निर्वाह गर्न जरुरी छ । यदि त्यसका लागि केही अभ्यासको आवश्यकता भए प्रचण्डले विगतमा खेलेको भूमिकाबाट सिके हुन्छ । २. नेतृत्व अनि आवश्यकता नेतृत्व आवश्यकताले जन्माउने हो । त्यसैले आवश्यकताअनुसार नेतृत्वले निर्णय लिन सक्नुपर्दछ । विगतलाई नियाल्ने हो भने १० वर्ष जनयुद्धको नेतृत्व गरेका प्रचण्ड आवश्यकताकै कारण जन्मेका थिए । एउटा वर्गले सदियौँदेखि सत्तामा हातमा लिएर जनतालाई दुख दिइरहेकै बेला यहाँका आदिवासी जनजाति, मुस्लिम, मधेसी, थारु, दलित लगायतलाई गोलबन्द गरी देशमा एउटा भयंकर आन्दोलनको जरुरी थियो, सँगै त्यसका नेतृत्वको पनि । हो, प्रचण्ड त्यही कारणले जन्मे, आज उसले देशका लागि नेतृत्वदायी भूमिका पनि निभाएकै छन् । निश्चय भए नेतृत्व आवश्यकताअनुसार देशलाई अघि बढाउनका लागि जन्मेका हुन्छन् । कुनै बेला उसले लिएको निर्णय घातक हुन सक्छ कुनै बेला फाइदाजनक । नेतृत्व त्यो हो, जसले देश जनताको हित अनुकुलताको लागि आफ्नो जस्तोसुकै मूल्य चुकाउन तयार हुन्छन् । नयाँ संविधान जारी हुँदै गर्दा १० वर्षे जनयुद्धका क्रममा प्रचण्डले बाँडेका समानुपातिक समावेशीदेखि पहिचानका कयौँ मुद्दा छाडेको कुराको साक्षी ओली नै छन् । कार्यकर्ताको चाहना र भावनामाथि लात हानेर आफ्नो एजेण्डा टोकरीमा फाल्दै जनताको परिवर्तनको सपना पूरा गर्न प्रचण्डले प्रतिपक्षी दलको नेताको हैसियतमा नयाँ संविधान जारी गर्न खेलेको नेतृत्वदायी भूमिका जनताले बिर्सेका छैनन् । त्यो प्रचण्डको बाध्यता र आवश्यकता दुवै थियो । हो, एमाले अध्यक्ष ओलीले प्रचण्डले त्यतिबेला खेलेको रचनात्मक र आवश्यकतापूर्ण भूमिकालाई पछ्याउन जरुरी छ । संविधानको कार्यान्वयनका लागि निर्वाचन र निर्वाचनपूर्व संशोधन पहिलो शर्त भएकाले ओलीले अहिलेको आवश्यकताअनुसारको भूमिका निर्वाह गर्न जरुरी छ । ३. राष्ट्रवादी कि राष्ट्रघाती संविधान जारी हुनुपूर्व र संविधान जारी भएपछि भएको नाकाबन्दीलाई लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बोलेका शब्दहरु अहिलेसम्म जनताले बिर्सेका छैनन् । संविधान जारी गरेकै कारण नेपलले नाकाबन्दी व्यहोर्नुपर्ने कारण के थियो ? भन्दै खुल्लामञ्चबाट भारतलाई प्रचण्डले सारा जनताको अगाडि प्रश्न सोधेको ओलीले पनि बिर्सेका छैनन् । केपी ओली नेतृत्वमा सरकार गठन गर्दै गर्दा ओलीको विपक्षमा मत हाल्न उक्साउन भारतीयलाई प्रचण्डले सार्वजनिक कार्यक्रमबाट दिएका चुनौतीबारे ओली विज्ञ नै होलान् । तर प्रचण्डले देश र जनताको पक्ष लिएर बारम्बार बोल्दा उनले कहिल्यै आफूलाई राष्ट्रवादी नेताको रुपमा चित्रण गरेनन् । तर प्रचण्डले बोलेका ती शब्दहरुको आडमा अनि प्रचण्डले नेतृत्व गरेको पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले ९ महिने कार्यकालमा झण्डै ९ हजारभन्दा बढी उखान टुक्का र जनतालाई सपना बाँडेकै कारण आफूलाई राष्ट्रवादी नेताको रुपमा चित्रण गरे । जसलाई एमालेले हालसम्म निरन्तरता दिई संविधान संशोधनसम्म आउँदा जनता जनताबीच लडाउने काम गरिरहेको स्पष्ट छ । आफू राष्ट्रवादी कि राष्ट्रघाती भन्नेतिर भन्दा पनि देश र जनताको हितमा कसरी काम गर्न सकिन्छ भन्नेतिर यतिबेला एमाले र त्यसका नेतृत्व ओलीले सोच्नैपर्ने देखिन्छ । राष्ट्रको पक्षमा आफ्नो ज्यानलाई असुरक्षित बनाई बोलेका प्रचण्डले आफूलाई राष्ट्रवादी नेताका रुपमा कहिल्यै चित्रण नगरेको विषयबाट ओलीलाई पाठ सिक्ने हो भने अहिलेको परिस्थितीबाट निकास नपाउँला भन्न सकिन्न । ४. अहंम् र घमण्ड एउटा नेपाली उखान छ, ‘मेरो गोरुको बाह्रै टक्का’ । यो उखानलाई यदि नेपाली राजनीतिमा व्यहारमा लागू गर्न खोज्यो भने देशले सयौँ वर्षसम्म निकास नपाउने निश्चित छ । एमालेले पछिल्लो समय देखाएको चरित्र यो उखानसँग मेल खान्छ । मैले भनेको हुनैपर्छ, म मात्रै यो देशको त्यस्तो मान्छे हुँ जसले भनेको भएन भने देश दुर्घटनामा पर्छ, र मेरो अनुमतिबिना कुनै काम भयो भने त्यो राष्ट्रघाती हुनेछ भन्ने नारा दिन थाल्यो भने देश कहाँ पुग्छ ? आजको सोचनीय र सर्वाधिक महत्वको प्रश्न यही हो । एमाले अध्यक्ष ओलीले पछिल्लो समय देखाएको चरित्रले यही प्रश्न घरीघरी दिमागमा जबरजस्ती घुसाइहाल्छ । नेपाली राजनीतिमा आफ्नो छुट्नै परिचय बनाएका प्रचण्डले जीवनमा न कुनै घमण्डपना देखाए न अहम्ता नै । पहिलो संविधानसभाको निर्वाचनबाट पहिलो दलका नेता बनेका प्रचण्डले यदि अहिलेका ओलीले जस्तो व्यवहार देखाएको भए के हुन्थ्यो ? ओलीले एकपटक सोच्नैपर्छ । ५. अडान र लचकता राजनीतिमा अडान र लचकता दुवै हुन जरुरी छ । जनताको म्याण्डेअनुसार अडान लिनु र राष्ट्रको आवश्यकता अनुसार लचकता अपनाउनु नेतृत्वको दायित्व हो । पहिलो संविधानसभाबाट संविधान जारी गर्दै गर्दा प्रधानमन्त्री प्रचण्डले राखेको अडान र दोस्रो संविधानसभाबाट संविधान जारी गर्न देखाएको लचकताले देशमा संविधान जारी भएको इतिहास जनताले बिर्सेका छैनन् । हिजो राखेका अडानलाई छाडी आफ्नो एजेण्डामा लचकता अपनाउँदै संविधान जारी गर्दा प्रचण्डले कार्यकर्ताको गाली कति खेप्नुपर्यो ? तर उसले देश र जनताको लागि अपनाएको लचकताले संघीय गणतान्त्रिक मुलुकको नागरिक हुन पाएको कुरा हामी सबैलाई सर्वविदित्तै छ । तसर्थ संशोधनबिना मधेसी मोर्चा निर्वाचनमा नजाने र निर्वाचनबिना संविधान कार्यान्वयन सम्भव नहुने भएकाले संशोधनमा समर्थन नगर्ने मात्रै होइन त्यो प्रक्रियामा बाधा पुर्याउने एमाले अडानले देशलाई अस्थिरतातिर धकेल्नेबाहेक अरु केही गर्दैन । त्यसैले ओलीले विगतमा प्रचण्डले देखाएको अडान र लचकताबाट पाठ सिक्न जरुरी छ । यी पाँच कुरा जब ओलीले प्रचण्डबाट सिक्छन्, तब देशले सहजै निकास पाउँछ । त्यसैले एमाले देशलाई निकास दिन जिम्मेवारी भएर प्रस्तुत हुन जरुरी छ । जनताको सदियौँदेखि चाहना संविधान जारी होइन कार्यान्वयन हो । त्यसैले जनताको परिवर्तनको सपना पूरा गर्ने यात्रामा अवरोध पुर्याउनुको साटो ओलीले प्रचण्डबाट पाठ सिक्नुपर्ने देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies