Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

लोकमान प्रकरणमा देउवालाई परेको तीन समस्या

\"Sher-Bahadur-Deuba\" काठमाडौं, ७ कात्तिक । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसलाई अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोगमा निर्णय गर्न निकै सकस भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवादेखि अधिकांश नेता कार्यकर्ताको नजरमा लोकमान अयोग्य सावित भइसकेका छन् । एकः कार्यकर्ता पंक्तिबाटै दबाब कार्यकर्ताको ठूलो पंक्ति लोकमानलाई हटाउन पार्टी नेतृत्वलाई दबाब दिइरहेका छन् । लोकमानले राजनीतिक दलहरुलाई मात्र होइन, न्यायिक निकायलाई समेत अटेरी गरी अघि बढेकालाई हटाउनै पर्ने पक्षका अधिकांश नेता कार्यकर्ता छन् । महाभियोगको पक्षमा नगए आम नगरिकबाटै आलोचित हुने चिन्ता पनि देउवालाई छ । लोकमानसँगको साँठगाँठका कारण काग्रेस विपक्षमा उभियो भन्ने सन्देश जाने भएकाले महाभियोगको विपक्षमा जान पनि कांग्रेसलाई अप्ठ्यारो छ । यता, आफ्नै भातृ संगठन पनि लोकमानविरुद्धमा सडकमा उत्रिएका छन् भने महाभियोग पारित गराउन नेतृत्वलाई दबाब दिइरहेका छन् । दुईः जस एमालेले लिने कांग्रेसलाई परेको अर्को समस्या भनेको महाभियोगको नेतृत्व प्रमुख प्रतिपक्ष दल एमालेले गरेकाले जस नपाइने चिन्ता हो । लोकमानविरुद्धको महाभियोगको जस प्रतिपक्ष दल एमालेले लिने भएकाले सोंचविचार गरेर मात्रै अघि बढ्न पार्टीभित्रैबाट देउवालाई सुझाव आएको छ । पार्टीका केही प्रभावशाली नेताहरु भने लोकमानको पक्षमा नै उभिएका छन् । जसका कारण पनि निर्णय गर्न कांग्रेसलाई अप्ठ्यारो छ । तीनः सत्ता गठबन्धन नै टुट्न सक्ने लोकमान प्रकरणकै कारण माओवादी केन्द्रसँगको वर्तमान गठबन्धन नै टुट्न सक्ने आशंका पनि देउवालाई छ । बुधबार एमालेको अगुवाइमा माओवादीले कार्कीविरुद्ध संसदमा महाभियोग दर्ता गरिएपछि माओवादीप्रति देउवा सशंकित छन् । संयोगले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको बेला परेकोले केन्द्रीय समितिको संस्थागत निर्णय गराएरै आफू जोगिने मौका त देउवालाई छ तर विभिन्न शक्ति केन्द्रहरुबाट आएको दबाब पनि देउवाले थेग्न नसक्ने खालको छ । केन्द्रीय समिति बैठकमै महाभियोगका सन्दर्भमा फरक फरक धारणा आएका छन् । आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी गरेका देउवालाई एमाले–माओवादी नजिक हुन सक्ने सन्त्रास देउवालाई छ । यहि सन्त्रासका कारण पनि देउवालाई निर्णय गर्न सकस भएको छ । आइतबार मात्रै आफ्ना विद्यार्थी नेताहरुसँग काग्रेसले लोकमानको पक्षमा नभई विधिका पक्षमा रहेका भन्दै कुटनीतिक जवाफ दिएका छन् । यसलाई लोकमान विधिमा नचलेको वा प्रमुख दलहरु नै विधिमा नचलेको भन्ने दुवै अर्थमा लिन सकिन्छ । प्रमुख प्रतिपक्षी दलसँग मिलेर महाभियोग दर्ता गरिपछिसत्ता गठबन्धन दल माओवादीसँग देउवा रुष्ट छन् । आफूसँग सल्लाह हुँदा हुँदै एमालेसँग मिलेर प्रस्ताव दर्ता गरिएको भन्दै कांग्रेस नेताहरुले इगो साँध्ने काम पनि गरेका छन् । केन्द्रीय कार्यसमिति बैठकमा फरक फरक अभिब्यक्ति आएपछि अन्य दलसँग छलफल गरेर अघि बढ्ने निर्णय कांग्रेसले गरेको छ । अन्य दलसँग छलफल गर्न भन्दै सोमवारसम्म कांग्रेस केन्द्रीय समिति बैठक स्थगित गरिएको छ । ब्यवस्थापिका संसदले भने महाभियोग प्रस्ताव अघि बढाइसकेको छ । उक्त प्रस्तावमाथि मंगलबारदेखि छलफल तय गरिएपछि कांग्रेस एउटा निश्कर्षमा पुग्नैपर्ने बाध्यतामा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies