Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

देउसीभैलो टोलीलाई दक्षिणा एक घरबाटै डेढ लाख !

\"deusi-bhailo-biplab\"काठमाडौं, १६ कात्तिक । देउसीभैलो खेल्दै कलाकारको एक समूह सोमबार बाँकेको कोहलपुर आइपुग्यो । भेरी कलाकार समाज काठमाडौंको समूह देउसीभैलो खेल्न भन्दै बाँकेको कोहलपुर आइपुगेको थियो । लोकदोहोरी कलाकार टीका पुनसहितका टिम देउसीभैलो खेल्न भन्दै सुर्खेत, नेपालगञ्ज, कोहलपुरसम्म पुगेको थियो । भेरी कलाकार समाज मात्र होइन, थुप्रै संघसंस्थाका ब्यानरमा देशैभर देउसीभैलो खेल्ने क्रम चलिरहेको छ । कलाकार, पत्रकार, युवायुवतिको समूहदेखि राजनीतिक समूहसमेत देउसीभैलोको देशब्यापी दौडाहामा छ । नेत्रविक्रम चन्द विप्लव माओवादीले जनवादी देउसी भन्दै पैसा उठाइरहेको छ भने अन्य विभिन्न राजनीतिक दलका कार्यकर्ता पनि देउसीभैलो खेलिरहेका छन् । तिहारमा देउसीभैलोको महत्व अर्कै छ । हिन्दु धर्मग्रन्थअनुसार बलिराजाको कथासँग जोडिएको देउसीभैलो धर्म नमान्ने राजनीतिक दलदेखि गैरराजीतिक समूह पनि देउसीभैलो खेलिरहेका छन् । तर सबैको नियत भनेकै मनग्गे पैसा जुटाउने हो । देउसीभैलोलाई ५१ रुपैयाँ भन्दा बढी दक्षिणा दिन नपर्ने सरकारले नियम नै बनाएको छ । तर आफ्नो शक्ति र सामथ्र्य देखाएर ब्यापारी ब्यवसायीहरुबाट पैसा उठाउने काम भइरहेको छ । कुनै राजनीतिक दलको शक्ति देखाएर त कुनै अन्य अमुक शक्तिको आडमा लाखौं दक्षिणा दिन बाध्य बनाइएको छ । काठमाडौंबाट देउसी खेल्न भन्दै बाँकेको कोहलपुर आइपुगेको कलाकारको टोलीले एकैघरबाट एक लाख बढी दक्षिणा लिए । यो जस्तै धेरै टोलीले यसरी नै पैसा असुलीरहेका छन् । देउसीभैलो राती १० बजेपछि खेल्न नपाइने लगाएका विभिन्न नियम स्थानीय प्रशासनले लगाए पनि त्यसको प्रवाह छैन । साना बालबालिकादेखि ठूलो समूहको लाम देउसीभैलो खेल्ने लाइन लागेपछि घरबाटै भागे पनि पत्र पठाएर पछि भए पनि पैसा असुल्ने तयारी कतिपयको छ । देउसीभैलो धर्मसंस्कारको नाममा पैसा असुल्ने धन्दा बनेको छ । तिहार शुरु हुनुभन्दा दुई चार दिनअघिदेखि नै काठमाडौंका ठूला ब्यापार ब्यवसायीको उद्योग कलकारखाना र कार्यालयहरुमा देउसीभैलो खेल्न शुरु भयो । उद्योग कलकारखाना बन्द हुने भएकाले तिहारअघि नै देउसीभैलो खेल्न शुरु भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies